राष्ट्रिय खेलकुदको नवौँ मेला
साढे चार वर्षपछि नेपालका हजारौँ खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा भेला भएका छन् । यो प्रतियोगिता नवौँ संस्करण हो । यसको उद्घाटन हिजो शुक्रबार भइसकेको छ । नेपाली खेलकुदका लागि यो प्रतियोगिता सबभन्दा ठूलो मेला हो । यो मेला प्रत्येक दुई वर्षमा आयोजना हुने नियम छ । तर पटक पटक सारिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि साइत बल्ल जुरेको छ । जे होस् ३९ वर्षपछि फेरि पोखरामा दोस्रो पटक घरेलु खेलकुदको सबभन्दा ठूलो मेला भइरहेको छ । यसअघि २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपालि राष्ट्रिय खेलकुदको बजेट ६० करोड रुपियाँ छुट्याइएको छ । अझ प्रदेश सरकारको पनि लगानी जोड्ने हो भने यस प्रतियोगिताको लागत अझ बढी हुन आउँछ ।
स्रष्टा, द्रष्टा माधव घिमिरेहरूप्रति (कविता)
नेपालीका विपुल मनका मर्मका चेतनाका उच्चोन्मेषी भव र नभका, घस्रिँदो जीवनीका देख्दै बुझ्दै सुदुरपुरको झल्किँदो ज्योतिलार्ई पक्डी, बाँडी अनुपम कला नित्य सिर्जी सजाई ।
विसर्जन (कविता)
प्रत्येक घडी विसर्जन भैरहेछ महायज्ञको पूजा फूलपाती अक्षतासँगै भक्तहरूका त्याग र तपस्या ।
हाम्रा बा हुन्नन् [कथा]
प्रमाणपत्र तहको अन्तिम सेमेस्टरको परीक्षा दिएर म लामो बिदामा घर फर्कें । दुई वर्ष अध्ययनपछिको मेरो थकान बिसाउने त्यो त्राण थियो । यताउता हल्लिँदै रल्लिँदै र साथीभाइ एवं आफन्तहरूको भेटघाटमा १०–१२ दिन मजासँग बित्यो । त्यसपछिका दिन कट्न मुस्किल हुन थालिसकेका थिए । के गरौँ ? कसो गरौँ ? कहाँ जाऔँ ? भन्ने कुराको छटपटाहटमा म गुम्सिन थालेँ । दुई÷तीन महिनाभन्दा अघि परीक्षाफल आउने कुरा सम्भव थिएन । बाँकी दिन कसरी बिताउने भन्ने समस्याले म त्रसित हुन थालेँ ।
गीतसङ्गीतलाई अमर बनाउनेहरू
सुगम नेपाली गीत–सङ्गीतको चर्चा–परिचर्चा धेरै पहिलेदेखि हुँदै आएको हो । मूलतः नेपाली सञ्चार माध्यमले गीत–सङ्गीत बजाउने अनि श्रोता आकर्षित हुँदै आफूलाई मन परेको गीत–सङ्गीतमा रमाउने परम्परा पुरानै हो । गीत–सङ्गीतलाई माध्यम बनाएर आफ्नो नाम अमर बनाउनेहरूको सूची पनि लामै छ । छोटा र सस्ता जीवनीलेखन पनि भएकै छन् । प्रतिनिधिमूलक साधकलाई स्थान दिएर गीत–सङ्गीतको क्षेत्रमा समीक्षा–समालोचना गर्ने लेखकहरू अत्यन्त थोरै छन् । थोरै सम्पादक, लेखक, अन्वेषकमध्ये आफूलाई समर्पित गर्ने साधक हुनुहुन्छ– नगेन्द्रराज रेग्मी ।
शिक्षाको झिसमिसे उज्यालो
