• २३ पुस २०८१, मङ्गलबार

ठगी धन्दामा लागेका रजक पक्राउ

blog

पक्राउ परेका रामबहादुर रजक ।

देवरामप्रसाद यादव

सप्तरी, पुस २१ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका –७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजकले पैसा डबल गर्ने धन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

पैसा डबल गरिदिने लोभ देखाउँदै दर्जनौं ब्यक्तिबाट करोडौं ठगी गरेको आरोपमा उनलाई आइतबार सप्तरी प्रहरीले पक्राउ गरेको हो । उनलाई आइतबार घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

उहाँविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । वर्षौदेखि ठगी धन्दामा संलग्न भएको भन्दै गुनासो र उजुरी समेत परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।