आज मधेस प्रदेश सभाको अधिवेशन
आज दिउँसो १ बजेदेखि मधेस प्रदेश सभाको चौथो अधिवेशनको बैठक बस्दै छ ।
घाम लागेपछि मध्य तराईमा राहत
बारा, पर्सा र रौतहटमा सोमबार घाम लागेको छ । घाम लागेछि सर्वसाधारणको दैनिकी राम्रो बनेको छ । करिब दुई साताअघि सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको थियो ।
'इजोरिया' सार्वजनिक
चेतना अभावमा शिक्षाबाट वञ्चित समुदायलाई शिक्षामा पहुँच पुर्याउने उद्देश्यले मैथिली भाषामा निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।
चल्यो शीतलहर,जताततै दाउराको माग
मधेश प्रदेशका जिल्लामा शीतलहर चल्दा अत्यधिक चिसो बढेको छ । बिहानबेलुका बाक्लो हुस्सु, शीतलहर चल्दा चिसोबाट जोगिन स्थानीय बासिन्दाले दाउराको माग गर्न थालेका छन् ।
बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु
वीरगञ्ज महानगरपालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ ।
चिसोले जनजीवन प्रभावित
लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् ।
ठगी धन्दामा लागेका रजक पक्राउ
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका –७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजकले पैसा डबल गर्ने धन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
चिसाे बढेपछि दाउराको माग बढ्याे
शीतलहरसँगै बढेको अत्यधिक चिसोबाट बच्नका लागि आगो ताप्न दाउराको व्यवस्था नहुनाले सर्वसाधारणलाई समस्या भएको छ ।
जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको छ ।
जय ट्रफी दुई दिवसीय क्रिकेट सुरु
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आजबाट सुरु भएको छ ।
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
पाँच हजार विद्यार्थीलाई ट्राफिक प्रशिक्षण
सडक असुरक्षा न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय बर्दीबासले प्रशिक्षण अभियान सुरु गरेको छ । यस अभियानमा नगर क्षेत्रका २३ वटा माध्यमिक विद्यालयका पाँच हजार ७० जनालाई समेटिएको छ । बर्दीबास ट्राफिकको यो महìवाकाङ्क्षी अभियानमा विद्यार्थीसाथ उनका अभिभावक, स्थानीय जनप्रतिनिधि, शिक्षक र कर्मचारीलाई समेत सहभागी गराइने तालिका रहेको छ ।
शीतलहरपीडितलाई सेनाको सहयोग
मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् ।
माझी बस्तीका वीरबहादुरसँग मुख्यमन्त्रीको फोन संवाद
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नवजात शिशुको मृत्यु हुने गरेको पीडामा रहेका मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलका कृष्णबहादुर माझीसँग फोन संवाद गर्नुभएको छ।
उखु बारीबाट इँटा व्यवसायीको शव बरामद
सर्लाहीको हरिवनमा एक जना इँटा व्यवसायीको हत्या भएको खबर छ । हरिवन नगरपालिका –१०, इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको हत्या भएको प्रहरीको भनाइ छ ।
स्थानीय तहमा हुने विवाद समाधानका लागि आयोगको प्रशिक्षण
मधेशी आयोग नेपालले धनुषाको विभिन्न पालिकाका न्यायिक समितिका पदाअधिकारी र प्रहरी इन्चार्जलाई स्थानीय तहमा हुने विवाद समाधानका लागि एक दिने प्रशिक्षण दिएको छ।
क्रिकेटर आरिफ र आशिफ विवाह बन्धनमा
नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिनु भएको छ ।
जय ट्रफीलाई लिएर क्रिकेटप्रेमी उत्साहित
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगङ्जमा सुरु हुँदैछ ।
लोकतन्त्र सुदृढ बनाउन संविधान संशोधन आवश्यक
उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंहले जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । उहाँले जनताको अधिकारको रक्षा र लोकतन्त्रलाई थप सुदृढ बनाउन पनि संविधान संशोधन आवश्यक भएको धारणा राख्नुभयो ।
आगो ताप्दै
पर्सा, पुस २० गते । वीरगञ्जमा बाक्लो हुस्सु र तुवाँलोका कारण जाडो बढेसँगै सडक किनारामा आगो ताप्दै सर्वसाधारण । तस्बिरः रासस
मडाहामा क्रसर माफियाको रजाइँ, अवैध उत्खनन हुँदा प्रशासन मौन
महोत्तरीको गौशाला नगरपालिका १० स्थित मडाहा खोलामा क्रसर माफियाले मनपरी उत्खनन गरेका छन् । नगरपालिका मातहतमा रहेका खोलाहरू अहिलेसम्म ठेक्का लागेका छैनन् । तथापि मडाहा खोलामा अहिले क्रसर माफियाको रजाइँ चलेको छ । हुल्याहा समूहको आडमा रातको बिचमा मनलाग्दी खोला उत्खनन गरेको पाइएको छ ।
लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत
चालु आर्थिक वर्ष २०८१–०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाकोे पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्रै भएको छ । शुक्रबार नगरपालिकाको १५औँ हिउँदे नगरसभामा नगरप्रमुख महेशप्रसाद चौधरीले १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा गर्दै उक्त विवरण प्रस्तुत गर्नुभएको हो ।
आलुखेतीमा विषादी छर्कँदै
सर्लाहीको बरहथवा नगरपालिका–४, नयाँ टोलमा किसान राजेश बैठा आलुखेतीमा विषादी छर्कँदै । बढ्दो चिसो र कुहिरोको कारण तरकारीबालीमा क्षति पुग्न थालेको किसान बताउँछन् ।
लोकनृत्यमा देवीदेवताको चर्चा
तीन दशकअघि मधेशका गाउँसहरमा रामलीला, रासलीलालगायत नाटक मञ्चन हुन्थ्यो ।