पूर्वप्रदेश सभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान
महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वमधेश प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
समय सापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता : नेता केसी
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान संशोधन गर्नु आवश्यक भएको बताउनुभएको छ । बुधबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता केसीले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।
विद्यार्थीलाई कानुनसम्बन्धी सचेतना
सुनसरीको इनरुवा नगरपालिका क्षेत्रका मावि तहका विद्यार्थीहरूलाई कानुनसम्बन्धी सचेतना कार्यक्रममार्फत कानुनी जानकारी दिएको छ ।
डुबेर किशोरीको मृत्यु
बर्दीबास –८ हात्तीलेटस्थित खोल्सीको दहमा डुवेर एक किशोरीको मृत्यु भएको छ । गाउँको उत्तरमा पर्ने माई खोल्सीमा नुहाउन गएका बेला सोही वडाको पासवान टोलकी १९ वर्षिया जानकीकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपद् व्यवस्थापनमा तिनै तहको सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने : मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको विपद् व्यवस्थापनमा तिनै तहको सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
पोखरीमा डुबेर दुई बालकको मृत्यु
सिरहाको नरहा गाउँपालिका-३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय राहुल मण्डल र करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।
गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा मङ्गलबार वीरगञ्ज महानगरपालिमा पूर्ण कदको सालिक अनावरण गरिएको छ।
डेढ किलो चाँदी सहित अटो चालक पक्राउ
भारतबाट अवैध रूपले नेपाल भित्राइरहेको अवस्थामा अटो चालक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौर नपा १ बाट प्रहरीले एक किलो ४ सय ग्राम चाँदी रौतहटको माधवनारायण नपा १ दिपही बस्ने ४२ वर्षीय दिनेश प्रसाद साहलाई पक्राउ गरेको हो ।
जानकी मन्दिरलाई विश्व सम्पदामा लैजान पहल
जनकपुरधाममा अवस्थित हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने विषय नीति कार्यव्रmममा उठेपछि सरोकारवाला निकाय सव्रिmय भएका छन् ।
बम्जनलाई १० वर्ष कैद, पाँच लाख क्षतिपूर्ति भराउन आदेश
पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा पीडित बालिकालाई पाँच लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदनकुमार अधिकारीले जानकारी दिनुभयो । न्यायाधीश भण्डारीकै गत असार १० गतेको इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो ।
सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म मन्त्री अस्पतालमै
मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री उर्मिलादेवीसिंह चौधरी सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म अस्पताल भर्ना भएर सोमबार दिउँसो डिस्चार्ज हुनुभएको छ ।
सिद्धार्थ बैङ्कमा आगलागी
वीरगन्ज आर्दशनगर मेनरोडस्थित सिद्धार्थ बैङ्कमा सोमबार आगलागी भएको छ । करिब साढे ४ बजेदेखि लागेको आगलागी साँझ ६ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताउनुभयो।
बजेट पुनर्लेखनको माग गर्दै चार दलले बुझाए ज्ञापनपत्र
मधेश प्रदेशको बजेट पुनर्लेखनसहित तीन बुँदे माग गर्दै चार दलका संसदीय दलका नेताहरूले संयुक्त रूपमा आइतबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
फरार रहेका पूर्व सांसद यादव पक्राउ
विगत आठ वर्षदेखि कर्तव्य ज्यानमुुद्दामा अभियुक्त रही फरार रहेका पूर्व सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
ट्याक्टरमा च्यापिएर चालकको मृत्यु
सर्लाहीको हरिवन नगरपालिका-१, पटौनामा आइतबार मध्यान्ह खेत जोतिरहेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ।
हत्या गरी मकैबारीमा फालिएको महिलाको शव फेला
सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ ।
तीन दिनदेखि गाउँ नै अन्धकार
चुरेभेगस्थित सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ बिलन्दी र बेलडाँडाका स्थानीय तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।
संस्थान नेतृत्वद्वारा जेठो विद्यालयको निरीक्षण
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष नेतृत्वको टोली शनिबार महोत्तरी सदरमुकाममा रहेको प्रसिद्ध जलेश्वरनाथ मन्दिरको दर्शन गरी नेपालकै जेठो मानिने विद्यालयको अवलोकन गर्नुभएको छ ।
प्रदेश सरकारले प्रदेश शिक्षा नीति ल्याउन गृह कार्य सुरु गरेको छ : शिक्षा मन्त्री लेखी
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीले मधेश प्रदेशको शिक्षामा समग्र सुधारका लागि प्रदेश सरकारले प्रदेश शिक्षा नीति ल्याउन गृह कार्य सुरु गरेको बताउनुभएको छ ।
प्रादेशिक अस्पताल जलेश्वर न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा पहिलो
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा मधेश प्रदेशमा पहिलो भएको छ । प्रादेशिक अस्पताल जलेश्वरले ९३ प्रतिशत अङ्क ल्याउँदै मधेश प्रदेशमा पहिलो अस्पताल बन्न सफल भएको हो ।
असार १५ मा सामूहिक भोज
महोत्तरीका स्थानीय तहहरूले यो वर्ष धान दिवस मनाउन चासो नदिए पनि बर्दिबास नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान र दही चिउरा भोज गरेर असार १५ मनाएको छ ।
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशतभन्दा बढी
राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् ।
‘सुनाखरी मध्यवर्ती सामुदायिक घरबासले अपेक्षाकृत पाहुना भित्र्याउन सकेन’
पर्साको ठोरीमा गाउँपालिका-५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) प्रचार प्रसारको अभावले ओझेलमा परेको छ ।
रौतहटमा बस पल्टिँदा एकको मृत्यु, दश घाइते
रौतहटमा शनिबार बिहान यात्रुवाहक बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना. ७ ख . ८४१४ नम्बरको यात्रुवाहक बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिँदा दश जना घाइते भएका हुन् ।