समुन्नत नेपालको यात्रा
निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो तर सही अर्थमा निर्वाचन हुन सकेन भने लोकतन्त्रमाथि खतराको घण्टी बज्न थाल्छ । त्यसैले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित वातावरणमा विश्वसनीय पनि हुनुपर्छ । निर्वाचनलाई सफल बनाउन सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, सञ्चारमाध्यम, सरोकारवाला निकाय सबैको साथ र सहयोग आवश्यक पर्छ ।
बबरमहलदेखि रानीमहलसम्म
कात्तिक महिनाको तेस्रो साताको समय, मुलुकमा चुनावी उत्सवले उत्साहितहरू आ–आफ्नै धुनमा थिए । यही चुनावी उत्सवकै समय पारेर वर्षौंदेखि हुँदै आएको सिर्जना उत्सवले अर्को रौनक थपियो । यही उत्सवमा सहभागी हुन केही स्रष्टा एउटै थलोमा मिसिन पुगे । विगत १५ वर्षदेखि निरन्तर भाषा–साहित्य, कला–संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नेपाली कला साहित्य डट कम प्रतिष्ठानको यसपालिको कलासाहित्य यात्रा पाल्पामा गर्ने र कास्की र गुल्मीको सद्भाव भ्रमण पनि हुने खब
यात्रा हाइकु
औँला समाएँमैले कान्छी छोरीको दुर्ग यात्रामा ।सजिलो छैन जीवन बुझ्न पनियात्रा दुःखीको ।कस्तो मुस्किल डाँडाको घाम छुनदोबाटो किर्नु ।जताततै छपोखरी जिन्दगीकोडुबुल्की मार्न ।हाँस्नु पनि तयात्राको शुभारम्भउठ मान्छे हो ।
गीत
झरी पर्छ आँखाहरूमा उदाउँदैन जून फर्कन्छु भन्थ्यौ प्रियतम तिमी फर्केनौ किन ? झरी पर्छ.......
नेपाली लोकजीवनका हृदयस्पर्शी कथाहरू
बिक्रमभक्त जोशी उन्नाइसवटा कथा लिएर ‘चोभार ब्लुज’ शीर्षकको पहिलो कथा सङ्ग्रहमार्पmत नेपाली कथा साहित्यको क्षेत्रमा देखापर्नुभएको छ । उहाँको यो पहिलो कथाकृति भए पनि यसभित्र सङ्गृहीत प्रत्येक कथा अतुलनीय अनि अभिनव पनि बन्न सकेका छन् । एक्काइसौँ शताब्दीको समय–सन्दर्भको आजको नेपाली समाजको देश, काल, परिस्थिति, वातावरण आदिका सापेक्षतामा लेखिएका यसभित्र सङ्गृहीत कुनै पनि कथा कृत्रिम र बोझिला लाग्दैनन् ।
बस चढ्नेहरू
धेरै वर्ष भो बस चढ्न थालेको! थाहा छैन, अझै कति वर्ष चढिरहनुपर्छ। थाहा छैन, कहिलेसम्म यो बस यात्रामा जोडिनुपर्छ। थाहा छैन, बस मेरा लागि कुन दिनसम्म साथी–सँगाती भइरहन्छ। बस चढ्न खोज्नेका धेरै अनुहार अचेल निकै सम्झिन्छु। ती अनुहारका पछाडि जोडिएका पेसा, स्वभाव, अड्डी, रहर र व्यवहार सम्झिँदा निकै उल्लासका लहर पोखिन्छन् छातीभरि ।
पुस्तक सम्हाल्न लालमोहर
मानिसको बौद्धिक स्तर कुन किसिमको छ भनेर बुझ्न उसले पढ्ने गरेको पुस्तकबाट थाहा हुन्छ। मानिसमा जुन किसिमको बौद्धिक स्तर छ, सोही किसिमको पुस्तक हुन्छ, उसको कोठामा । दार्शनिक मिचेल फुकोका भनाइअनुसार “सूचनाले सङ्कथन (डिस्कोर्स) सिर्जना गर्छ र सङ्कथनले ज्ञान निर्माण गर्छ।”
चलचित्रमा नालापानीको कथा
पछिल्लो समय नेपाली सिनेमाको क्षेत्रमा एउटा यस्तो सिनेमाले प्रवेश पाएको छ, जुन सिनेमा नेपाली वीरताको यथार्थ घटनामा आधारित छ। सन् १८१४ मा नेपाल र अङ्ग्रेजबीच नालापानी किल्लामा भएको युद्ध र त्यस युद्धमा नेपालीले देखाएको वीरता र साहसको गाथालाई विषयवस्तु बनाएर तयार भएको सिनेमा हो– नालापानी।
