मधेश सरकारद्वारा स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु
मधेश प्रदेश सरकारले स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु गरेको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा मङ्गलबार जनकपुरधाममा स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल सुरु गरेको हो ।
बृहत् बिजुवार खानेपानीका लागि २३ करोड बजेट सुनिश्चित
प्युठानको बृहत् बिजुवार खानेपानी आयोजना सञ्चालन गर्न अर्थ मन्त्रालयले २३ करोड बजेट सुनिश्चित गरेको छ ।
उखु अभावले चिनी उत्पादनमा समस्या
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा उखु अभावले चिनी उत्पादनमा समस्या भएको छ ।
तातोको खोजी
महोत्तरी, माघ ८ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका २ स्थित दुर्गाचोकमा आगोको छेउमा सुतेर न्यानो लिँदै कुकुरका छाउराहरू । तस्बिरः रासस
सरस्वतीका मूर्ति
सप्तरी, माघ ८ गते । सरस्वती पूजालाई लक्षित गर्दै सप्तरीको राजविराजमा बिक्री गर्न निर्माण गरिएका सरस्वतीका मूर्ति । अहिले रु. ३ हजारदेखि ५ हजारसम्ममा बजारमा मूर्ति बिक्री भइरहेको छ । तस्बिरः रासस
वीरगन्ज आइसिपीमा प्रवेश गर्दै सामान बोकेका ट्रक
वीरगन्ज, माघ ८ गते । वीरगन्जको अलौं–सिर्सियामा अवस्थित वीरगन्ज भन्सार कार्यालयको एकीकृत जाँच चौकी (आइसिपी)को २ नम्बर प्रवेशद्वारबाट मङ्गलबार नेपालका लागि आयात भएका सामग्री लिएर आएका मालवाहक ट्रक भित्रिँदै । भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामान २ नम्बर गेटबाटै नेपालतर्फको आइसिपीमा प्रवेश गर्दछ । तस्बिरः रासस
अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन
लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षांैदेखि अलपत्र रहेको मखानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो ।
जरलहवागाछीमा छ डिपट्युबेल सञ्चालन हुँदा खानेपानी समस्या हट्यो
खानेपानीको समस्या खेप्दै आएका यहाँस्थित मटिहानी–६ जरलहवागाछी बस्तीका अग्निपीडितले १० महिनापछि बल्ल राहत पाएका छन् । बस्तीमा सोमबार एकसाथ छवटा डिपट्युबेल सञ्चालनमा आएपछि अग्निपीडितले आफ्नै घरआँगन नजिक खानेपानीको सहुलियत पाएका हुन् ।
‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’
लालबन्दी नगरपालिका–१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुसी दिन वैदेशिक रोजगारी जानुभयो । खुसी दिन त टाढाको कुरा रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य हुनुभयो । उहाँ विगत तीन वर्षदेखि ह्वीलचियरको सहारामा हुनुहुन्छ ।
पेस्तोलसहित दुई जना पक्राउ
धनुषामा सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेका छन् ।
वन अतिक्रमण बढ्दै
महोत्तरीमा वन अतिक्रमणका घटना बढ्दै गएको छ ।
पराती गाउने परम्परा लोप हुँदै
धनुषाको ढल्केबरमा केही वर्षअघिसम्म महेन्द्र साह र गोपाल ढकाल एका बिहानै पराती गीत गाउनुहुन्थ्यो । उहाँहरूको पराती सुनेर वरपरका छिमेकले बिहान हुन लागेको सङ्केत पाउँथे ।
सिङ्गो बस्ती नै शौचालयविहीन
महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् ।
रौतहटमा चिसाेबाट बच्न दाउरा वितरण
चिसोको कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि रौतहटको गरुडा नगरपालिकाले सार्वजनिक स्थल र चोक चोकमा दाउरा वितरण गरेको छ ।
तत्कालीन गाविस सचिवविरुद्ध ३८ लाखको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध ३८ लाख ३० हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
बर्दिबासमा कुहिरो
महोत्तरी, माघ ७ गते । बर्दिबास-जलेश्वर सडकको बर्दिबास २ बुद्धचोकको सडकक्षेत्र क्षेत्रमा सोमबार बिहान ८ बजे लागेको हुस्सु । हुस्सुसँगै चिसो बढेपछि यहाँका सडकमा सवारीसाधन कम चलेका छन् । तस्बिरः रासस
मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ ।
विपन्न परिवारलाई सिरक वितरण
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले आइतबार चन्द्रनगर गाउँपालिका –३ र ४ का ५५ दलित विपन्न परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
बजेट वक्तव्य संशोधन गर्न प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
मधेश प्रदेश सभाको बसेको बैठकले सङ्कल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ। प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौ बैठकले मधेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव पारित गरेको हो।
जानकी नगरमा हात्ती आतङ्क
सर्लाहीको हरिपुर नगरपालिका–१, जानकी नगरमा जङ्गली हात्तीले घरका बेराघेरा भत्काउने र खेतमा लगाएको अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
दलित बस्तीमा कम्बल वितरण
लहान नगरपालिका ११ र १४ नं. वडाको सिमानामा पर्ने दलित (राम) बस्तीका स्थानीयहरुलाई शीतलहरबाट जोगिन लहान नगरप्रमुख महेश प्रसाद चौधरीले लहान ८० थान न्योनो कम्बल वितरण गर्नुभएको छ ।
सिराहा नगरस्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि
सिराहा नगरस्तरीय फुटबल प्रतियोगिता यही माघ ८ गतेदेखि सञ्चालन हुने भएको छ । सिराहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लबले प्रतियोगिताको आयोजना गर्ने क्लबका अध्यक्ष राजीपकुमार यादवले जानकारी दिनुभयो ।
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ ।
थारू सांस्कृतिक नृत्यमा हरिभवन पुरस्कृत
सर्लाहीको हरिपुर नगरपालिका–७ स्थित पचगछियामा आयोजित थारू सांस्कृतिक नृत्य प्रतिस्पर्धामा थारू कल्याणकारी गाउँ एकाइ हरिभवन पहिलो भएको छ ।