• ११ पुस २०८१, बिहिबार

इगो (कविता)

blog

अहम्को बेलुन 

फुलेको होष नराख्दै 

जब 

जलिसक्छ 

मान्छे 

इगोको आगोमा 

तब 

लेस मात्र पनि 

रहँदैन बाँकी 

पश्चताप गर्ने 

ठाउँ 

होषमा होस् 

कि

बेहोसीमा 

खेली रहेछ 

मान्छे 

इगोको खेल

आगोको खेल 

वा

आफ्नै बर्बादीको खेल 

खेली रहेछ 

बस 

खेली रहेछ !