पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’
पर्सा, फागुन ३ गते । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ । जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ गर्न लागिएको हो । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्नका लागि विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न थालेको जानकारी दिनुभयो । “माघ २९ गतेदेखि पर्साको विभिन्न साझेदारी वनमा पनि बाघको गणनाका लागि क्यामेरा ट्रयापिङ सुरूआत गरेका छौँ । यसले सामुदायिक वनमा बाघ, चितुवालगायतका जङ्गली जनावरको गतिविधि अध्ययन र अनुसन्धानका लागि उपयोगी हुने अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो, “राष्ट्रिय निकुञ्जभित्र क्यामेरा ट्रयापिङ सामान्यजस्तै भए पनि साझेदारी वनमा भने जिल्लामै पहिलोपटक जडान गरिएको हो ।” पर्सा जिल्लामा सबैया, बढनिहार र मानवा सब डिभिजन कार्यालय मातहतका क्षेत्रमा तीन–तीन वटा क्यामेरा क्यामेरा ट्रयापिङ जडान गर्न लागिएको हो । त्यस्तै रङ्गपुर, भतौडामा पनि एक–एक र अन्य एक ठाउँमा पनि क्यामेरा ट्रयापिङ जडान कार्य भइरहेको छ । क्यामेरा ट्रयापिङले २४ औँ घण्टा बाघलगायतका जङ्गली जनावरको गतिविधिलाई फोटो खिच्नेछ । सो क्यामेराको दैनिक १६ जिपीको क्षमताको तस्बिर खिच्न सक्ने क्षमता रहेको छ । रङ्गपुर सबडिभिजन कार्यालयका फरेस्टर पुरूषोत्तमप्रसाद पटेलले क्यामेरा ट्रयापिङले बाघ, चितुवालगायतको गतिविधि विश्लेषण गर्न पनि मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । डब्लुडब्लुएफको सहयोगमा सो क्यामेरा जडान गरिएको हो ।
पर्साबाट १७ लाखभन्दा बढी मूल्यको औषधी बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–५ गणेशमान चोकबाट माघ २ गते सशस्त्र प्रहरीले करीब १७ लाख ३१ हजार रुपियाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।
सुधार केन्द्रमा एकको मृत्यु
नवजन्म सुधार केन्द्रले यातना दिएपछि एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका –९ रामपुर टोलका करिब ३४ बर्षे धिरेन्द्र भनिने प्रदिपप्रसाद मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताउनुभयो ।
बेसहारालाई ‘हाम्रो माया घर’ निर्माण गरिँदै
बेसहाराहरूको सहाराका लागि महोत्तरीको बर्दिबासमा जनस्तरबाट ‘हाम्रो माया घर’ को निर्माण कार्य धमाधम भइरहेको छ । स्थानीहरूले चन्दा जुटाएर सुविधा सम्पन्न भवन बनाइरहेका छन् ।
जग्गा फुकुवा माग गर्दै भएको आन्दोलन फिर्ता
जीवछ यादवलहान, फागुन २ गते । गाउँ ब्लक जग्गा फुकुवाका लागि चारबुँदे सहमति जुटेपछि आन्दोलन फिर्ता लिएको छ । दुई दिनदेखि मालपोत कार्यालय लहानको अगाडि धर्नामा बसेर कार्यालयको कामकाज ठप्प गरेर गाउँ ब्लक सङ्घर्ष समितिले उत्रेका थिए । बिहीबार अबेर भएको सम्झौता अनुसार नापी कार्यालयले बुझाएका वितरणलाई वडा नम्बर २४ देखि क्रमशः अद्यावधिक गर्न चाहिने जनशक्ति र आवश्यक सामग्री लहान नगरपालिकाले उपलब्ध गराउने,नापी गर्न बाँकी रहेको जग्गालाई नापी गराउन विभागलाई पत्राचार गर्ने र जारी रहेको आन्दोलन फिर्ता गर्ने निर्णय भएको छ । लहान नगरपालिकाको कार्यालयमा नगरप्रमुख महेशप्रसाद चौधरीको अध्यक्षता सरोकारवालाहरू बसेर सहमति गरेको थियो । सहमति भएको बैठकमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, मालपोत कार्यालय लहानका प्रमुख डमरुप्रसाद निरौला,नापी कार्यालय प्रमुख लालबाबु यादव र गाउँ ब्लक सङ्घर्ष समितिका संयोजक अरुण केसीले हस्ताक्षर गरेपछि आन्दोलन फिर्ता लिइने निर्णय गरेको थियो । गाउँ ब्लक जग्गा फुकुवा नहुँदा सात हजारभन्दा बढी परिवार बैङ्कमा जगा राख्न नपाउने, समस्या पर्दा खरिद बिक्री नहुने लगायतका मानवीय समस्याहरू उत्पन्न भएपछि गाउँ ब्लक सङ्घर्ष समिति गठन गरेर विभिन्न चरणको आन्दोलन गरेपछि भएको सहमति कार्यान्वयन भए समस्या समाधान हुने सङ्घर्ष समितिका संयोजक केसीले बताउनुभयो । उहाँले भन्नुभयो,‘सङ्घर्ष समितिले थालेको आन्दोलनलाई नेपाली काँग्रेस नगर समिति, लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरी, उपप्रमुख रामचलितर महतो, मालपोत कार्यालयका लेखापढी व्यवसायी सङ्घ र विभिन्न सञ्चार क्षेत्रले यस आन्दोलनलाई सहयोग गरेकाले न्याय पाउने अवस्था आएको छ ।’
महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती
कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् ।
प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । माध्यमिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव टार्न मधेस प्रदेश सरकारले तत्काल नै प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभयो ।
मधेसका २१ वटा निजी अस्पताल अनधिकृत, कारबाहीको तयारीमा सरकार
