गजल
मान्छे भएनि हाम्रो चल्दैन हेर पानी मिल्दैन जान मन्दिर यस्तै छ जिन्दगानी । बाँचेर फेरि हामी मर्छाैं हजार बार चल्ने रहेछ हाम्रो चढ्दो त यो जवानी ।
शीतबिन्दुमा मोतीको चमक
शीतको थोपा चुहेर गुलाफको बोटमा पर्दा मोतीका दानाजस्तै चमक छरिएको छ । हावाको सानो हल्लाइमा ढल्पलढल्पल हुन्छन् मसिना दानाहरू । कतै पुग्ने हतारो त छैन होला तर लामो अस्तित्व नभएका यी दानाहरू ज्वलन्त बनेका छन् सूर्यको कलिलो किरणमा । शीतको ओसमा भिजेर लपक्क माटो बनेको छ भुइँको कसिङ्गर । जुत्ता–चप्पल नभएका खुट्टाको प्राकृतिक जुत्ता बनेर । केही परसम्म साथ दिन खोजे पनि खुट्टाले भारी महसुस गर्छ र बेस्सरी
मानव सृजित अन्यायका चोट
मानव जातिको प्रगति र समुन्नति कायम राख्न ज्ञान र विज्ञान दुवैको अहम् भूमिका हुन्छ । विज्ञानले पत्ता लगाएका नियमको पालन ज्ञानसम्मत तरिकाले गरिएन भने त्यसले विकास होइन, विनाश निम्त्याउँछ । विज्ञानको देनका रूपमा मानिएका रासायनिक मल र विषादीको प्रयोगले बालीनालीलाई रोग, व्याधि र शत्रु किराबाट बचाएर उब्जनी बढाउन सहयोग त पु¥याउँछ तर यसको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा मात्र होइन माटोको स्वास्थ्यमा पनि गम्भीर समस्या निम्त्याएका उदाहरण वर्षंैपिच्छे बढ्दैछन् । साथै, कैयौँ जलचर र थलचरको वंश नै नाश भएका विस्मयकारी नतिजा पनि देखापर्न थालेका छन् ।
आदिकविको उचाइ
भानुभक्त आचार्य (विसं १८७१–१९२५) नेपाली साहित्यका क्षेत्रमा आदिकविका रूपमा चर्चित हुनुहुन्छ । उहाँको रामायण (विसं १८९८–१९१०) महाकाव्यलाई आदिमहाकाव्यका रूपमा लिइएको छ । रामायण लोकभावनामा आधारित भएकाले पनि सबैको मन छुने खालको थियो । भानुभक्त श्रीकृष्णका नाति तथा धनञ्जय आचार्यका छोरा हुनुहुन्छ । भानुभक्तले बाजेबाट संस्कृतको साधारण शिक्षा पाउनुभएको थियो । पछि उहाँ काशीमा बस्दा त्यहाँको वातावरण तथा आफ्नै क्षमताबाट कवितातर्फ आकृष्ट हुनुभयो ।
मधेशका किसानको पीडा ‘ट्युबेल’
नाटक ‘ट्युबेल’ मधेशको स्वाद र परिवेश झल्काउने कथा हो । नाटकमा मधेशको माटोको सुगन्ध पस्किने प्रयास गरिएको छ । माटोमा सुन फलाउने किसानको सङ्घर्ष र भोगाइ देखाउन खोजिएको छ । यस नाटकको कथा २०५६ सालतिरको हो तर अहिले पनि किसानका दुःख र सङ्घर्षमा केही परिवर्तन आएको छैन । किसान अहिले पनि उत्तिकै पीडित छन्, जसरी पहिला हुने गर्थे । भोजपुरी र नेपाली भाषामा तयार पारिएको नाटकभित्र प्रजातन्त्रको पुनर्बहालीपछिको समयमा
स्मार्ट बन्ने होड
कार्यालय, कुनै जमघट वा साथीभाइसँगको भेटघाटमा यस्ता गुनासा हामी दिनहुँ सुन्ने गर्छौं । प्रविधिसँग अभ्यस्त अक्सर मान्छे यस्ता समस्याका भुक्तभोगी हुन्छन् । एक दिन ल्यापटप नचल्दा अथवा एक दिन मोबाइल नहुँदा जीवन नै ठप्प भएको अनुभव ल्यापटप र मोबाइल जस्ता पछिल्लो समय अत्यधिक प्रयोगमा आएका सूचना प्रविधिका साधन प्रयोगकर्ताहरूले गरेकै हुनु पर्छ । यसो त यी साधनको विकल्प मान्छेको आफ्नै दिमाग हो तर अचेल मान्छे आफ्नो दिमागको निकै कम प्रयोग गर्छन् ।
