कतार विश्वकपका कीर्तिमान
कतार आयोजक राष्ट्र भई समूह चरणको पहिलो खेल गुमाउने पहिलो राष्ट्र बन्यो । यस्तै क्षेत्रफल (११,५७१ वर्गकिमि) र जनसङ्ख्या (२९ लाख)को हिसाबले पनि विश्वकप आयोजना गर्ने सबैभन्दा सानो मुलुक बन्यो– कतार ।
साझा चाड माघे सङ्क्रान्ति
घिउ, चाकु, तरुल भन्नेबित्तिकै सबैको मुख रसाउँछ । वृद्धवृद्धाहरू पनि लोभिन्छन् । युवकयुवतीलाई त झन् मन नपर्ने कुरै भएन । सबैले रमाई रमाई खाने गर्छन् घिउ, चाकु, तरुल ।
सृष्टिको नैरन्तर्य
काव्यात्मक अनुराग विचरण गर्छ; नील नभमा फन्फनी
मुक्तक
जति तक्र्यौ भन्यो त्यति फर्कन्छ यो मन भिजाएर दिलले सधैँ
चौतारो (कविता)
म चौतारो हुँ वर्तमानमा हाँस अतीतको सुस्केरा मा
फुटबलका जादुगर
सन् २०२२ विश्व फुटबल जगत्कै लागि अविस्मरणीय वर्ष बन्न पुग्यो । पहिलो पटक एसियामा आयोजना भएको कतार विश्वकप सफलतापूर्वक सम्पन्न भयो । यस्तै, विश्व फुटबलका नक्षत्र पेलेको यही वर्ष दुःखद निधन भयो । पेलेलाई २०औँ शताब्दीका सबैभन्दा सफल र लोकप्रिय व्यक्तित्वको रूपमा चिनिन्छ । कतार विश्वकप सन् २०२२ को नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखसम्म चल्यो । यो समय विश्व नै फुटबलमय बन्यो । अन्तिम चरणमा पुगेका मुलुकको पक्ष तथा विपक्षमा रहने फुटबलप्रेमीले विश्वकपलाई जीवन्त बनाइरहेका थिए । तर यही बेला फुटबलका हस्ती पेले ब्राजिलको साओपाउलोस्थित अस्पतालमा पेटको क्यान्सरसँग लडिरहेका थिए । विश्वकप समाप्त भएको ११ दिनमै अर्थात् डिसेम्बर २९ तारिखका दिन पेलेको ८२ वर्षको उमेरमा निधन भयो ।
खत [कथा]
कतार एयरवेजको विमानले कतार र काठमाडौँबीचको दूरी कतिखेर पूरा गरिसकेछ, बिर्खबहादुरले मेसोसम्म पाएन । एकैचोटि अब विमान काठमाडौँ विमानस्थलमा अवतरण गर्न लागेको सुनेपछि ऊ झस्कियो । ‘झ्या काठमाण्डु नै पो आइपुगिसकिएछ’, उसले मनमनै बोल्यो । बीस मिनेटपछि विमान काठमाडौँ विमानस्थलमा उत्रियो । अरू यात्रुहरू जस्तै बिर्ख पनि ‘अनबोर्ड’ भयो । अरूलाई के थियो कुन्नि, बिर्खलाई भने अलि हतारो नै थियो किनभने उसले आजै दिउँसो ३ बजे धनगढीको अर्को विमान चढ्नु थियो ।
आँसु (कविता)
नचाहेरै भए पनि रच्छ कसैले जानेर वा नजानेरै डस्छ कसैले सोह्र शृङ्गार गरिदिन्छ दिलको बहैले त्यसैले त बग्छु हजुर म त मजैले ।
गजल
हमेशा पतझर आएको छ बहार आएको छैन मलाई जिन्दगीले जति कसैले दुखाएको छैन । मलाईभन्दा धेरै मेरी बूढी आमालाई दुख्छ भनेर मेसिनमा हात काटिएको खबर सुनाएको छैन ।
एकताको मियो (कविता )
हे पृथ्वी ! अति धीर शूर बलवान् हे राष्ट्रका गौरव तिम्रो साहस धैर्यता अति थियो जित्दै हिँडेथ्यौँ तब हाम्रा नायक हे ! तिमी मुलुकका हौ एकताका मियो तिम्रो आँट र दूरदृष्टि सबले यो देश यौटै भयो ।
तीनवटा भाषाका साधक
