• १२ मंसिर २०८१, बुधबार

अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प

blog

काठमाडौं, फागुन २१ गते । अछाम र काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर दुई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केल र काभ्रेपलाञ्चोकको काशिखण्ड भएर आज (आइतबार) बिहान ८ बजेर ३ मा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । रासस