उपेक्षित फेवाताल
पोखरा उपत्यकामा रहेका तालहरूमध्ये फेवाताल सबैभन्दा ठुलो ताल हो । तालवाराहीको मन्दिर र तालमा हिमालको छाया देखिनुले यो तालको बढी महत्व रहेको छ । हिउँदमा जाडो छल्न साइबेरियाको मैदानबाट बसाइँ सरी आउने हाँस प्रजातिका चराहरू केही दिन तालमा विश्राम गर्ने हुँदा सन् २०१६ मा पोखराका नौ वटा तालको समूहलाई अन्तर्राष्ट्रिय महìवको सिमसार क्षेत्रमा सूचीकृत गरिएको छ ।
पानीको पीडा
नेपाल हिन्दकुश हिमालय पर्वत शृङ्खलामा रहेको हिमाली मुलुक हो । यति सानो भूगोलमा जताततै पानीका स्रोतको उपस्थिति हुने विश्वका धेरै कम मुलुकको सूचीमा नेपाल पर्छ । उत्तरमा हिमालको उपस्थितिले दर्जनौँ ठुला नदी बाह्रैमास नेपाली धर्ती भएर बग्नुले नेपाल पानीमा धनी मुलुक बनेको हो । विश्वका कतिपय मुलुकमा भूगोल ठुलो भएर पनि नेपालको जति पानीको उपलब्धता छैन भने कतिपय मुलुकले सुक्खा अनि मरुभूमिको पीडा भोगिरहनु परेको छ ।
गीत आएन भुइँचालो पो आयो
हामी सिनेमा हेर्न निमग्न थियौँ । आँखाहरू पर्दातिर एकोहोरिइरहेका थिए । चुम्बकझैँ बिस्तारै तान्दै थियो, कथावस्तुले पनि । करिब १५–२० मिनेटको अन्तरालपश्चात् सिनेमामा केन्द्रित मेरो मन–मस्तिष्कलाई पर्दामा थप एकोहो¥याउने विषय अर्कै बन्यो । मेरा साथी सुदर्शन श्रेष्ठको अभिनय–कौशल नियाल्न पाइयो । उनी नकारात्मक भूमिका निर्वाह गर्दै थिए । वैदेशिक रोजगारीमा जान इच्छुक यत्नशील युवाहरूसँग पैसा असुले पनि विदेश उडाउन भने आलटाल गर्ने भूमिकामा रहेछन् । एक हिसाबले दलाल जस्तै । रकम फसेका युवाहरू उनीकहाँ जान्थे र भन्थे, “कि त हामीलाई चाँडै विदेश उडाइदिनु प¥यो, हैन भने पैसा फिर्ता पाउनु प-यो ।”
भोकको रामायण – ५
कडा भएकै कारण हो –पत्थर मूर्ति बनेको । पत्थरभन्दा कडा हुन्छ कलाकारको कल्पना र कला जसले बनाएको हुन्छ – चट्टान फोडेर मूर्तिको सुरक्षार्थ मन्दिर ।
पसिनाका थोपा (कविता)
बिरानो देश, साह्रै प्रचण्ड धूप दिन बितिरहेछ पाखुरा चलाएरै अनि ऊ खसालिरहेछ पसिनाका थोपा ।
बिक्री कौशल सिकाउने ‘बिक्री कला’
बजार अर्थतन्त्रको सबैभन्दा केन्द्रमा हुन्छ– उत्पादित वस्तु तथा सेवाको योजनाबद्ध वितरण र नाफा । त्यसका लागि वस्तु तथा सेवाको उपयोग गर्ने सही ग्राहकको पहिचान गरेर बिक्री गर्ने कौशल आवश्यक पर्छ । निरन्तरको प्रयास, अध्ययन र बजारको मिहिन अनुसन्धानपछि यस्तो कौशल हासिल हुन सक्छ । कतिपयलाई उसको व्यवहारजन्य कारणले नै आधारभूत कौशल प्राप्त हुन्छ भने धेरैका लागि यो निरन्तर मेहनतको विषय हो । बिक्री गर्ने कौशल अर्थात् ‘मार्केटिङ’ वर्तमान विश्व बजारको सबैभन्दा अत्यावश्यक सिप हो । व्यक्ति, संस्थादेखि देश र महादेशले समेत आफूसँग उपलब्ध वस्तु तथा सेवाको अधिकतम प्रचार गर्न÷गराउन चाहन्छन् र त्यसबाट लाभ हासिल गर्न खो
चोबुजे चुलीको मुस्कुराहट
