• २० असार २०८१, बिहिबार

पोखरीमा डुबेर दुई बालकको मृत्यु

blog

सिरहा, असार १८ गते । सिरहाको नरहा गाउँपालिका-३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय राहुल मण्डल र करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभयो । रासस