गोपाल ‘अश्क’ नेपाली, भोजपुरी र हिन्दी भाषाका सक्रिय साहित्य साधक हुनुहुन्छ । तीनवटै भाषामा समान रूपमा कलम चलाउनु हुने ‘अश्क’का ती भाषामा लेखिएका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । लेखनयात्रा दिनप्रतिदिन अझै सक्रिय बनिरहेको अवस्था छ । साहित्यका प्रायः सबै विधामा समान रूपमा उहाँको कलम चलेको छ । मेहनत, परिश्रम र लगनशीलता उहाँको परिचय हो ।
ओवनको मोहक मुहार
जीवनमा पहिलो पटक ट्रान्जिट भएर कनेक्टिङ बसको पर्खाइमा छौँ– भाइ अजय र म । दस मिनेटमा अर्को बस आइपुग्छ भनेर पहिलो बसले दोबाटोमा उतारेर गयो । समयको सुईले राति ९ बजेको सङ्केत दिँदैछ । सन् २०२० जनवरीको पछिल्लो लहर, चिसोले ठिहि¥याएको छ । मोबाइलको मुहारमा दुई डिग्री झुल्किएको देखिन्छ । सडक पेटीमा ठडिएको ल्याम्प पोस्टको धूमिल प्रकाशमा पूर्वी दिशातर्फ एकनासे घरहरू लामबद्ध रूपमा सुस्ताएको आकृति देखिन्छ । त्यसको विपरीत पश्चिमपट्टि भने विशाल तलाउ निमग्न छ । एकाध मोटर बेलाबखत बत्तिएर हुइँकिन्छन् । त्यसबाहेक चरोमुसो देखिँदैन ।
चिया तलतल मात्र मेटाउँदैन
बिहान उठ्नेबित्तिकै हामी सुरुप्प चिया पिउँछौँ । घर आएका पाहुना वा साथीभाइलाई चिया दिएर सत्कार गर्छौं । होटल वा रेस्टुरेन्ट पस्नासाथ चिया मागिहाल्छौँ । टाढाबाट आएका पाहुना वा स्नेहीलाई चिया उपहार दिन्छौँ । हिजोआज त साना–ठूला होटलमा चिया पार्टी नै आयोजना गर्ने चलन पनि छ । यसरी चियाको तलतलले कहिल्यै छाड्दैन ।
ऊबेलाको स्वास्थ्य सेवा
कुरो २०२५ सालतिरको हो, विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा अग्जुलरी हेल्थ वर्कर (अहेब) स्कुल महाराजगन्ज, काठमाडौँमा स्वास्थ्य व्यावसायिक तालिम दिइन्थ्यो । यो तालिममा दस कक्षा उत्तीर्ण विद्यार्थी सहभागी हुन्थे । तालिममा सहभागी हुनेले प्रतिमहिना ७५ रुपियाँ निर्वाह भत्ता पाउँथे । तालिम लिइसकेपछि पाँच वर्षसम्म सरकारले खटाएको ठाउँमा जानैपर्ने व्यवस्था पनि थियो । स्वास्थ्यकर्मीको अभाव भएको त्यस समयमा भत्ता दिएर पढाउँदा विपन्न परिवारका विद्यार्थी यसतर्फ आकर्षित हुन्थे । उच्च, मध्यम र निम्न सबै स्तरका स्वास्थ्यकर्मीको ठूलो खडेरी रहेको त्यो समयमा जुनसुकै तहका स्वास्थ्य कार्यकर्तालाई समाजमा उच्च सम्मानका साथ व्यवहार गरिन्थ्यो । त्यतिखेर भारतबाट झिकाइएका केही आवासीय चिकित्सकबाहेक आधुनिक चिकित्सा सेवा प्रदान गर्ने व्यक्तिको अभाव नै थियो ।
रसिलो सुन्तलाको निरस कथा
चार/पाँच दशकअघिसम्म कास्कीको बाटुलेचौर, हेम्जा, पुरानचौरलगायत गाउँ सुन्तला बगैँचाका कारण प्रख्यात थिए । ती ठाउँमा सुन्तलाको बगैँचा हेरेर को सम्पन्न को विपन्न भनेर छुट्याइन्थ्यो रे । त्यो बेला प्रत्येक घरका ठूल्ठूला पाटामा सुन्तलाका बगैँचा हुन्थ्यो रे । सुन्तलाजात बालीका वरिष्ठ बागवानी अधिकृत वसन्त श्रेष्ठ आमा र सानिमाले भनेको यतिबेला सम्झिँदै भन्नुहुन्छ, ‘‘त्यो बेलाका कुरा अहिले उखानजस्तै भयो । अहिले ती ठाउँमा सुन्तलाको बोट भेट्न पनि गाह्रो छ ।’’ कास्की बाटुुलेचौरका श्रेष्ठ आफू सानो हुँदा पनि गाउँमा जताततै सुन्तलाका बगैँचा देख्नुहु
