स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न किशोरीहरुको माग
धनुषाको जनकनन्दनी गाउँपालिकाका किशोरीले सामाजिक सरोकारका मुद्दाहरु उठान गरी स्थानीय सरकारसँग सम्बोधन गराउन पहल सुरु गरेका छन् ।
सिराहा कारागार प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन
सिराहा कारागार प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले झण्डै डेढ महिनापछि अनुसन्धान प्रतिवेदन बुझाएको छ । समितिले गत बिहीबार नै प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाएको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी रवीन्द्रकुमार महतले जानकारी दिनुभयो ।
विद्युत र इन्टरनेटका तार स्तरोन्नतिले कार्यालयका कामकाज प्रभावित
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालयलगायतका अन्य कार्यालयहरुमा आइतबार कामकाज ठप्प जस्तै भएको छ । बिजुली र इन्टरनेटको तार व्यवस्थित गर्नुपर्ने कारण जलेश्वरका अधिकांश कार्यलयहरुमा कामकाज प्रभावित बनेको हो ।
किशोरी शिक्षित भएमात्र समाज परिवर्तन हुन्छ
मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिबारीले किशोरीहरु शिक्षित भएमात्र समाज परिवर्तन हुने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभएको छ ।
छुट्टै विद्यालयका लागि नीति निर्माण गर्न माग
मधेश प्रदेशको जिल्लामा अपाङ्गता भएका बालबालिकाको पठनपाठनका लागि छुट्टै विद्यालय हुनुपर्ने नीति निर्माण गर्न माग गरिएको छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी मूल नारासाथ राष्ट्रिय बाल अधिकार परिषदले सेभ द चिल्ड्रेनको सहयोग र एकीकृत हातेमालो समाज नेपालको समन्वयमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार कार्यक्रम आयोजना गरिएको हो ।
जनकपुरको जितमा जनकपुरधाममा उत्सव
भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) खेलको उपाधि जनकपुर बोल्ट्सले पाएपछि उत्सवमय माहोल बनेको छ।
ढुङ्गा प्रहारबाट घाइते वृद्धाको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घाइते ६५ वर्षीया विष्णुुमाया बोम्जनको आइतबार बिहान मृत्युु भएको हो ।
जसका दुवै सन्तान ‘एनपिएल’का विजेता र उपविजेता बने
वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुनुहुन्छ, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुनुहुन्छ ।
लहानमा बालश्रमिकको सङ्ख्या बढ्दो
लहानमा दलित विपन्न बालबालिकाहरु बालश्रमिक भएर काम गरिरहेको यत्रतत्र देखिएपनि यसलाई रोक्न कुनै पहल हुन नसकिरहेकोमा अधिकारकर्मीहरुले चिन्ता जनाएका छन्।
सप्तरीमा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई मधेस प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सम्मान गर्नुभएको छ ।
एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा
जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् ।
श्रम सम्झौता नहुँदा समस्यामा मजदुर
नेपालीका लागि रोजगारको प्रमुख गन्तव्य भारत पनि हो । तराई मधेशका जनताका लागि छिमेकी राष्ट्र छिमेकी गाउँ जस्तो भएको छ । जहाँ न भिसाको झन्झट हुन्छ न कुनै ठुलो रकम नै जोहो गर्नुपर्ने हुन्छ ।
एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताउनुभएको छ । उहाँले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको उल्लेख गर्नुभएको छ ।
महिलालाई गोबरको गुुइँठा बनाउने चटारो
तराई मधेशका ग्रामीण महिलालाई अहिले गोबरको गुुइँठा बनाउन भ्याइनभ्याइ रहेको छ । गाउँ–गाउँमा एलपी ग्याँसको सहज पहुँच पुुगे पनि बैकल्पिक इन्धनको रुपमा गोबरको गुुइँठा प्रयोग गर्नेक्रम अझै कायमै रहेको छ ।
सडकमा धान दाइ गर्दा जोखिम
रौतहट जिल्लाको विभिन्न सडकखण्डमा किसानले सडकमै धान मेसिनले दाइ गरेका कारण आवतजावत गर्ने सर्वसाधारण मारमा परेका छन् ।
सिरहामा ८७ वटा मानव अधिकार उल्लङ्घनका घटना
अनौपचारिक सेवा केन्द्र सिरहाले सिरहामा एक वर्षमा ८७ वटा मानव अधिकार घटनाहरु घटेको तथ्याङ्क एक कार्यक्रमको बिच सार्वजानिक गरेको छ । २०८० पुस १७ देखि २०८१ मङ्सिरसम्म सिरहा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाहरु उल्लेख रहेको इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले वितरण गरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
मुआब्जा विवाद नसुल्झिदा रेलवे ट्रयाक निर्माण कार्य अघि बढ्न सकेन
मुआब्जा विवाद नसुल्झिएका कारण रौतहटको बागमती नदीदेखि पश्चिम धन्सार नदीसम्मको रेलवे ट्रयाक निर्माण अघि बढ्न सकेको छैन । रौतहटको सीमाक्षेत्र भित्र रहेको तीन स्थानको ऐलानी र एक स्थानको निजी जमिनको मुआब्जा विवाद दुई वर्षदेखि कायमै रहँदा मेची–महाकाली विद्युतीय रेल्वे आयोजनाको रेलवे ट्रयाक निर्माण अघि बढ्न नसकेको हो ।
महोत्तरीमा एक वृद्धको हत्या
महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर ४ साँढा टोलमा डकैतहरुको समूहले एक वृद्धको हत्या गरेको छ । शनिबार बिहान ४ बजेको समयमा फलामे रड र धारिलो हतियार लिएर घर प्रवेश गरेको एक समूहले सोही नगरपालिकाको साँढा टोल बस्ने ७० वर्षीय सुशिल झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता समेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुन्तलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
डाँका समूहले गरे झाको हत्या
महोत्तरीमा डाँका समूहले एक जनाको हत्या गरेको छ । जिल्लाको मनरासिश्वा नगरपालिका वडा नं. ४ साँढामा गए राती डकैत समूह घर प्रवेश गरेपछि प्रतिकारका क्रममा ७० वर्षीय सुशील झालाई हत्या गरेको प्रहरीले जनाएको छ ।
कलेजका लागि नगरपालिकाले जग्गा दिने
मधेश कृषि विश्वविद्यालयले बर्दीबासमा पशु सङ्काय स्थापना गर्ने भएको छ । विसं २०७८ मङ्सिरमा स्थापना भएको यस विश्वविद्यालय अन्तर्गत कृषि, पशु स्वास्थ्य तथा पशु विज्ञान, मत्स्य विज्ञान, खा
जनचेतना जगाउन सडक नाटक
व्यक्तिगत घटना अन्तर्गत जन्मदर्तासम्बन्धी जनचेतनाका लागि जनकपुरका मैथिली भाषा अभियानी कलाकारहरुद्वारा लहानमा सडक नाटक गरिएको छ ।
किसानलाई अनुदानमा गहुँको बीउ वितरण
गहुँखेती लाउने समय घर्कँदै जाँदा बीउ नपाएर हैरान भएका महोत्तरीका केही भेगका किसानलाई राहत मिलेको छ ।
‘कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता’
सिराहाको अर्नमा गाउँपालिका साबिकको महनौर, गौरीपुर र कृष्णपुर गाउँ विकास समिति समेटिएर बनेको गाउँपालिका हो । यो गाउँपालिका ३७.७६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पाँच वटा वडा रहेको यस गाउँपालि
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, दुई जना घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।