रोल्वालिङको पदयात्रामा हतार गरिएको थिएन । बेदिङमा पुग्दा त्यसभन्दा पहिले देखिएको बाक्लो वन थिएन । त्यहाँ त स–साना बुट्यान मात्र पो देखा परे । भीमकाय चट्टान छिरलिएको देखिन्थ्यो । बेदिङनजिक माने, माने पर्खाल र लुङ्दार फहराएको दृश्यले मज्जैले लोभ्यायो । त्यसको केही समयपछि नै हिमालै हिमालको काखमा थपक्क बसेको शेर्पा जातिको सुन्दर गाउँ बेदिङ टुप्लुक्क देखा प¥यो । बेदिङ पुगेर हामीले चार जनाका लागि खाना पकाउन भन्यौँ । काठमाडौँदेखि तेस्रो दिन दिउँसो बेदिङ पुगेका थियौँ ।
भोजपुरी भाषाका शेक्सपियर
तुलसी दास र कवीर दासपछि भाषासाहित्यको क्षेत्रमा लोकप्रिय व्यक्तित्व हुन् – भिखारी ठाकुर । ठाकुरले समाजका शोषित, पीडित र सदियौँदेखिको दमित आवाजलाई आफ्नो सिर्जनाको मुख्य विषयवस्तु बनाउनुभयो । मातृभाषा भोजपुरीमा तत्कालीन नारी समाजको चित्रण गर्दै उहाँले आफ्नो पहिलो नाटक ‘विदेशिया’को रचना गर्नुभयो, जुन नेपाल र भारतलगायत विभिन्न मुलुकमा चर्चाको शिखरमा रह्यो ।
काललाई जितेकाहरू
कोही मरेर बाँच्छन्, कोही बाँचेर मरिरहेका हुन्छन् तर औँलामा गन्न सकिने व्यक्तिहरू भने मृत्युको मुखमा पुगेर पनि फर्किएका हुन्छन् । काललाई टार्न नसके पनि केही समय सार्न भने सकिन्छ । विज्ञान तथा प्रविधिको विकासले यो सम्भव भएको हो । समग्रमा मान्छेको औसत उमेर पनि बढेको देखिन्छ । त्यसो त उपचार पाउन नसकेर पनि धेरैको मृत्यु हुन्छ । अहिले त स्वेच्छाले आफ्नो जीवन समाप्त गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ । हाम्रो जीवनको एक मात्र अकाट्य सत्यलाई हामीले भने सहज रूपमा लिन सकिरहेका छैनाैँ । संसारमा मृत्युबारे विश्वास गर्न नसकिने धेरै घटना भएका छन् । एक तथ्याङ्क अनुसार सन् १९७० देखि २०२२ सम्म ११ हजार १६४ हवाई दुर्घटनामा ८३ हजार ७७२ जनको मृत्यु भएको छ । विश्वव्यापी रूपमा मृत्युको आठौँ प्रमुख कारण सडक ट्राफिक दुर्घटनामा परी वार्षिक १३ लाखभन्दा बढीले ज्यान गुमाउँछन् ।
नीरफूल अर्गानिक चलचित्र
पिङ्चावतीको लगातारको यस्तो अनुनय म बुझ्दिनँ । उसको फुत्किने यत्न, उसको गलाको क्रन्दन, उसको निरर्थक कोसिस सबै बुझ्छु तर ‘आमा निबा’ शब्द म बुझ्दिनँ । म सँगसँगै त्यो व्यवस्था, त्यो शासकले पनि ‘आमा निबा’ को अर्थ बुझ्दैन । चलचित्र ‘नीरफूल’ हेर्दै गर्दा मभित्र सोचाइको हुन्डरी मच्चिँदै थियो । मेरा आँखा चलचित्रको पर्दामै टाँसिइरहेका थिए ।
स्टार्टअप उद्यमीका सकस
काठमाडौँ, ललितपुर र भक्तपुरका ऐतिहासिक भित्री सहर ज्यादै घना र भिडभाडपूर्ण छन् । पछिल्लो समय विस्तार भएका क्षेत्रमा त घर भेट्न मुस्किल छ भने असन वा पाटनका प्राचीन गल्लीमा बनेका घर भेट्न कति दुष्कर होला ? अनलाइनबाट खरिद गरिएका सामान डेलिभरी गर्नेहरूको सास्ती त झन् कति कति । सन् २०२० को जुनदेखि राजविक्रम महर्जनको टोलीले काठमाडौँ उपत्यकाका नगरपालिकाहरूलाई घरको नम्बरिङका लागि ड्रोन म्यापिङमा सघाइरहेको थियो । नगरपालिकाहरूले स्थानीय योजना तथा अन्य प्रयोजनका लागि सो म्यापिङ प्रयोग गर्न चाहन्थे । उहाँहरूले घरबाटै काम गरिरहनुभएको थियो, बन्दाबन्दीका कारण बाहिर जान पनि समस्या थियो । त्यस बेला राजलाई कोभिड महामारीमा शरीरमा अक्सिजनको मात्रा
