शान्ति र समृद्धि नै मुलुकको निकास : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले उग्रवामपन्थी अतिवादले मुलुकको समस्या समाधान नगर्ने हुनाले शान्ति प्रक्रिया र आर्थिक समृद्धि नै मुलुकको निकास भएको बताउनुभएको छ ।
पञ्चेबाजा संरक्षण अभियानमा महिला
नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । लोप हुन लागेको बाजाको प्रवर्द्धन गर्न विभिन्न निकायहरू संरक्षण गर्ने अभियानमा जुटेका छन् ।
नेपाली ढाँचाको पर्यटन आवश्यक : पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी सङ्गठन
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठनले दल दर्तासँगै आफ्नो तयारी तीव्र पारेका छन् । त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीसँगै दल दर्ता गराएसँगै उनीहरु तयारीमा जुटेका हुन् ।
अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प
अछाम र काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर दुई भूकम्प गएको छ ।
सर्लाहीको बाँके जङ्गलमा दुर्घटना, एक जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा पिकअप र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–१०, का ३४ दीपक स्याङतानको मृत्यु भएको हो ।
साँखुको प्राचीन गुंविहार, बज्रयोगिनी
काठमाडाैंको शङ्खरापुर नगरपालिका साँखुको प्रख्यात एवम् प्राचीन बज्रयोगिनी मन्दिर छ । यसकै दायाँतर्फ प्राचीन गुंविहार छ । नेपाल भाषामा 'गुं' को अर्थ जङ्गल हो। त्यसैले यसलाई जङ्गलमा रहेको विहार भनिएको हो ।
नारायणगढ–मुग्लिन सडक खण्ड : दिउँसो बन्द नहुने
दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो ।
क्रिस्टलको गहना बनाउने पुनर्ताजगी तालिम सम्पन्न
महिलाहरूलाई सिप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरिएको क्रिस्टलको गहना बनाउने १० दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
गाउँका बाटाघाटा कालोपत्रे हुँदै
दोलखा जिल्लामा गाउँगाउँमा विकासको अनुभूति हुने गरी काम हुन थालेको छ । जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका सडकमा कालोपत्रे सुरु भएको छ । गाउँपालिकाको केन्द्र पाँडुडाँडासम्म सबै वडाको पहुँच पु-याउन ट्र्याक खोलिएको २६ किलोमिटर लम्बाइ र सात मिटर चौडाइको द्रुत मार्गमध्ये केही खण्ड आर्थिक वर्ष २०७९/८० को सात करोड ३९ लाख ३४ हजार रुपियाँको बजेटबाट कालोपत्रे र ढलान सुरु गरिएको अध्यक्ष छवि लामाले बताउनुभयो । उहाँका अनुसार एक करोड ९९ लाख ९८ हजार रुपियाँको लगानीमा बुस्ती–पुतलीकाठसम्म, एक करोड ९९ लाख ७८ हजार लागतमा देउराली–क्षत्रपासम्म कालोपत्रे र ढलान गरिने भएको छ ।
विद्यार्थीले पाएनन् खाजाको रकम
सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकालाई दिवा खाजाका लागि प्रदान गरिने रकम अझै पनि दोलखाको तामाकोशी गाउँपालिकाभित्रका सरकारी विद्यालयले पाउन सकेका छैनन् । गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकालाई खाजाबापत दैनिक १५ रुपियाँका दरले रकम केन्द्रबाट पठाइए पनि आठ महिना बितिसक्दा पनि हालसम्म उपलब्ध हुन सकेको छैन ।
अस्पताल निर्माणको काम अलपत्र
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२, दोरम्बामा निर्माणाधीन १५ शय्या दोरम्बा अस्पतालको निर्माण काम एक वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले १५ प्रतिशत पनि काम नसक्दै गत फागुन महिनादेखि अस्पतालको निर्माण काम छाडेपछि अलपत्र बनेको हो ।
‘विदेशीले नेपाललाई खेल मैदान बनाउन खोज्दैछन’
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीले नेपाललाई खेल मैदान बनाउन खोजेको आरोप लगाउनु भएको छ । मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्ताव स्वीकार गरेर सरकारले गल्ती गरेको उहाँले टिप्पणी गर्नुभयो । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।