भर्खर जुम्ला विस्तार क्याम्पसबाट शिक्षक तालिम सकेर घर आएकी थिएँ । त्यो बेलामा म किशोरावस्थामा उक्लँदै थिएँ । “छोरीहरूलाई पनि पढाउने र ?” भन्ने त्यो जमानामा १४ दिनको यात्रा तय गरेर जुम्ला विस्तार क्याम्पससम्म बुवाले मलाई पढ्न पु¥याउनुभयो । म जुम्लाबाट फर्केलगत्तै मास्टर्नी भइहालेँ– श्री सुनीपीपल चौर प्राथमिक विद्यालय, सुबेडामा । मेरो जागिरको पहिलो नियुक्ति नै त्यही थियो । मैले कखराको सुरुवात पनि त्यही स्कुलबाट गरेकी थिएँ । बुवा त्यही स्कुलमा प्रधानाध्यापक हुनुहुन्थ्यो ।
अन्तर्राष्ट्रिय काँच वर्ष
संयुक्त राष्ट्रसङ्घको आह्वानमा ‘इन्टरनेसनल इयर अफ ग्लास’ मनाएर सन् २०२२ भर काँचको उत्सव गर्न विश्व व्यस्त छ । युनेस्कोले यसअघि नै यसै वर्षलाई ‘इन्टरनेसनल इयर अफ बेसिक साइन्स फर सस्टेनेबल डेभलपमेन्ट’ घोषणा गरेर विश्व र विशेषगरी गरिब देशलाई दिगो विकासतर्फ प्रेरित गर्ने कार्यक्रम पनि संयुक्त रूपमै अगाडि बढाउने निर्णय गरेको थियो ।
अरूपण कलाको मर्म
देशभर चुनावी सरगर्मी बढेको छ । यति नै खेर कलाकार कला प्रदर्शनी र कला गतिविधिमा व्यस्त छन् । सिद्धार्थ ग्यालरी, ग्यालरी एम क्युव, ई आर्ट नेपाल, दलाइला आर्ट, पार्क ग्यालरी, नेपाल आर्ट काउन्सिल, क्लासिक ग्यालरी, अरूपण ग्यालरीलगायत ठाउँमा कला प्रदर्शन भइरहेको छ । प्रत्येक ग्यालरीमा विविध शैलीका चित्र झुन्डिने क्रम बढ्दो छ ।
सूचना
विशेष कारणवश आज शनिवारीय परिशिष्टाङ्क प्रकाशित हुन नसकेको जानकारी गराउँछौँ ।
भिजिट भिसा बन्यो मानव तस्करीको द्वार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ९ गते मध्यरात जजिरा विमानबाट भिजिट भिसामा दुबई जान लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । हातमा पासपोर्ट, टिकट, बैङ्किङ कागजसहित २५० अमेरिकी डलर बोकेर विदेश उड्न लागेकी सम्झनासहित ३९ जना महिला भिजिट भिसाको आवरणमा इराक पु-याइँदै थिए । रोजगारको प्रलोभन देखाएर नेपाली युवतीलाई खाडी मुलुक पु¥याउने र यौनजन्य क्रियाकलापमा लगाउनका लागि बेचबिखन हुने गरेको छ ।
फेरिएन (कविता)
आफ्नै जिन्दगी फेरिएन देशको के फेरिएला देशकै जिन्दगी फेरिएन आफ्नो के फेरिएला ।
प्रतिस्पर्धा (कविता)
हिमालका कापहरूबाट बगेका छर्राहरू तिमीमा आएर ठोक्किँदा मन चसक्क हुन्छ चट्टानका ठोकरहरू अनि तिमीभित्रका ज्वालाहरू
अन्तिमबाट प्रथम [कथा]
आरोहणले उपन्यास लेखेको थियो । ऊ त्यसलाई प्रकाशित गर्न चाहन्थ्यो । उसले गुगल सर्च गरी प्रकाशन गृहहरूको नाम–नम्बर सङ्कलन ग¥यो । अनि प्रकाशसँग भेटघाट गर्न थाल्यो । प्रकाशक ‘ए’ कहाँ पाण्डुलिपि बुझाउन गएको दृश्यबाट उसको यो यात्रा आरम्भ हुन्छ । प्रकाशक ‘ए’ आफूलाई देशकै सर्वश्रेष्ठ प्रकाशन गृह भएको दाबी गर्दथ्यो । उसले मेल ठेगानामा उपन्यासको पाण्डुलिपि पठाउन सुझाव दियो । आरोहणले त्यसै ग¥यो । पाण्डुलिपि पठाएको महिनौँ बिते । प्रकाशकले हुन्छ÷हुँदैन केही भनेन । तब आरोहणले प्रकाशकलाई टेलिफोन ग¥यो । तर ऊ सम्पर्कमा आउँदै आएन ।