केशरमहलका सम्पत्ति
सन् १९०९ जनवरी २९ अर्थात् १९६५ साल माघ १७ गते । प्राइमिनिस्टर चन्द्रशमशेरले पालना गर्नुपर्ने नियमका बारेमा छोराहरूलाई सम्बोधन गरी यसै मितिमा ‘इच्छापत्र’ लेख्नुभएको थियो । ५० बुँदाको फेहरिस्त थियो । चन्द्रशमशेरको निधनपछि मात्र त्यो इच्छापत्रलाई कन्तुरबाट झिकेर सार्वजनिक गरिएको थियो । ‘
गीत
यो देशको हावा, यो देशको पानी मिश्रण हो हाम्रो यो जिन्दगानी मरेपछि झनि म काम लागूँ गाड्नु मलाई यही माटोमुनि ।
अठोट (कविता)
बग्दै बग्दै जीवनको सुदूर हिमालबाट बेँसी, टार र पहाडका चाक्ला फाँटहरूमा आइपुगेको हो पसिनाको गन्ध
वृद्धाश्रम भो जन्मघर (कविता)
परदेश गयौ नेपाल छोडेरै वृद्धाश्रमझैँ भयो यता परदेशी भयौ खुसी रोजेरै जन्मभूमि बाँझो भो यता गाउँका घर गोठ सबै छन् रित्तै रित्तै पँधेरा पाखा बाआमा दुःखी मनै उनका रित्ता रित्तै उनका काखा ।
अस्पतालको मन्दिर
नीलो आकाश सबैका लागि एउटै हो तर त्यसका पछाडि लुकेका विश्वास सबैका भिन्दाभिन्दै र निजी हुन् । जति जति माथि उड्यो आकाश उति उति पर भाग्छ, मरुभूमिको तलाउझैँ । यो कस्तो दृष्टिभ्रम हो ? न बतासले उडाउने, न घामले पगाल्ने ? एउटा निकै ठूलो अस्पताल, भवन पनि ठूलो, नाउँ पनि ठूलो; त्यही अस्पतालको आकस्मिक कक्ष बाहिर आँगन भनौँ कि दलान भनौँ, त्यहीँनेर म उदास भएर बसिरहेको थिएँ । मेरो यताउति बसे
समाजको यथार्थ चित्र
जीवन बिताउने थलो स्वदेशै हुनुपर्छ भन्ने कुरामा अब नेपाली समाज पनि चोखो रहेन । गाउँबाट सहर, सहरबाट सदरमुकाम, र सदरमुकामबाट राजधानी हुँदै परदेश स्थानान्तरण हुनुमा कुनै नौलो रहेन । यसै मेलोे र विषयवस्तुमा आधारित भएर कलम चलाउँदै आउनु भएको छ साहित्यकार दीपक प्याकुरेलले ।
जाल्पादेवीलाई नमस्कार
आफूसँग मिल्दो साथीको ओत लागेर तादी–त्रिशूलीको सङ्गम जाल्पादेवीको दर्शनार्थ सुइँकुच्चा ठोक्न भित्री हृदयले मलाई उक्साइरहेको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पार्थिव शरीर सेलाइएको जाल्पादेवीघाट दर्शनार्थ पुगिछाड्ने मेरो हठी स्वभावले अड्डी कस्यो । कोरोनाले घाइते मन बिसाउने यात्रा २०७८ साल फागुन १९ गते बिहीबार जु¥यो । वासस्थान भक्तपुरबाट जाल्पादेवी यात्राका लागि हाम्रो मोटर छुट्यो ।
नवौँ राष्ट्रिय खेलकुद : प्रशंसाभन्दा आलोचना
राष्ट्रिय खेलकुदलाई घरेलु खेलकुदको ओलम्पिक भनिन्छ, जुन खेलकुद मेलामा देशभरका प्रायः सबै चर्चित खेलाडी एकै थलोमा भेला हुन्छन् । यस महिना राष्ट्रिय खेलकुदको नवौँ संस्करण सम्पन्न भयो । प्रत्येक दुई वर्षमा गरिने भनिएको राष्ट्रिय खेलकुदको दसौँ संस्करण अब दुई वर्षपछि कर्णाली प्रदेशमा हुने
रमणीय निग्रोधराम
कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारदेखि करिब दुई किलोमिटर दक्षिणमा रहेको छ– प्राचीन कुदान वा निग्रोधराम । यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि रमणीय स्थल बन्दै आएको छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक कपिलवस्तु आउँदा यही स्थलमा पिता शुद्धोदनसँग भेट भएको थियो । यो भेट सात वर्षपछि भएको थियो ।
कर्मसित के लाग्ने रैछ र...
