सरकार अनौठो र बलियो : खनाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ठुला नेताको बुद्धि नफेरिएसम्म देशमा वामपन्थी सरकार बन्न नसक्ने बताउनुभएको छ ।
किसान सूचीकरण कार्यक्रममा सहभागी हुन आग्रह
मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले किसानको पहिचान कायम गर्न सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रममा सहभागी हुन मधेश प्रदेशका किसानलाई आग्रह गर्नुभएको छ ।
‘मानव अधिकारको संरक्षणमा आयोग क्रियाशील छ’
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण, सम्बर्धन र प्रबर्धनका लागि आयोग क्रियाशील रहेको बताउनुभएको छ ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ।सगरमाथा चौधरी आँखा अस्पताल लहानको ४२ औं वार्षिकोत्स समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।
मन्दिरमा दान पेटिका राखिएपछि पुजारी असन्तुष्ट
धनुषाको धनुषाधामस्थित प्रसिद्ध धनुष मन्दिरमा दान पेटिका राखिएपछि त्यहाँका पुजारी असन्तुष्ट बन्नुभएको छ । गत शनिबार मेला व्यवस्थापन समितिको पहलमा मन्दिरमा पहिलो पटक दानपेटिका स्थापना गरेको थियो ।
गोडैतामा १६ कोठे विद्यालय भवन
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिका –१२, मधुवनीमा १६ कोठे विद्यालय भवन निर्माण गरिएको छ । सङ्घीय सरकार र गोडैता नगरपालिकाको संयुक्त लगानीमा समपुरक अनुदान अन्तर्गत बैजनाथ माध्यमिक विद्यालयमा दुुई करोड ८० लाख ८६ हजार ९५० रुपियाँ खर्चिएर दुुई तले १६ कोठे भवन तयार पारिएको हो ।
सवारी दुर्घटनामा शिक्षकको मृत्यु
मिथिला नगरपालिका–४, पुष्पवलपुरका पूर्णबहादुर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
‘एचपिभी खोप’ अभियान : खोपस्थलमा न्यूनतम सावधानीअपनाइएन
जिल्ला प्रशासन कार्यालयले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ ।
बाग्मती पुलको बिम चर्किएपछि मर्मत थालियो
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको बाग्मती नदीको पुल मर्मत थालिएको छ ।
सप्तरीमा चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ ।
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उहाँले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गर्नुभएको छ ।
किशोरीहरुद्वारा प्रधानमन्त्रीलाई पत्राचार
विवाहको उमेरहद २० वर्ष नै यथावत राख्नु पर्ने सुझाबसहित धनुषाका किशोरीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अनुरोधसहितको पत्राचार गरेका छन् ।
सङ्कट टार्न कांग्रेससँग सहकार्य : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र सङ्कटमा पर्दै गएपछि नेपाली कांग्रेससँग सहकार्य गर्नुपरेको बताउनुभएको छ ।
सप्तरीमा ५ हजार २ हेक्टरमा मकै खेती
सप्तरीेका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
'मधेशका जनतालाई सङ्गठित गर्न केन्द्रको ध्यान पुगेकाे छ'
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशका जनतालाई सङ्गठित गर्ने तर्फ पार्टीको विशेष ध्यान रहेको बताउनुभएको छ ।
धनुषामा बाँस सामग्रीको प्रदर्शनी
धनुषाको धनुषाधामा बाँस सामग्री प्रदर्शनी राखिएको छ । हाबिटाट फर ह्युमनिटी नेपालको सहयोग तथा सामुदायिक सुधार केन्द्र धनुषाको साझेदारीमा दुईदिने बाँस साम्रगीको प्रदर्शनी राखिएको हो ।
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहन रोक्नका लागि अनुगमन तीव्र बनाउनुभएको छ ।
सिराहाको देवीदह
सिरहा, माघ २८ गते । सिराहाको लहान नगरपालिका—१७ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीदह । ६ हेक्टर क्षेत्रफलमा फैलिएको याे पोखरी संरक्षण र संवर्द्धनको अभावमा कुरुप बन्दै गएको छ । तस्बिरः रासस
श्री राघो बाबाको विधिवत् पूजाका लागि सजाइएको पूजास्थल