भत्किएको मन (कथा)
तिमीलाई धेरै सम्झाएँ तर तिम्रो कानमा बतास कहिल्यै लाग्दैन । केही सम्झाउँदा मलाई नै गलत ठान्छौ । बरु चाणक्य दर्शन सुन्ने गर । चाणक्यले भनेका कुरा आज पनि प्रासङ्गिक छन् । मान्छे जस्तो कपटी, छली र चाम्रो जात यो ब्रह्माण्डमा कोही छैन । पेटभरि अनेकौँ कुरा राखेर मुखले ठिक्क पार्ने मान्छेको कमी छैन यहाँ । हेर त ! महादेवले पनि सतीलाई आफ्नै बाउको घर जान रोकेका थिए । दिदीबहिनीको वैभवका सामु निम्छरो हुँदा अपमानित हुनु पर्छ भन्ने सन्देश कलियुगका लागि थियो । नत्र सती र शिव त त्रिकालदर्शी थिए । त्यसैले जहाँ हृदयबाट सम्मान हुँदैन, त्यस्तो ठाउँ
गजल
ख्यालख्यालमै यो दिल तोडेर गयौ नदीबिच मझधारमा छोडेर गयौ । पर्खाइमै बिती गए सारा दिनहरू हिँडिरहेको बाटो अन्तै मोडेर गयौ ।
सौन्दर्य (कविता)
एक समय लाग्थ्यो– फुल्नु र सेतो हुनु भनेकै सुन्दर हुनु हो । म घण्टौँ हेरिबस्थेँ... गुराँस, लालुपाते र हिउँचुलीहरू;
जीवन आफैँ बनाउने हो (कविता)
आँखा लाइरहेको छु, सूर्य कैले उदाउने हो बसेर एक मधुर गीत, मैले कैले गाउने हो । बाटाका भीर, पहरा छिचोल्दै अघि बढ्नु छ निराशा आए हौसला, आफैँले जगाउने हो ।
सारसङ्क्षेपमा श्रीमद्भागवतको कथा
श्रीमद्भागवत महापुराण पुराणहरूमध्ये सबैभन्दा कान्छो मानिन्छ । १७ वटा पुराणहरू लेखिसक्दा पनि वेदव्यासलाई पूर्ण सन्तुष्टि भएन । आफ्नै आश्रममा आएका नारदजीसँग व्यासले आफ्नो व्यथा पोखे र नारदले व्यासजीलाई श्रीमद्भागवत महापुराणको रचना गर्ने प्रेरणा दिए । नारदजीको सल्लाह र प्रेरणाबाट व्यासजीले श्रीमद्भागवत महापुराणको रचना गरे र यही ग्रन्थबाट उनलाई परम् सन्तुष्टि प्राप्त भयो । १८ पुराणमध्ये श्रीमद्भागवतलाई नै सर्वश्रेष्ठ पुराणका रूपमा
स्वर्ग हो दामोदर कुण्ड
आदरणीय गुरु प्राध्यापक प्रेम शर्मासँगको दामोदर कुण्ड यात्रा अविस्मरणीय रह्यो । गुरुको ७० वर्षको त्यो जोस मेरो प्रेरणाको स्रोत बन्यो । दामोदर कुण्डको यात्रा पटक्कै सहज छैन । कठिन छ । चानचुने मुटु र कमजोर स्वास्थ्यले यो यात्रा सम्भव छैन । यात्रा कठिन छ तर अद्भुत छ । यो अत्यन्त चुनौतीपूर्ण, रोमाञ्चक र साहसिक यात्रा हो । सामान्य मानिसले यो हिम्मत नगरे नै हुन्छ । यद्यपि खाने मुखलाई जुँगाले छेक्दैन, घोडा तथा हेलिकोप्टरको पनि प्रयोग गर्न सकिन्छ, स्वस्थ म
पहिलेकै स्वरूपमा सिन्धुलीगढी
मानिस मात्र होइन, उसले निर्माण गरेका संरचना पनि वयस्क हुँदै वृद्ध हुन्छन् । बुढो भएको मानिस पुनः युवावस्थामा फर्किन सक्दैन तर मानिसले बनाएका संरचना भने बुढो, जर्जर र भग्नावेशष भएपछि पनि पुनर्निर्माण गर्न सकिन्छ । ती फेरि तन्नेरी अवस्थामा हुन्छन् । यतिबेला बागमती प्रदेश अन्तर्गतको सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढी क्षेत्र (रानी दरबार) चिटिक्क भएको छ । लाग्छ, सिन्धुलीगढीलाई वर्षौंपछि बैँस आएको छ !