बुढेसकाल (कविता)
दुई जना बूढाबूढी छौँ घरमामिलेर चुलोचौको गर्छौंबिहान–च-यापचुरुप ! केही चपायो – पुगिहाल्छएक मुठ्ठी तातो प्युन पाएसाँझको आवश्यकता टरिहाल्छ ।अरूबेला खासै त्यस्तो केही लाग्दैन कहिलेकाहीँ–जब उसको छाती दुख्छअनायासै मेरो रक्तचाप बढ्न थाल्छकुनै बेला जब खोकीले मलाई सताउँछअनायासै उसको अनुहारमा बादल बस्न थाल्छसकेसम्म आफ्नो अप्ठ्यारोएक–अर्कोबाट लुकाउने हामी दुवैको बानी छ ।पहिले पहिलेहामीभन्दा अघि नै रात निदाई सक्थ्योअचेल उसको पनि स्वभाव फेरिएको छहामी पीरले पहेँलिएको बेलाजाग्राम बस्छ यो पनि हामीसँगैर, लाग्छ–हाम्रै जस्तो यसको आँखामा पनिबग्न नसकेको पानी छ ।
मान्छे (कविता)
साँच्चै उच्च प्रवीण सभ्य पनको, उद्देश्य उम्दा थियो पुर्खा पौरख गर्दथे गजबले, निर्माण राम्रो थियोे । गर्थे उच्च विकासका प्रगतिका, नौला अनौठा कुरा रच्थे रे पुर व्योममा प्रविधिले, निर्माणका टाकुरा ।
गीत
चोट यो खुकुरीको अचानोलाई थाहा हुन्छ गहबाट आँसु चुन्छ धरधरी यो मन रुन्छ । मायाको जलायौ दियो सँगै बाँच्ने वाचा थियो वाचा कसम भुलेर निभायौ किन दियो पीडा यो गोलीको छातीलाई थाहा हुन्छ
काँक्रेविहारमा सयर
निर्दयी चिसोले गलेर पिन्चे रोदनका आँसु बगाएर बसेको सुर्खेत उपत्यका कुहिरो हटेर भर्खरै न्यानो घाममा तङ्ग्रिएको छ । पश्चिमी हावाको चिसोले पनि हदैसम्म हिर्काउँछ । मेरो शरीर लुगलुग कामिरहेको छ । ज्ञानको भर्भराउँदो बत्तीको प्रतीक काँक्रेविहारको गरिमामय चहक दृश्यावलोकनको भोकले मलाई आतुर बनाइरहेको छ । त्यही भोक तुर्ने काँक्रे बिहार सयरको तारतम्य २०७४ साल पुस २ गते दिउँसो २ः४५ बजेको प्रहरमा जुरेको थियो । सम्भव भएसम्मको न्यानो कपडामा बेरिएर वीरेन्द्रनगरको केन्द्रबिन्दु मङ्गलगढी चोकमा टुप्लुक्क पुग्छु । ऐतिहासिक महिमा बोकेको सुर्खेतको प्राचीन सम्पदास्थल काँक्रे बिहारमा पुग्दा चञ्चल मनलाई बिहारको चुम्बकीय आकर्षणले स्थिर बनाउँछ । बुलबुले तालको महìव, लाटीकोइली गाउँको ऐतिहासिक विरासत, इत्राम खोलाको रहस्य र देउती बजै मन्दिर दर्शनको रहर हृदयमा अङ्कुराएर झाङ्गिन्छ ।
रगतको नातासँग बिछोडिएकाहरू
नेपाली साहित्यको क्षेत्रमा लक्ष्मी श्रेष्ठ अपरिचित नाम होइन । कविता, संस्मरण आदि विधामा कलम चलाउँदै आउनु भएकी उहाँको वि.सं. २०१७ मा ‘सुन्दरीजल’ र वि.सं. २०२० मा ‘तिम्रो सम्झनामा’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित छन् । यसपछि वि.सं. २०२१ मा अर्को संस्मरणात्मक कृति ‘न्युयोर्क कोरोना डायरी’ को प्रकाशनपछि उहाँ वि.सं. २०७९ (सन् २०२२) मा आफ्नो चौथो तर पहिलो कथाकृति ‘खुला जेल’ मार्पmत नेपाली कथा साहित्यको क्षेत्रमा देखा पर्नुभएको छ । अत्यन्त व्यस्त जीवनबाट अलिकति समय निकालेर भए पनि नेपाली साहित्यको क्षेत्रमा केही गरौँ भन्ने हुटहुटीले प्रेरित भएर लाग्–छाड् लाग्–छाड् किसिमले नै भए पनि कलम चलाउँदै आउनु भएकी उहाँका केही गीत पनि युट्युबमा प्रसारित छन् ।
