हात्ती आतङ्कः दिगो समाधानको प्रतीक्षामा किसान
जङ्गली हात्तीको विध्वंशले रौतहटका किसानहरू प्रताडित छन् । गत असार महिनादेखि जङ्गली हात्ती रौतहटको चन्द्रपुर, वृन्दावन, गुजारा र फतुवा विजयपुर नगरपालिकाको जङ्गल नजिकैको गाउँमा बसिरहेका छन् ।
छिरेश्वरनाथ नगरपालिकाका १४० परिवारलाई लालपुर्जा वितरण
धनुषाको छिरेश्वरनाथ नगरपालिकामा एक सय ४० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।
यात्रुवाहक बसमा एक पुरुषको शव फेला
काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रीवाहक बसमा एक जना पुरुषको शव फेला परेको छ ।मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।
काउली बिक्रीका लागि वीरगञ्ज ल्याउँदै
पर्सा, माघ १५ गते । बाराको फेटा गाउँपालिकाका किसानले उत्पादन गरेको काउली बिक्री गर्नका लागि साइकलममा राखेर वीरगञ्ज ल्याउँदै । त्यहाँ उत्पादन भएको काउली वीरगञ्जमा प्रतिकिलो १० रुपियाँमा बिक्री हुने बताउँछन् । तस्बिरः रासस
बोलबम यात्रा गर्दै भक्तजन
महोत्तरी, माघ १५ गते । महोत्तरीको सदरमुकाम जलेश्वरबाट ३६० किलोमिटर टाढा रहेको भारतको झारखण्ड राज्यको देवघर जिल्लास्थित बाबा बैद्यनाथको पूजाअर्चनाका लागि बोलबम यात्रा गर्दै भक्तजनहरू । यहाँबाट प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजनहरू बाबाधाम जाने गर्दछन् । भक्तजनहरूले आउँदो श्रीपञ्चमीका दिन दर्शन, पूजा गर्नेछन् । तस्बिरः रासस
लहानमा कुहिरो
सिराहा, माघ १५ गते । सिराहाको लहानमा मङ्गलबार बिहान लागेको कुहिरो । बाक्लो हुस्सु र कुहिरोले यहाँको जनजीवन प्रभावित भएको छ । तस्बिरः रासस
सहिद सूर्यनाथ अस्पताल सञ्चालनको माग
धनुषाको सहिदनगर नगरपालिका–८, डुमरियामा नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको सहिद सूर्यनाथ राण स्मृति अस्पताल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
‘नेपाल र भारतबीच सद्भाव र आत्मीयता छ’
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध रहेको बताउनुभएको छ ।
मिटरब्याज पीडितद्वारा जनजागरण अभियान सुरु
मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि सडक अवरुद्ध गर्दै जनजागरण अभियान सुरु गरेको हो ।
वीरगन्जमा ५० लाखभन्दा बढीको सामान बरामद
भन्सार छलेर नेपाल ल्याई अवैध रूपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपियाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामानहरु सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले माघ १४ गते छापा मारेर बरामद गरेको छ ।
निष्पक्ष भएर सुकुम्वासी समस्या हल गर्छु : भूमि आयोग महोत्तरीका अध्यक्ष
राष्ट्रिय भूमि आयोग महोत्तरीको अध्यक्ष पदमा चयन हुनुभएका पिताम्बर महतोले पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष महतोलाई मधेश प्रदेश सरकारका शिक्षा, संस्कृति मन्त्री रानी शर्मा तिवारीले एक कार्यक्रमबिच पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण कार्यक्रममा उहाँले महोत्तरीका सुकुम्वासीको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अवैध उत्खनन रोक्न प्रहरी सक्रिय
धनुषा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न चोरबाटोहरू बन्द गरेको छ । नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गरिने विभिन्न चोरबाटो जेसिबी मेसिनले खनेर बन्द गरिएको प्रहरीले जनाएको छ ।
पर्साका १२ जनाले गरे नागरिकता परित्याग
पर्सा जिल्लामा १२ जनाले आफूले लिएको नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेका छन् । चालू आर्थिक बर्ष २०८१–८२ को पहिलो ६ महिनामा १२ जनाले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेका हुन् ।
माओवादी केन्द्रद्वारा वन कार्यालयमा धर्ना
नेकपा (माओवादी केन्द्र) सर्लाहीले आइतबार डिभिजन वन कार्यालयमा धर्ना दिएको छ । बागमती नगरपालिका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान लगायतलाई झुठा वन मुद्दा दायर गरेर फसाउने षडयन्त्र भएको आरोप लगाउँदै माओवादी केन्द्रले लालबन्दीस्थित वन कार्यालयमा धर्ना दिएको हो ।
सरकार मुलुकको सङ्कट समाधानमा केन्द्रित छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले दुई ठुला पार्टी मिलेर बनेको सरकार मुलुकमा सङ्कट समाधानका लागि गठन भएको बताउनुभएको छ।
महोत्तरीमा कुष्ठरोगी बढ्दै
नेपालसमेत विश्वभर आज (आइतवार) ७२ औं कुष्ठ रोग दिवस मनाउँदै गर्दा महोत्तरीमा रोगीकाे संख्या बढ्दाे छ ।
शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।
दुई मुख्य दलबीचको सहकार्य मजबुत छः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको बताउनुभएको छ ।
वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो
वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु. २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
श्रीमतीको हत्या आरोपित पक्राउ
धनुषा प्रहरीले श्रीमतीको हत्या आरोपमा धनुषाधाम नगरपालिका–५ का ३३ वर्षीय देवलाल ठाकुरलाई पक्राउ गरेको छ।
छ महिनामा गौर भन्सारद्वारा १४ करोड राजस्व सङ्कलन
गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् ।
चन्द्रपुर र गुजरा जोड्ने लमाहा खोलाको पुल निर्माण अधुराे
ठेकदारको लापरवाही र ठेक्का प्रदायक संस्थाको उदासिनताको कारण चन्द्रपुर र गुजरा नगरपालिका जोड्ने लमाहा खोलाको पक्की पुल एक दशक बित्न लाग्दा पनि अधुरो अवस्थामा छ ।
वर्तमान सरकारको विकल्पको कल्पना गर्न नसकिने : मन्त्री भण्डारी
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वर्तमान सरकारको विकल्पको कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।