• ४ पुस २०८१, बिहिबार

किसानलाई ५५ थान फलामको हलो वितरण

blog

किसानलाई फलामको हलो हस्तान्तरण गर्दै वडाध्यक्ष तुलसी लुुईटेल । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, पुस ४ गते । सर्लाहीको बरहथवा नगरपालिका–९, मुर्तियामा वडा कार्यालयले किसानलाई फलामको हलो वितरण गरेको छ । 

व्यावसायिक मकै खेती हुने मुर्तिया क्षेत्रका किसानलाई मकै बालीमा माटो चढाउनका लागि सहज होस् भनी वडा कार्यालयले पूर्ण अनुदानमा फलामको हलो वितरण गरेको हो । मकै खेती गर्ने किसानका लागि यो वर्ष ५५ थान फलामको हलो निःशुल्क वितरण गरिएको बरहथवा ९ का वडाध्यक्ष तुलसी लुुइँटेलले जानकारी दिनुभयो । 

मुर्तियामा एक हजार घरधुरी किसान छन् । तत्काल ५५ थान फलामको हलोबाट आलोपाले गरी मकैमा माटो चढाउने काम गर्न आग्रह गरिएको वडाध्यक्ष लुुइँटेलले बताउनुभयो ।

उहाँका अनुसार आगामी वर्षहरूमा पनि हलो वितरण कार्यलाई निरन्तरता दिइनेछ । एक बिघा मकैमा माटो चढाउनुपर्दा १० जनाभन्दा बढी जन लाग्ने गरेकोमा फलामको हलोबाट दुई जना भएर एकै दिनमा माटो चढाएर सकिने बताइएको छ ।