• १८ असार २०८१, मङ्गलबार

ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, असार १६ गते । सर्लाहीको हरिवन नगरपालिका-१, पटौनामा आइतबार मध्यान्ह खेत जोतिरहेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ। धान रोपाइँका लागि खेत जोत्दै हिँडेको ज १ त ५७५७ नं. को ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा चालक हरिवन नगरपालिका-२, अत्रौली बस्ने ५० वर्षीय सहदेव राउतको मृत्यु भएको हो । 

खेतको आली चढाउने क्रममा ट्याक्टर पल्टिँदा चालक राउतको रोडाभेटरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । 

स्थानीयका अनुसार राउतले रोपाइँका लागि खेत जोत्ने काम धेरै पाइने भएकाले ट्याक्टर भाडामा लिएर चलाउने गर्थे ।