• ७ पुस २०८१, आइतबार

सप्तरीमा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

blog

नेपाल पत्रकार महासंघसप्तरीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरयिो । तस्बिर : देवरामप्रसाद यादव

देवराम प्रसाद यादव

सप्तरी, पुस ७ गते । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई मधेस प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सम्मान गर्नुभएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबिच महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई मन्त्री यादवले सम्मान गर्नुभएको हो।

नेपाल पत्रकार महासंघको मङ्सिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय सदस्य ललिता कुमारी साह, जिल्ला शाखा अध्यक्ष श्रवण कुमार देव, उपाध्यक्ष सुधा देव, कोषाध्यक्ष नवीन कुमार गुप्ता, कार्यसमिति सदस्य बृजमान तामाङ, रक्षा चौधरी, अरुण कुमार यादव, परिष कुमार कर्ण, रामनारायण यादव, नर्मदेव यादवलाई माला तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

यसैगरी राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, प्रदेश परिषद सदस्य गणेशलाल देव, नरेश कुमार चौधरी, शैलेन्द्र झा, लगायतलाई मन्त्री यादवले टीका, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

मन्त्री यादवले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिंदै पत्रकारहरुको पेशागत सुरक्षा र पत्रकारिता क्षेत्रको समग्र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको विकास तथा समृद्धिका लागि पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने समेत प्रसतबद्घा व्यक्त गर्नुभयो। 

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले पत्रकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारहरुको क्षमता विकास तथा संस्थागत विकासमा सहयोगका लागि आग्रह गर्नुभयो।  

आर्थिक अभावका कारण मुलधारका मिडियाहरु धारासायी बन्दै गएको स्मरण गराउँदै अध्यक्ष देवले प्रदेश सरकार तथा स्थानीय सरकारले दिने विज्ञापनका लागि आवश्यक पहल गरिदिन मन्त्री यादवको ध्यानाकर्षण समेत गराउनुभयो  ।