मटिहानी, माघ २८ गते । महोत्तरी जिल्लाको मटिहानीमा धानुक [मण्डल] जातिका कुलदेवता श्री राघो बाबाको आज विधिवत् पूजा गर्न सजाइएको पूजास्थल । मटिहानीमा प्रत्येक वर्ष माघ महिनामा धानुक जातिका कुलदेवता पूजा गर्ने गरिन्छ। तस्बिरः रासस
सर्लाहीका ४७ जना उखु किसान सम्मानित
इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ ।
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
सिरहा, माघ २८ गते । सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ । देवीदह सामुदायिक वन भित्र पर्ने छ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र सबर्द्धनका लागि निरन्तर पहल गरेतापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादव बताउनुभयो ।“यस दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरुको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकाङ्क्षा पुरा हुने तथा रोगव्याधि हटेर जाने जनविश्वास रहेको छ”, उहाँले भन्नुभयो,“तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरु जीर्ण छन भने कतिपय अधुरै छन् ।” उहाँका अनुसार पोखरीमा ‘जलयात्रा’का लागि रहेका पाँच डुङ्गामध्ये दुई मात्रै सञ्चालनमा रहेका छन् । नेपालका प्रथम राष्ट्रपति डा।रामबरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गरि पोखरीको संरक्षणको लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत रु एक करोड ५९ लाख बजेट विनियोजन भएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उक्त रकमबाट पोखरी परिसरमा रामजानकी मन्दिर, खानेपानी व्यवस्थापन, लगाएतका काम भएको उहाँले जानकारी दिनुभयो । नेपाल पर्यटन वोर्डबाट २०७७ साल भदौ १ गते देवीदह पोखरीको संरक्षण र सौन्दर्यकरणको लागि पाँच करोड २२ लाखको योजना सम्झौता समेत भएको तर कार्यान्वयन हुन नसकेको अध्यक्ष यादवले जानकारी दिनुभयो । नगरले आफ्नो तर्फबाट व्यहोर्नुपर्ने ३० प्रतिशत उत्तरदायित्व बहन नगरेकाले आयोजनाले परिकल्पना गरेको लहानको खुट्टीखोलादेखी देवीदहसम्मको छ किलोमिटर सडक कालोपत्रे, पोखरी परिसरमा ‘पेभिलियन’ भ्यु टावर, क्वीमिङ्ग पुल लगाएतका संरचना अघि बढ्न नसकेको उहाँको भनाई छ । वर्तमान नगरप्रमुख महेश प्रसाद चौधरीलाई धेरैपटक ताकेता गर्दापनि कुनै सुनुवाई हुन नसकेको उहाँले गुनासो गर्नुभयो । देवीदहको विकासका लागि आफुँले सकेको सहयोग गरिरहेको यसै वडाका वडाअध्यक्ष प्रथमलाल चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो,“वडाको स्रोत र साधन कति नै हुन्छ र । त्यही पनि हामीले सकेको सहयोग गरिरहेका छौँ ।” गत वर्ष वडाको आठ लाख आर्थिक सहयोगमा देवी मन्दिर निर्माण गरेको उहाँले जानकारी दिनुभयो । चुरे क्षेत्रमा भूमिगत पानीको सतह घटदै गएको अवस्थामा यस प्रकारका पोखरीहरुको संरक्षण र सम्बर्द्र्धनका लागि तीनै तहका सरकारले प्रथमिकता दिनुपर्ने वडाअध्यक्ष चौधरीको भनाइ छ ।
विवाहको उमेरहद २० वर्ष यथावत राख्न माग
विवाहको उमेरहद २० वर्ष नै यथावत राख्नुपर्ने सुझाबसहित बालविवाहविरुद्ध जागरण अभियान सञ्चालन गर्दैआएको नेपालको सातवटै प्रदेशका संघ संस्थाका प्रतिनिधिहरुले माग गरेका छन् ।
प्रदेश कृषि विधेयक पारित
मधेश प्रदेश सभाबाट प्रदेश कृषि विधयेक २०८१ सर्व पारित भएको छ । आइतबार बसेको मधेश प्रदेशको चौथो अधिवेशनको १३ औं बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले पेश गर्नुभएको विधयेक पारित भएको हो ।
गोरखापत्रकर्मी साहलाई प्रकृति संरक्षण पुरस्कार प्रदान
धनुषाको पुरन्दाहामा आयोजित दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८१ को समापन समारोहका अवसरमा सो पुरस्कार गोरखापत्रकर्मी साहलाई प्रदान गरिएको हो ।