डिएसपी हुँ भन्दै ठगी गर्ने पक्राउ
नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा पहरीले पक्राउ गरेको छ । जिल्ला सिरहाको लहान नगरपालिका–२, का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले जनाएको छ ।
‘भूराजनीतिले बजेट र नीति निर्माणमा प्रभाव पार्छ’
पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले भूराजनीतिक परिवेशले बजेट निर्माण र आर्थिक नीति निर्माणमा प्रभाव पार्ने बताउनुभयो । शुव्रmबार मधेश प्रदेश सभाको सा
मधेशमा एचपिभी खोप अभियानको तयारी पूरा
मधेश प्रदेशमा यही माघ २२ गतेबाट सञ्चालन हुन लागेको पाठेघरको मुखको क्यान्सर गराउने हृयुमन प्यापिलोमा भाइरसविरुद्धको एचपिभी खोप अभियान २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ ।
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।
आगलागीबाट उद्योगमा करोडौँको क्षति
सर्लाहीको ईश्वरपुर नगरपालिका –७, ब्रह्मस्थान चोकमा रहेको प्लाष्टिकका झोला बनाउने उद्योगमा बिहीबार आगलागी हुँदा करोडौँको क्षति पुुगेको छ ।
प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान
सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो ।
वसन्तपञ्चमी पर्वः केशोर र बयरको बजार जम्दै
वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीसहित मधेसका बजारमा केशोर (माटोमुनि फल्ने फलविशेष) र बयर (रूखमा फल्ने फलविशेष) उत्पादक किसानको व्यस्तता बढेको छ ।
टुहुरा बालबालिकालाई आवास निर्माण
वैदेशिक रोजगारीमा रहेका युवा र स्थानीय मनकारी युवाको सहयोगमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरामा टुहुरा दुई बालबालिकालाई आवास निर्माण गरी हस्तान्तरण गरिएको छ ।
सरस्वतीको मूर्ति निखार्दै मूर्तिकार
वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीमा अहिले सरस्वतीका मूर्ति बनाउनेको व्यस्तता बढेको छ । आउने सोमबार मनाइने सरस्वती पूजनोत्सव पर्वका लागि बनिएका मूर्तिमा अहिले मूर्तिकार त्यसको निखार ल्याउनमा व्यस्त छन् ।
सिँचाइ गर्न किसानले बनाए बाँध
धनुषाको धनुषाधाम नगरपालिका–९, मुर्गिया गाउँका किसान आफ्नै मिहिनेतले मुर्गिया खोलामा बाँध बाधेर खेतमा सिँचाइ गर्न थालेका छन्। सिँचाइ अभावले खेतबारीमा लगाएको बाली सुक्न थालेपछि यहाँका किसानले खोलाको बहाव थुनेर अस्थायी बाँध निर्माण गरी खेत सिँचाइ गर्न थालेका हुन्।
सिरहाका तीन अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
यहाँका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको छ । ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले ती अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
लहानका विपन्न बस्तीमा कम्बल वितरण
लहान नगरपालिकाको विभिन्न वडामा रहेको दलित विपन्न बस्तीहरूमा शीतलहरबाट जोगिन अहिलेसम्म एक हजारभन्दा बढी कम्बल वितरण गरिएको छ ।
च्याउको व्यापार
सिरहा, माघ १७ गते । सिरहाको गोलबजारस्थित गुरुधामका कृषकले उत्पादन गरेको च्याउ बिक्रीका लागि बजार पठाउन ुप्याकिङु गर्दै। प्रतिकिलो रु १०० मा च्याउ बिक्री भइरहेको किसान बताउँछन् । तस्बिरः रासस
कमला–पथलैया सडक स्तरोन्नतिमा समस्या
सडक मार्गमा रहेका अनेक समस्याले पूर्वपश्चिम राजमार्गको कमला–ढल्केबर–पथलैया सडक आयोजना पूर्वी खण्डको कामले गति लिन सकेको छैन । आयोजना अन्तर्गतको कमला
खोप अभियानको तयारी पूरा
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको तयारी अन्तिम चरणमा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लामा ४५ हजार ४६४ जना किशोरीलाई पाठेघर मुखको
परिवर्तनको उपलब्धि रक्षा गर्दै अघि बढनुपर्छ : प्रदेश प्रमुख भण्डारी
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालमा भएका विभिन्न खालका आन्दोलनबाट भएका परिवर्तनका उपलब्धिलाई रक्षा गर्दै जनतालाई सहिदले देखाएको बाटोमा डोर्याएर अघि बढनुपर्ने बताउनु भएको छ ।
सीमावर्ती बजार धाउँदै दुर्व्यसनी र कारोबारी
सुरक्षा निकायले पछिल्लो पटक रौतहटमा लागुऔषध सेवनकर्ता तथा कारोबारी उपर निगरानी बढाउन थालेपछि उनिहरू भारतीय सीमा क्षेत्रका बजार तर्फ आकर्षित भएका छन् ।
जसले महायज्ञका लागि १०११ मूर्ति बनाउँदैछन् !
उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोएपनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उहाँका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उहाँलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ ।
मूर्ति बनाउँदै कालिगड
पर्सा, माघ १६ गते । बाराको विश्रामपुर गाउँपालिका ५ स्थित श्री १००८ औँ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ को लागि भगवानका एक हजार ११ वटा मूर्ति बनाउँदै कालिगड । तस्बिरः रासस
बागमती पुलको बिम चर्कियो
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती पुलको स्टिल बिम चर्किएको छ । ५५ वर्ष पुरानो पुलको स्टिल बिम अर्थात् ‘गिर्डर’ चर्किएर जोखिमपूर्ण अवस्था सिर्जना भएको हो । पुलको पूर्वतर्फ सात नम्बरको स्परमाथि जडान गरिएको बिम करिब आठ सेन्टिमिटर चर्किएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर प्रकाश यादवले जानकारी दिनुुभयो
संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख
‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गर्नुभएकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भन्नुभयो, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र
। सञ्चारिका समूह नेपालले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति कार्यान्वयनका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
धनुषामा दुर्गानन्द झाको ६१ औं बलिदानी दिबस
धनुषामा सहिद दुर्गानन्द झाको ६१ औं बलिदानी दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा सहिद झाको गाउँ नगराइन नगरपालिकाको जटहीमा नेपाली काँग्रेस धनुषाले एक कार्यक्रमको आयोजना गरी सहिद झाको तस्विरमाथि माल्यार्पणका साथै झाले दिएको योगदानमाथि चर्चा गरेको छ ।
करेन्ट लागेर एकको मृत्यु
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित भुर्कीमा मङ्गलबार करेन्ट लागेर युवकको मृत्यु भएको छ ।