सभ्य समाजका कुरूप चित्रण
वि.सं. २०५७ मा पहिलो कथासङ्ग्रह ‘आस्था’ पछि दोस्रो कथाकृति ‘ग्याब्रियले’ लिएर आउनु भएको छ हरिश कल्पित । कल्पित कथासँगै कविता र नियात्रामा पनि कलम चलाउनु हुन्छ । उहाँको मूल लेखन भने कथा नै हो । साहित्यसँगै कला र मोडलिङमा पनि उहाँको रुचि देखिन्छ । कर्मथलो परदेश बनाएर नेपाली साहित्यमा निरन्तर लागि रहनुभएका कल्पित समाजका सूक्ष्म पात्र परिवेशलाई कथामा बुन्न खप्पिस हुनुहुन्छ । उहाँलाई लाग्छ, हरेक मान्छे कथाको पात्र हो । जीवनका हरेक उहापोहका साक्षी कथाकारलाई सूक्ष्मतम विषयले पनि छुन्छ । कोमल हृदय भएका कथाकार कल्पित, मान्छेसँगै कथाका पात्रलाई पनि कुनै अन्याय पर्न दिनु हुन्न भन्ने धारणा स्पष्ट रहेको देखिन्छ । कर्मभूमि जापानमा सँगै काम गर्ने साथीको पीडालाई कथामा दुरुस्तै उतार्नु ग्याब्रियलेको विषेशता हो । त्यो जापानी समाजको सपाट चित्र यो कथाले बोकेको छ ।
नेपालका ‘बर्ड सेन्चुरी’
नेपालमा प्राकृतिक सम्पदा, जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीको संरक्षण, व्यवस्थापन र दिगो सदुपयोग गर्ने उद्देश्यले वि.सं. २०२९ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ल्याइएको थियो । जसले नेपालमा संरक्षण महìवका वन्यजन्तु, तिनको वासस्थान र समग्र जैविक विविधता संरक्षणका लागि मार्गनिर्देशन ग¥यो । यसैको जगमा संरक्षित क्षेत्रको पहिचान, संरक्षण र व्यवस्थापन हुँदै आएको छ ।
किन अप्राप्य छ खुसी ?
मानव जीवनको उद्देश्य भनेकै खुसी हुनु हो । खुसीबिना मानिस बाँच्नै सक्दैन । मानिस जिउनु पनि खुसीकै लागि हो या ज्यादा खुसीका लागि हो । केही नवीन नभई हरेक कुरा उस्तै हुने भए मानिसलाई जिउनुको लालसा हुँदैनथ्यो । खुसीका बारेमा लेखिएका प्राचीन ग्रिकको युडामिनिक्सदेखि अहिलेसम्म हजारौँ किताब होलान् तर खुसीको व्याख्यान गर्दा सबैले मानिस भएर जन्मन पाउनु नै सबैभन्दा ठूलो खुसी हो भनेका छन् ।
मुद्रा : पुरातात्त्विक प्रमाण
सङ्घीय राजधानी काठमाडौँको छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालय नेपालको मौद्रिक इतिहास झल्काउने सङ्ग्रहालय हो । यो नेपालको मुद्रासम्बन्धी एक मात्र सङ्ग्रहालय हो । सभ्यता, संस्कृति र इतिहासको विषयमा मुद्राले प्रमाणिक काम गर्छ । यसैले पुराताìिवक एवं ऐतिहासिक महìवका मुद्राहरूको सङ्कलन, संरक्षण एवं संवद्र्धन गरेर सङ्ग्रहालयमा राखिन्छ ।
मन परेका तस्बिर
