संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान संशोधनका नाममा गणतन्त्र, सङ्घीयता र मधेशले प्राप्त गरेको अधिकारका उपलब्धिबारे प्रश्न उठाउन खोजिएमा त्यो स्वीकार्य नहुने बताउनुभएको छ ।
लड्डु बनाउँदै
महोत्तरी, पुस २९ गते । मिथिलाक्षेत्रमा माघ १ गतेका दिन मनाइने तिला सङ्क्रान्तिका लागि महोत्तरीको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा चिउरा, भुजा र तिलमा भेली हालेर लड्डु बनाउँदै महिलाहरू । यस दिनमा यहाँ घर घरमा चिउरा, भुजा र तिलको लड्डु खाने चलन छ । तस्बिरः रासस
उखु ढुवानी
सर्लाही, पुस २९ गते । सर्लाहीको हरिवन नगरपालिका–८, बासाटोलमा उखु बयलगाडामा राखेर स्थानीय इन्दुशङ्कर चिनी उद्योगमा लैजाँदै किसानहरू । तस्बिरः रासस
हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता
सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ ।
फरार अभियुक्त ४० वर्षपछि पक्राउ
सर्लाहीका एक फरार अभियुक्त ४० वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका रौतहट राजदेवी नगरपालिका –९, ब्रह्मपुरीका ५६ वर्षीय राज सिंह ४० वर्षपछि पक्राउ परेका हुन् ।
‘बैदेशिक रोजगारीमा जानुअघि जानकारी लिनुपर्छ’
वैदेशिक रोजगारीमा जाने युवाहरुले विदेश जानुअघि आफूले गर्ने कामकाज बारेमा आवश्यक परामर्श र जानकारी लिएर मात्र जान विज्ञहरुले सुझाब दिनुभएको छ ।
महोत्तरीमा धान उत्पादन बढ्यो
महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो ।
पुनः नगदेबालीको पहिचान बनाउँदै उखुखेती
उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उहाँजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएका छन् ।
नेपाल भारत सीमामा आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार [पेस्तोल] को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
महासंघका अध्यक्ष शर्मा र पूर्व अध्यक्ष झा सम्मानित
मधेश प्रदेशमा शहिद पत्रकार उमा सिंहको स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष धर्मेन्द्र झा र धनुषा शाखाका पूर्व अध्यक्ष उमेश साहलाई सम्मानित गरिएको छ ।
माघे सङ्क्रान्तिमा चिउरा, मुरही र सख्खरको व्यापार
माघे सङ्क्रान्ति नजिकिएसँगै धनुषालगायत तराई मधेशका हाटबजारमा सख्खर, तिल, चिउरा, मुरही (भुजा) को व्यापार बढेको छ । माघ १ गते मनाइने माघे सङ्क्रान्तिका दिन मधेश क्षेत्रमा सख्खर, तिल, चिउरा, मुरहीको परिकार खाने चलनले आजभोलि यसको व्यापार बढेको हो ।
जङ्गली हात्तीबाट हुने क्षति जोगाउन स्थानीय निकायसँग सहयोग माग
जङ्गली हात्तीबाट हुने क्षतिबाट जोगाउन डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिकासँग सहयोग माग गरेको छ ।
लक्ष्मीनियाँ गाउँपालिकामा हुलाक सेवा सुचारु
नेपाल सरकारको “एक पालिका, एक हुलाक’’ अवधारणालाई कार्यान्वयन गर्दै धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७, लक्ष्मीनियाँ बजारमा हुलाक कार्यालयको उद्घाटन भएको छ ।
जानकी मन्दिर
धनुषाधाम, पुस २७ गते । भारतको अयोध्यास्थित श्रीराम मन्दिरको प्राणप्रतिष्ठाको वर्षगाँठका अवसरमा यहाँ आज शनिबार आयोजना गरिने दीपोत्सवका लागि सरसफाइ गरिएको जानकी मन्दिर । तस्बिरः रासस
समुदायको आवाज बुलन्द पार्दै दलित महिला सांसद
मधेश प्रदेश सभामा दलित महिला सदस्यको प्रतिनिधित्व भएपछि दलित समुदायको आवाज संसद्मा बुलन्द रूपमा उठ्न थालेको छ । विगत ३५ वर्षदेखि सुँडिनीका रू
महालक्ष्मी चिनी उद्योग
सर्लाही, पुस २७ गते । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योग र उद्योगमा ट्याक्टरमा ल्याइएका उखु । तस्बिरः रासस
उखुको पत्कर जलाउँदा छिमेकीको उखु जल्यो
सर्लाहीको सीमावर्ती क्षेत्रस्थित बलरामा शुक्रबार दिउँसो एक जना किसानले आफ्नो खेतमा काटिसकेको उखुको पत्कर (पात) जलाउँदा छिमेकीको खेतमा काट्न बाँकी रहेको उखु जलेर नष्ट भएको छ ।
गण्डक नहरमा पानी भरिएपछि सिँचाइमा सहज
पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा यस वर्ष पुस १५ गतेदेखि नै भारतले पानी छाडेपछि करिब १८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिँचाइ सहज भएको छ ।
संघीयतामाथि प्रश्न उठाउनु गलत : गृहमन्त्री लेखी
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघीयतामाथि प्रश्न उठाउनु गलत भएको बताउनुभएको छ। उहाँले संघीयतामाथि प्रश्न उठ्यो भने संविधानमाथि नै प्रश्न उठ्ने भएकोले संघीयतामाथि प्रश्न उठाउनु जायज नभएको बताउनुभयो।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
बालिकालाई जबरजस्ती करण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले एक जनालाई नियन्त्रणमा लिएको छ ।
'सङ्घीयताले पहुँच र प्रतिनिधित्व बढाउँछ'
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सङ्घीयताकै कारण जनताहरुले सिंहदरबारबाट पाउने सेवाहरु आफ्नै गाउँठाउँबाट पाइरहेको बताउनुभएको छ ।
उपभोक्ता समितिमार्फत निर्माण कार्य नगराउन व्यवसायीको माग
निर्माण व्यवसायी सङ्घ धनुषाले उपभोक्ता समितिमार्फत् निर्माणका कामहरु नगराउन मधेश प्रदेश सरकारसँग माग गरेको छ ।
छुट्टाछ्ट्टै दुर्घटनामा पाँच घाइते
बर्दीबासको छुट्टाछुट्टै तीन ठाँउमा भएको मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
मधेशमा धान उत्पादन वृद्धि
मधेश प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।