पर्यटकलाई स्वागत गर्न पोखरिया ताल
मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकसित भइरहेको धनुषाको ढल्केबरस्थित पोखरिया तालमा इस्वी सम्वतको नयाँ वर्ष २०२५ को अवसमा पिकनिक तथा घुम्न आउने पर्यटकको सुविधाका लागि विभिन्न तयारी गरिएको छ ।
मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
डुङ्गा सयर गर्दै
सप्तरी, पुस १६ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित सखडामा रहेको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र मन्दिर परिसरमा रहेको पाेखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्बिरः रासस
साइबर सुरक्षा र एआईसम्बन्धी अभिमुखीकरण
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले वर्तमान व्यवस्था ल्याउनुमा सञ्चारकर्मीको अग्रणी भूमिका रहेको बताउनुभएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा सोमबार यहाँ
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताउनुभयो ।
ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
नयाँरोड–मधुवनी सडक अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया शान्ति चोकमा सोमबार राति उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
पत्रकारिता क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारिता क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आजको परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण : मन्त्री लेखी
मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले वर्तमान लोकतान्त्रिक व्यवस्था ल्याउनुमा सञ्चारकर्मीको अग्रणी भूमिका रहेको बताउनुभएको छ ।
वीरगञ्ज महानगरद्वारा बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’
वीरगञ्ज महानगरले घण्टाघरचोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई सात दिनभित्र खाली गर्न दोस्रोपटक ‘अल्टिमेटम’ दिएको छ ।
तराईमा शीतलहर : विपद् पूर्वतयारी कमजोर
धनुषा लगायत तराईका जिल्लामा सोमबारदेखि शीतलहर चल्न थालेपछि चिसो बढेको छ ।
रौतहटको दलितबस्तीमा आगलागी : सात घर जलेर नष्ट
रौतहटको राजदेवी नगरपालिका–५ को एक दलितबस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ । स्थानीय जगरनाथ पासवानको घरमा सल्किएको आगोले पालिकाको पताही गाउँमा रहेको दलितबस्तीको सात घर खरानी बनाएको हो ।
दुधमती नदी नक्साङ्कन सुरु
धनुषा र महोत्तरीमा पर्ने दुधमती नदीको नक्साङ्कनको कार्य आइतबारदेखि सुरु भएको छ । मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा
लहानमा अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या
व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जभाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।
व्यापारीले यसरी सङ्कलन गर्छन् गोलभेँडा
सर्लाहीको हरिवनस्थित तिनघरे लच्कामा रहेको गोलभेँडा सङ्कलन केन्द्रमा किसानबाट खरिद गरेर अन्यत्र निकासका लागि क्यारेटमा राखिएको स्थानीय जातको गोलभेँडा ।
इनरुवालाई कबड्डीे उपाधि
सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा सम्पन्न भएको स्थानीय स्तरको कबड्डी प्रतियोगिताको उपाधि इनरुवा टिमले हात पारेको छ ।
एनपिएल विजेता जनकपुरलाई गौरमा स्वागत
रौतहट जिल्लाको सदरमुककाम गौरमा नेपाली प्रिमियर लिग (एनपिएल) विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई भव्य स्वागत गरिएको छ ।
‘अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक’
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओली पर्सामा
प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाललगायतलाई आइतबार एमालेमा प्रवेश गराउनुभएको छ ।
पर्सागढीलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने
पर्सागढीलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने भएको छ ।
जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्।
उखु किसानको २५ करोड भुक्तानी
उखुको खरिद प्रक्रिया र भुक्तानीको विषयलाई लिएर अन्य जिल्लामा किसान र उद्योगिबिच विवाद चुलिएको बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उखुको भुक्तानी दिन सुरु गरेको छ ।
'वर्तमान सरकारलाई असफल हुने छुट छैन'
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्व कायम गर्न दुई ठुला दलबिच गठबन्धन गरिएको बताउनुभएको छ।
सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताउनुभएको छ ।
पराल बिक्री नहुँदा किसान चिन्तित
केही दशकअघि धान काटिसकेपछि पराल खरिदबिक्री हुने गथ्र्याे । केही वर्षयता किसानले ट्याक्टरले खेतीपाती गर्न थालेपछि परालको खरिदबिक्री नहुँदा