जनार्जन खत्री
सर्लाही, पुस ७ गते । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घाइते ६५ वर्षीया विष्णुुमाया बोम्जनको आइतबार बिहान मृत्युु भएको हो । बोम्जनको उपचारको क्रममा लालबन्दी बजारस्थित म्याक्स अस्पतालमा मृत्युु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
उहाँलाई गत मङ्सिर २७ गते राति घरनजिक भएको झगडामा संलग्न व्यक्तिलाई छुटाउन जाँदा ईश्वरपुर नगरपालिका –१२, घारिबथानका वीरबहादुर मोक्तानले प्रहार गरेको ढुुङ्गा लागेर टाउकोमा गहिरो चोट भएको थियो । सोही दिन लालबन्दी १५ को तल्लो देउरालीमा विवाह भोज खाएर फर्किएका वीरबहादुर र अन्य व्यक्तिबिच विवाद भएपछि वृद्धा विष्णुुमाया घरबाट निस्किएर विवाद भएको ठाउँमा पुुग्दा घटना भएको थियो ।
स्थानीयका अनुसार विवाह भोजबाट फर्किएका वीरबहादुर मदिरा सेवनबाट मात्तिएका थिए । ढुुङ्गा प्रहार गर्ने मोक्तानलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । वीरबहादुर नातामा मृतक विष्णुमायाको ज्वाइँ पर्छन् ।
ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको मोक्तानमाथि वृद्धाको मृत्यु भएपछि अब कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुुभयो । मृतक वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरी निरीक्षक पाठकले बताउनुुभयो ।