डोय राज्यको जनभाषा
सबभन्दा पहिले गणतन्त्रको स्थापना वैशालीमा भएको थियो । संसारको प्रजातान्त्रिक व्यवस्थाका लागि बज्जि गणराज्य धेरै नाम चलेको थियो । केही मानिसका भनाइमा इक्ष्वाकु वंशका नौ जना राजाले शासन गरेको र तिनीहरूकै नाममा यसको नाम विशालपुरी वा विशालगढ अर्थात् वैशाली भनिएको हो ।
सहस्राब्दी पदमार्गको फेरो
प्रविधिको व्यापकता र व्यस्त जीवनशैलीका कारण प्राकृतिक वातावरणबाट हामी टाढा हुँदै गएका छौँ । हाम्रा अधिकांश सहरी क्षेत्र पर्याप्त खुला ठाउँ, बगैँचा, रुख, सफा नदी र प्रकृतीमैत्री संरचनाविहीन घरैघरले भरिएका घना बस्ती बनेका छन्, कतै बन्दैछन् । त्यसैले हामी प्रकृतिबाट टाढा कृत्रिम वातावरणमा कैद बन्दै गएका छौँ । यसको सबभन्दा ठूलो असर हुर्किंदो पुस्तामा परिरहेको छ । हाम्रा बच्चा बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टीभीमा झुम्मिएर बस्न वा प्लास्टिकका खेलौनासँग खेल्न बाध्य छन् । यसले बालबालिकाको चौतर्फी विकास हुनलाई मात्र रोकेको छैन, बिस्तारै प्रकृितबाट पनि उनीहरूलाई बिमुख बनाउँदै लगेको छ ।
घलेगाउँ : प्रकृति र संस्कृतिको सङ्गम
आन्तरिक र बाह्य पर्यटकको गन्तव्य घलेगाउँ लमजुङको सदरमुकाम बेँसीसहरबाट उत्तर–पश्चिम २७ किलोमिटरको दूरीमा पर्छ । यो ठाउँ लमजुङको क्होलासोथर गाउँपालिका–३ मा पर्छ । यहाँ घले र गुरुङ जातिको बाहुल्य रहेको छ । यहाँका मानिसले पाहुनालाई ईश्वरसमान व्यवहार गर्छन् । मिठो मुस्कानले स्वागत गर्छन् ।
मेसीको विश्वकप
अर्जेन्टिनाका फुटबल खेलाडी लियोनेल मेसीले आफ्नो खेल जीवनमा विशेषत स्पेनी क्लब बार्सिलोनालाई कैयौँ उपाधि दिलाउन सहयोग गर्नु भयो । व्यावसायिक फुटबलमा उहाँ संलग्न टिमले हासिल नगरेको कुनै उपाधि बाँकी छैन । तर सन् २०१४ को विश्वकप र त्यसको दुई वर्षपछि कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेसी निराश हुनु भयो । आफ्नो देशका लागि प्रमुख प्रतियोगिताको उपाधि हासिल गर्न बारम्बार चुकेपछि मेसी विक्षिप्त नै बन्नुभयो । कोपा अमेरिकाको फाइनलपछि त आवेगमा आएर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नै लिनुभयो । मेसीको यो निर्णयले विश्व फुटबलमै ठूलो हलचल मच्चियो । त्यसपछि विश्वभर मेसीको यो निर्णय फर्काउने अभियान चल्यो । समर्थकहरूको मायाले मेसीको मन पनि पग्लियो । उहाँले आफ्नो सन्न्यास फिर्ता लिनुभयो र पुनः अर्जेन्टिनालाई विश्वकप जिताउने सपना देख्नुभयो । जुनः सपना अन्ततः कतार विश्वकपमा साकार पनि भयो ।