विक्रम संवत् २००१ मा ‘औद्योगिक व्यापारिक समाचार अड्डा’ खडा गरियो । तत्कालीन पूर्व १ नम्बर भनिने काभ्रे र सिन्धुको सामाजिक, आर्थिक र भौगोलिक अध्ययनको सुझावलाई कार्यान्वयनमा लैजान यो अड्डा खडा गरिएको थियो । यसको काम ‘औद्योगिक सर्भे’ थियो । औद्योगिक अड्डाका लागि पाँच जना अधिकृत माग गरियो । अड्डामा सत्यमोहन जोशी पहिलो पटक सरकारी जागिरे हुनुभयो । सरकारी जागिरे भएपछि ‘औद्योगिक सर्भे’कै लागि झिटीगुन्टासहित केही सहयोगी लिएर सत्यमोहन तनहुँ, लमजुङका गाउँबस्तीतिर पुग्नुभयो । समय थियो, २००१ सालको मध्य जाडो ।
तिहारको रहस्य (कविता)
फिरन्ते मान्छे प्रतीक हाम्रो कागको तिहार सञ्चारकर्मी हुनाले पायो मान्छेको पियार । सुरक्षाकर्मी मान्छेको थियो सिकारी कुकुर जीवन धान्थे सिकार खेली मृग र ढुकुर ।
पर्व हाम्रो प्रकाश (कविता )
जलधर सब हट्दै नीलिमा भो अकास । हिम शिखर खुलेका दिव्य छर्दै प्रकाश ।। धवलित नद झर्ना, वृक्षमा छन् बहार । अवनितल सिँगारी झुल्दछन् पुष्पहार ।।
युगस्रष्टा महाकवि देवकोटा
प्रतिभापुञ्ज महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली वाङ्मयका प्रज्वल आलोक हुनुहुन्छ, विश्वकै एउटा महान् प्रतिभा हुनुहुन्छ । आफ्नो सम्पूर्ण जीवन उहाँले नेपाल र नेपालीको सेवा तथा नेपाली साहित्यको श्रीवृद्धिका लागि समर्पित गर्नुभयो । साथै शान्ति, एकता र विश्वबन्धुत्वको भावना विश्वभरि फैलाउन प्रयत्नशील रहनुभयो ।
हराउँदै मारुनी नाच
सामान्यतया नेपालमा असारदेखि नै पानी पर्न सुरु हुन्छ । झरीका कारण मानिस कतै जान सक्दैनन् । खोलामा बाढी आएको हुन्छ । ठाउँ–ठाउँमा पहिरो गएको हुन्छ । बाटो चिप्लो र हिलाम्मे हुन्छ । खेतीपातीको चटारो पनि हुन्छ । जब वर्षा सकिन्छ, तब मानिसमा उत्साह भरिन थाल्छ । खेतमा धान पहेँलै भएर पाक्न थाल्छन् । आँगनमा सयपत्री, मखमली, गोदावरी फुल्न थाल्छन् । दशैँ, तिहारको आगमनसँगै हाट बजारमा चहलपहल सुरु हुन्छ । मानिसमा हर्ष र खुसीको सञ्चार हुन्छ । समूहमा भेला भएर भाका हालेर मारुनीका गीत गुनगुनाउँदै नाच्न थाल्छन् ः वारि तुँवालो कमै पारि तुँवालो
उतिबेलाको तिहार
तिहार उतिबेलाको, सम्झना यतिबेलाको । नोस्टाल्जिया भनिने पूर्वस्मृतिको सम्मोहनले कहाँ कहाँ पु-याउँदै छ यो पङ्क्तिकारलाई । जीवनको लामो कालखण्ड बितिसक्दा पनि बाल्यकालमा देखे–भोगेको त्यो रमझम पर्व झन्झन् ताजा झन्झन् नयाँ बनेर बेलाबखत सम्झनामा आइरहन्छ । चङ्गा बनाएर कता कता कावा खाँदै उडाइरहन्छ मनलाई ।
यमपञ्चकका पाँच दिन
पञ्चक तीन किसिमका हुन्छन् । नक्षत्रपञ्चक, भीष्मपञ्चक र यमपञ्चक । नक्षत्रपञ्चक र भीष्मपञ्चकको सन्दर्भ अहिले परेन । यमपञ्चक कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ । यमपञ्चक सुरु हुनु अघिल्लो दिन गाईबस्तुलाई ख्वाउन धान, मकै, गहुँ, जौ आदि अन्न मिसाएर पिँडो भुट्ने चलन पनि कतै कतै छ । भुटेको यो पिँडो गाईपूजा गर्दा ख्वाइन्छ ।