• १७ असार २०८१, सोमबार

रौतहटमा बस पल्टिँदा एकको मृत्यु, दश घाइते

blog

अनियन्त्रित भई पल्टिएको बस । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, असार १५ गते । रौतहटमा शनिबार बिहान यात्रुवाहक बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना. ७ ख . ८४१४ नम्बरको यात्रुवाहक बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिँदा दश जना घाइते भएका हुन् । 

बस पल्टिएर माधवनारायण नगरपालिका–३ भेलही गाउँकी १८ वर्षीय नेहा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परोहा नपा–३ तेजापाकडका देवंश कुमार दास, गौर नपा–४ का राकेश चन्द्रवंशी घाइते भएका छन् । यसैगरी सोही स्थानकी वर्ष ५ कि शिवानीकुमारी तथा वर्ष १ कि मधुकुमारी पनि घाइते भएका छन् । 

बिहारको मधुवनी बासोपटिका ४७ वर्षीय अविनाश झा उहाँकी पत्नी निकी झा, र ६५ वर्षीय सुधाना झा घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार चालक फरार रहेको र खोजी कार्य भइरहेको छ । बस निकै पुरानो भएको कारण अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।