राम्रो काम गर्न खोज्दा चौतर्फी प्रहार भयो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताउनुभएको छ ।
महिलालाई किष्टलको गहना बनाउने तालिम
दोलखाको भीमेश्वर नगरपालिकाले महिलालाई किष्टलको गहना बनाउने तालिम प्रदान गरेको छ ।
‘हायु जातिको विकासमा स्थानीय सरकार कटिबद्ध’
लोपोन्मुख जाति हायुको सीप र पहिचान विकासका लागि कमलामाई नगरपालिका कटिबद्ध रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताउनुभएको छ ।
वडास्तरबाटै मतदाता नामावली अद्यावधिक गरिँदै
निर्वाचन आयोगको बागमती प्रदेश कार्यालय हेटौँडाले मकवानपुरमा मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। मतदाता नामावलीमा हुने त्रुटि न्यूनीकरण गर्न प्रदेश निर्वाचन कार्यालयले यस जिल्लामा वडास्तरमै पुगेर नामावली अद्यावधिक गर्ने भएको हो। आयोगको प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जिल्लाका सबै वडाबाट मतदाता नामावलीमा दाबीविरोधसहित अद्यावधिक गर्ने कार्य यही फागुन २२ बाट आगामी चैत १ सम्म सञ्चालन गर्ने योजना रहेको जनाउनुभयो।
सुरु भएन अस्पताल निर्माण : दुई वर्षअघि शिलान्यास
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित बेनीघाट स्वास्थ्य चौकीको नयाँ भवन शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि भवन निर्माणले गति लिन सकेको छैन। शिलान्यास भएको दुई वर्षमा न अस्पताल निर्माणको कार्य सुरु भयो न त शिलान्यास गरेको ठाउँको पहिचान नै।
तार व्यवस्थित गरिँदै
स्मार्ट सहर बनाउने अभियानमा लागेको ललितपुर महानगरपालिका क्षेत्रका ऐतिहासिक सम्पदा क्षेत्रवरपर टाँगिएका टेलिफोन, केबल र इन्टरनेटका अस्तव्यस्ततालाई व्यवस्थित गर्न थालिएको छ । महानगरपालिका इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसनसँग छलफल गरी १० दिनभित्र सम्पदा क्षेत्रवरपर टाँगिएका तार व्यवस्थापन गर्न मङ्गलबार निर्देशन दिइएपछि बुधबारदेखि तार व्यवस्थापन थालिएको हो । इन्टरनेट प्रदायकले पुल्चोकको अशोक स्तम्भअगाडि टाँगिएका तारलाई व्यवस्थापन थालेको हो । महानगरपालिकाले दिएको समयसीमाभित्र तारहरू व्यवस्थापन नगरिएमा महानगरपालिकाले नै तार काट्न सुरु गर्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएकाे छ : कार्यवहाक अध्यक्ष डा. फुँयाल
राष्ट्रिय योजना आयोगका कार्यवहाक अध्यक्ष डा. रामकुमार फुँयालले नेपालको अर्थतन्त्रलाई रुपान्तरण गर्ने गरी अगाडि बढेको बताउनुभयो ।
अपराध रोकथाममा प्रभावकारी बाह्रबिसे प्रहरी कार्यालय
इलाका प्रहरी कार्यालय बाह्रबिसे अपराध रोकथाम तथा नियन्त्रणका प्रभावकारी सावित हुँदैगएको स्थानीयले बताएका छन् । चालु आर्थिक बर्ष २०७९–८० मा ईप्रका बाह्रबिसेले सिन्धुपाल्चोक क्षेत्र १ मा बिभिन्न अपराध गरी फरार रहेका १६ जना प्रतिबादीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेर काम गरेको स्थानीयको बुझाइ छ ।
निर्माणाधीन आदित्य मोक्ष धाममा प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनौती नगरपालिका–२ दारिमबोट कुशादेवीमा निर्माणाधीन आदित्य मोक्ष धाम आउनु भएको छ।
शैलुङमा मिनी ग्रेटवाल निर्माण हुँदै
दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा पर्यटन प्रवर्धन गर्न मिनि ग्रेटवाल निर्माण भइरहेको छ । दोलखाको शैलुङ गाउँपालिका–८ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ वेसक्याम्प मानिने कालापानीदेखि शैलुङ डाँडासम्म मिनि ग्रेटवाल निर्माण भइरहेको हो ।
व्यापार घाटा घटाउन उत्पादनमा वृद्धि गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउनलाई उत्पादनमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजना दोलखा सदरमुकाम चरीकोटमा सुरु भएको दोलखा महोत्सवको उदघाटन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।