जनकपुर, फागुन १ गते । मधेस प्रदेश अन्तर्गत २१ वटा निजी अस्पताल अनधिकृत रूपमा सञ्चालनमा रहेको पाइएको छ । केही दिनअघि मात्र मुख्यमन्त्री सतिशकुमार सिंह सहितको टोलीले अनुगमन गर्ने क्रममा जनकपुरधामका २१ वटा निजी अस्पताल अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका पाइएको थियो । अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको थियो । यसरी सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन समेत दिनुभयो । अनुगमनमा मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी रहेका थिए । तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेका छन् । निर्देशन अटेर गर्ने एक अस्पताल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । मापदण्ड पूरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति सङ्घ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान छ । प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ ।कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराइ सञ्चालनमा रहेका अधिकांश अस्पतालसँग अस्पताल सञ्चालन अनुमति छैन । अनुमति प्राप्त केही अस्पतालले नवीकरण गरेका छैनन् । अनधिकृत सञ्चालित अस्पताल सञ्चालकले सरकारको अनुगमन विरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एशोसिएशन गठन गरेका छन् ।
सर्लाहीको बाँके जङ्गलमा बस पल्टियो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, स्थित बाँके जङ्गलमा बिहीबार साँझ बस पल्टिँदा १५ जना घाइते भएका छन् ।
सरकारबाट बाहिरिने अवस्था बन्दैछ : अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारबाट बाहिरिने अवस्था आउन लागेको बताउनुभएको छ । सर्लाही सदरमुकाम मलङ्गवामा बिहीबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्वोधन गर्दै ठाकुरले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको हो ।
भाषा विधेयकमा देखिएका त्रुटिलाई सच्याउछौं : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले भाषा विधेयकमा देखिएका त्रुटिहरूलाई सचियाएर सदनमा पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी
मधेश कृषि विश्वविद्यालयका आन्दोलनरत उप–प्राध्यापकहरूले राजविराजस्थित मधेस कृषि विश्वविद्यालयमा बिहीबार तालाबन्दी गरेका छन् ।
नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु
प्रदेशका स्वास्थ्य तथा जनासङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले नसर्ने रोग पहिचानको लागि एक महिने अभियानको शुभारम्भ गर्नुभएको छ ।
९ वटा क्रसर उद्योगको विद्युत लाइन काटियो
धनुषाको मिथिला नगरपालिकामा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगहरुको विद्युत आपूर्ति बन्द गरिएको छ ।
सडक छेउका रुख व्यवस्थापन गरिँदै
सडक आवागमन र मानव बस्तीलाई जोखिममा पार्दै आएको सडक छेउका रुख विस्थापन प्रक्रिया अघि बढेको छ । स्थानीयले विभिन्न चरणमा गरेको दुई वर्ष लामो सङघर्ष र अनेकन प्रयासपछि वीपी राजमार्ग दायाँ–बायाँ रहेका विविध प्रजातिका रुखहरु विस्थापनको पहल थालिएको हो ।
व्यावसायिक सुर्तीखेती
महोत्तरी, फागुन १ गते । महोत्तरीको महोत्तरी गाउँपालिका ६ मा स्थानीय किसानले व्यावसायिक रूपमा गरेको सुर्तीखेती । तस्बिरः रासस
मालपोतको काम प्रभावित
गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहानस्थित मालपोत कार्यालयअगाडि स्थानीय धर्नामा बसेपछि दुई दिनदेखि नियमित काम प्रभावित भएको छ । लहान नगरपालिकाको २४ वटै वडाका स्थानीयले सङ्घर्ष समिति गठन गरेर धर्ना दिएका हुन् ।
विधेयक समितिमा पठाउन माग
मधेश प्रदेश सभाका सदस्यले गाउँ सभा, नगर सभा र जिल्ला सभा कार्य सञ्चालन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई विस्तृत छलफलका लागि समितिमा पठाउन माग गरेका छन् ।
छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छः मुख्यमन्त्री सिंह
मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका बहुसङ्ख्यक जनतामा छोरीको विवाह गरेर बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताउनुभएको छ ।
सप्तरीमा निर्माणाधीन शीत भण्डार अलपत्र
सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवामा निर्माणाधीन सहकारी शीत भण्डार अलपत्र अवस्थामा छ ।
प्राधिकरण अध्यक्ष यादवको बिदाइ
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका संस्थापक अध्यक्ष श्यामसुन्दर यादवको बिदाइ गरिएको छ । प्राधिकरणका अध्यक्ष यादवको चार वर्षे कार्यकाल मंगलबार समाप्त भएपछि जनकपुरधामस्थित प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँलाई विदाइ गरिएको हो ।
हराउँदै जाँतो र सिलौटो
परापूर्व कालदेखि चलनचल्तीमा रहेको जाँतो, सिलौटोमा पिस्ने चलन दिन प्रतिदिन घट्दै गएको छ । नयाँनयाँ प्रविधिको आविष्कार, सर्वसाधारणको व्यस्तता कारण जातो सिलौटोमा पिस्ने चलन हराउँदै गएको हो ।
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहान नगरपालिकाको २४ वटै वडाका स्थानीयहरूले सङ्घर्ष समिति गठन गरेर लहान स्थित मालपोत कार्यालय अगाडि धर्नामा बसेपछि दुई दिनदेखि नियमित कामकाज प्रभावित भएको छ ।
निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
वर्षातकाे पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।