काठमाडौं, भदौ २५ गते । रात्रिकालीन लेकसाइडको झिलिमिली : पोखरास्थित लेकसाइडको शुक्रबार साँझ देखिएको झिलिमिली दृश्य ।पर्वत र बागलुङ जोड्ने बन्जी पुल : पर्वत र बागलुङलाई जोडेर निर्माण गरिएको बन्जी पुल । यसको लम्बाई ५२५ मिटर र उचाइ कालीगण्डकी नदीबाट २२८ मिटर रहेको छ । बुलबुल ताल : कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगरमा रहेको बुलबुले ताल । मर्मत सम्भार अलपत्र पर्दा यस तालको सुन्दरता खस्किँदै । अहिले तालको एकतर्फ मात्र पानी जमेको छ । तालभरि पानी नजम्दा तालको सौन्दर्यता खोसिएको जस्तो देखिएको छ । सिम्ले गाउँ : बागलुङ जिल्ला सदरमुकाम नजिक रहेको सिम्ले गाउँ । बागलुङ–सिगाना, बरेङ हुँदै गुल्मीको शान्तिपुर जोड्ने मोटरबाटोले बीच भागबाटै चिरेर गएपछि यहाँ विकासको ढोका खुलेको छ ।भोटेचौर बजार : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा रहेको भोटेचौर बजार । यहाँबाट दोर्जेलाक्पा र जुगल हिमाल देख्न सकिन्छ । ढ्याङ्ग्रोमा फलाक्दै झाँक्री : न्वागी पर्वको दिन मध्यरातमा एकपाखे ढ्याङ्ग्रोमा फलाक्दै धादिङ वेनिघाट रोराङ–३ माथिल्लो ओर्वाङका ८३ वर्षीय झाँक्री जीतबहादुर चेपाङ । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौँलालगायत कन्दमूल पितृलाई बुझाउने र अन्न फलाउने भूमिलाई पूजा गर्ने चलन छ ।स्याडा गाउँ : हरियालीले ढपक्क ढाकेको हुम्लाको सिमकोट गाउँपालिका–८ रहेको स्याडा गाउँ । शिविरमा आँखा परीक्षण : नार्पा भूमि गाउँपालिकामा इन्द्रदल गुल्म मनाङद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आँखा परीक्षण गराउँदै वृद्धा । ग्रामीण सडकको दुरावस्था : सिन्धुपाल्चोक र काठमाडौँको सिमाना शङ्करपुर नगरपालिकाको सेल्फिडाँडामा निर्माण भइरहेको सडकको हिलोमा फसेको सवारीसाधन । पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने गरेकाले मेलम्ची–काठमाडौँ चल्ने यातायातका साधन रोकिने तथा फस्ने गरेका छन् । इन्द्रजात्रामा कैद गरिएका तस्बिरहरु ।तस्बिरः मनोजरत्न शाही र रासस
मिर्गौला प्रत्यारोपणमा हुँदैछ स्वदेशकै भर
नेपालमा मानव अङ्ग प्रत्यारोपणको इतिहास धेरै लामो छैन । सन् २००८ मा वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएपछि नियमित रूपमा अङ्ग प्रत्यारोपण हुन थालेको हो । वीर अस्पतालमा एक सय जनाको मिर्गौला प्रत्यारोपण भएपछि सरकारले मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले भक्तपुरको दूधपाटीमा ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ ( हाल ः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) को स्थापना ग-यो ।
अकल्पित (कविता)
जस्तो कि तिमीलाई कुनै भूगोल थाहा छैन किन कविता लेख्छौ, संवेदनालाई नचिनेर किन खेल्छौ कुस्ती शब्दसित,
गीत
निद्रासँगै कल्पनामा आफू पनि भागेँ तिम्रो याद आयो अनि मध्यरातमा जागेँ । बादल ओढी मस्तसँग आकाश निदा’को छ झ्यालबाट जून छिरी मलाई गिज्या’को छ
श्रीगणेश ‘ज्ञान–पुष्प’बाट ‘ऋतंभरा’मा इतिश्री
