काठमाडाैं, फागुन २ गते । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–५ गणेशमान चोकबाट माघ २ गते सशस्त्र प्रहरीले करीब १७ लाख ३१ हजार रुपियाँ बराबरको चोरी पैठारीको औषधी बरामद गरेको छ ।
सोही ठाउँ बस्ने सहबाज अहमदको घरमा भारतबाट अवैधरुपले ल्याई लुकाई छिपाई राखेको उक्त औषधी प्रस्तावित सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।
बरामद औषधी आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जानकारी सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।