सप्तरीमा मलखादको कालोबजारीविरुद्ध प्रदर्शन
सप्तरीको राजविराजमा बिहीबार मलखादमा भएको कालोबजारी विरुद्ध प्रदर्शन भएको छ। जनमत पार्टीका नेता, कार्यकर्ताले कृषि औजारसहित राजविराज खाद डिलरको कालोबजारी विरुद्ध विरोध प्रदर्शन गरेको हो।
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उहाँको उपचारका क्रममा आज निधन भएको उहाँका भतिजा नरेश झाले जानकारी दिनुभयो ।
आगलागीमा परी १० लाखभन्दाच बढीको क्षति
विद्युत् सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका–१ स्थित औरहीबजारमा १० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा मृत्यु
वीपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ ।
सुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता
सिराहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नाराका साथ यही पुस ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
अघि बढाइँदै कमला उकास क्षेत्र परियोजना
पूर्वपश्चिम हुलाकी मार्ग अन्तर्गत कमला नदीमा प्रत्येक वर्ष वर्षामा बाढी आउने गर्दछ । २०६३ सालमा आएको बाढीले दिएको पीडा अझै बिर्सिएको छैन । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विनयकुमार कर्णले यो अवधिमा धान, गहुँ र तरकारीको औषत मूल्य अनु्सार कुल नौ खर्ब ७६ अर्ब ७७ करोड २८ लाख रुपियाँ बराबरको मूल्य गुमेको हिसाब देखाउनुभयो ।
किसानलाई ५५ थान फलामको हलो वितरण
सर्लाहीको बरहथवा नगरपालिका–९, मुर्तियामा वडा कार्यालयले किसानलाई फलामको हलो वितरण गरेको छ ।
बिचौलिया रोक्न उखुको तौल गर्न निषेध
सर्लाहीका तीन वटा पालिकामा उखु सङ्कलनका लागि तौल काँटा राख्न निषेध गरिएको छ ।
सुस्तायो राँगाभैँसी व्यापार
कुनै बेला फस्टाउँदै गएको राँगाभैँसीको व्यापार अहिले सुस्त बन्दै गएको छ ।
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा अस्पताललाई रू एक करोड ६० लाख मूल्य बराबरको विभिन्न उपकरण हस्तान्तरण गरिएको हो ।
बागमतीको क्षेत्रीय सडक कालोपत्रे, स्थानीय खुसी
सर्लाहीको बागमतीमा लामो समयदेखि जीर्ण अवस्थामा रहेको क्षेत्रीय सडक कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् ।
नगदे बाली सुर्तीखेती
पर्सा, पुस ३ गते । पर्साको ठोरी गाउँपालिकास्थित विजयवस्तीको सुर्ती खेती र किनारामा तोरीखेती । नगदे बाली भएकाले यहाँका किसानले वर्षमा दुईपटक सुर्तीखेती गर्दछन् । तस्बिरः रासस
पोखरीमा माछा मार्दै
जलेश्वर, पुस ३ गते । महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित गोतमान पोखरीमा जाल हालेर माछा मार्दै माझीहरू । तस्बिरः रासस
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ ।
सुक्खाबन्दरगाह भन्सार : राजस्व सङ्कलनमा कम
वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
किसानलाई अनुदानमा गहुँको बिउँ
बर्दीबास नगरपालिकाले स्थानीय कृषकलाई सहुलियत दरमा गहुँको बिउँ वितरण गरेको छ ।
हत्या आरोपमा दुई महिनापछि प्रेमी पक्राउ
पक्राउ पर्नेमा सर्लाही जिल्लाको चक्रघाटा गाउँपालिका ९ कोरिया बस्ने वर्ष २५ को मन्दिपकुमार यादव छन् ।
सप्तरीको राजविराज-रुपनी र कठौना-पातो सडकखण्ड अवरुद्ध
सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित राजविराज–रुपनी र कठौना–पातो सडकखण्डमा मङ्गलबार चक्काजाम गरिएको छ।
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा सम्लग्न भारतीय डाँका सिराहाबाट पक्राउ परेका छन् । प्रहरीले शनिबार सिरहास्थित नेपालभारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो ।
‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
पर्याप्त उखु नपुग्दा जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग र रामनगर चिनी मिलमा उखु पेल्ने (क्रसिङ) प्रभावित भएको छ ।
शिवसताक्षीका चार वडालाई 'नुनिया धानको पकेट क्षेत्र' घोषणा
परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ ।
विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा
यहाँस्थित बागमती नगरपालिकामा जन्मोत्सव र विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको छ ।
भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउनु पर्छः मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
आगलागीले चार कठ्ठाको उखुुबाली जलेर नष्ट
सर्लाहीको चन्द्रनगरमा एक किसानले आफ्नो खेतमा काटिसकेको उखुको पत्कर जलाउँदा सँधियारको काट्न बाँकी रहेको उखुबाली जलेर नष्ट भएको छ ।