• १० मंसिर २०८१, सोमबार

विनाशको नृत्य (कविता)

blog

चराको श्वासप्रश्वासभन्दा

उग्र मौनता

हिमालको आँसु छ

जहाँ–

नदीको विरही सिम्फोनी भएर बग्छ ।

बाल्यकाल–

ऐना हेरेको माछापुच्छे«

औँला समाएर हिँडेको हिमाल

केशमुण्डन छ  ।

हिमालको कम्मरमुनि

पोखराको कोख

फेवा

बतासको रक्सी नशामा

शब्दातीत छ । 

शिरमाथि वैश्विक उष्णता

दृश्यहरू सम्पन्न छैनन्

विनाशको नृत्यमा 

सीमान्तकृतहरू हिउँको आगो तापिरहेछन्

उचाइको गिरफ्तारीमा ।