२०७९ भदौ १८ गते आइतबार राति ९ः३५ मा साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले एउटा फोटोसहितको सूचना फेसबुकमा सार्वजनिक गर्नुभयो । फोटो थियो आफू, राष्ट्रकवि माधवप्रसाद घिमिरेकी पत्नी महाकाली घिमिरे र साझाकै कर्मचारी होमनाथ भट्टराई तीन जना एउटै सोफामा बसेको र अगाडिको टेबुलमा रातो डायरीले थिचेर एउटा पाण्डुलिपि राखिएको । मैले हेर्न झण्डै १० मिनेट ढिला भएछ । कुरो थियो, “राष्ट्रकवि माधव घिमिरेको चिरप्रतीक्षित महाकाव्य ‘ऋतंभरा’ साझा प्रकाशनबाट छापिने भयो । आगामी असोज ७ गतेसम्म प्रतीक्षा गर्न‘होला ।” त्यो छोटो सन्देश पढिनसक्दै के गरौँ कसो गरौँ भयो अझ कुराएको छ आधा महिनाभन्दा बढी । मैले हेर्दा बधाइ तथा शुभकामनाका केही टिप्पणी आइसकेका थिए । सामाजिक सञ्जालको धर्मकर्म बेग्लै छ । मैले पनि कर्मकाण्ड पुरा गरेँ ‘गजब भयो । बधाइ !’ लेखेर । लेख्दा ९ः४३ बजेको रहेछ ।
असल मान्छेको सार्थक जीवन वृत्तान्त
विश्वका कतिपय राष्ट्रले राम्ररी चिनेको तर नेपालले भने अझै पनि योगदानको राम्ररी मूल्याङ्कन र समुचित रूपमा कदर गर्न नसकेको एउटा अत्यन्त महान् र असल मान्छे हुनुहुन्थ्यो जयपृथ्वीबहादुर सिंह । खासगरी विश्वशान्ति र मानवअधिकारको सुनिश्चितताका दिशामा उहाँले जीवनभर परिचालित गर्नुभएका सत्प्रयास आजपर्यन्त संस्मरणीय र प्रेरणादायी रहेका छन् । अन्धकार हटाएर प्रकाश छर्ने कार्यमा उहाँका मानवतावादी दर्शन र विचार कालजयी छन् । प्रत्येक मानिसमा मानवतावादी विवेकले अन्तर्हृदयलाई राम्ररी स्पर्श गर्न नसकेमा कुनै पनि समाजमा शान्ति, समझदारी, सद्भाव, सामाजिक मैत्री, विश्ववन्धुत्व, सदाचार, सहिष्णु प्रवृत्ति आदि सद्गुणहरू विकसित हुन सत्तैmनन् । यसको अभावमा कुनै पनि देशमा प्रजातन्त्र वा लोकतन्त्रको मूल्य, मान्यता र आदर्शले सही गन्तव्य पहिल्याउन पनि सत्तैmन ।
बीपीको दार्शनिकतामा ‘मानिस’
“मलाई तह–तह, मान्छेको पल्लो भित्ता छुने कलाकृति मन पर्छ । सात्र्र, क्यामुका कृतिमा त्यो तत्व पाइन्छ अस्तित्वबोधक ।”– बीपी बीपी कोइरालाको व्यक्तित्वलाई मूलतः दुई आयामका आधारमा चर्चा र विश्लेषण गर्ने गरिएको पाइन्छ । ती दुइटा आयाम हुन्, राजनीतिक र साहित्यिक । उहाँले राजनीति र साहित्यमा आफ्नो अलगअलग दृष्टिकोण रहेको बताउनुभएको छ । उहाँ राजनीतिलाई बन्धनयुक्त र साहित्यलाई बन्धनमुक्त मान्नुहुन्छ । बीपीको व्यक्तित्वमा राजनीतिक र साहित्यिक आयामबाहेकका अन्य पक्षका बारेमा सघन खोजी र अध्ययन भएको भने त्यति पाइँदैन । उहाँले आफ्ना विचारहरू मूलतः राजनीतिक सन्दर्भमा नै बढी लेख्नुभएको र बोल्नुभएको छ । साहित्यमा कथा, उपन्यास, केही कविता उहाँले लेख्नुभएको छ । साहित्यकै सन्दर्भमा उहाँका केही निबन्ध, केही लेख, केही अन्तर्वार्ता र मन्तव्य उपलब्ध छन् ।