पूर्वराष्ट्रपति भण्डारीद्वारा बुद्धजयन्ती तथा किरात समुदायको उभौली पर्वको शुभकामना
पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करूणा, अहिंसा र शान्तिमात्रै मानव सभ्यताको रक्षा हुने बताउनुभएको छ ।
प्रदेश संरचना हुर्किंदै जाँदा समृद्धि हासिल हुन्छ
विसं २०६२/६३ को जनआन्दोलनपछिको परिवर्तनले मुलुकलाई नयाँ ढङ्गले दिशानिर्देश गरेको छ ।
स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन
बागमती प्रदेशमा मुलुककै सबैभन्दा धेरै र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्था सञ्चालनमा छन् । केन्द्र सरकारको राजधानी यही प्रदेशमा भएकाले पनि ठुला सरकारी, निजी तथा मेडिकल कलेज र अन्तर्राष्ट्रिय स्तरको उपचार प्रदान गर्ने अस्पताल यहीँ छन् ।
आज वैशाख शुक्ल पूर्णिमा : बुद्धजयन्ती मनाइँदै
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
उत्कृष्ट सेवा दिँदै चौतारा अस्पताल
सामान्य उपचार गर्न परेमा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता रहेको सिन्धुपाल्चोकवासीलाई अहिले त्यो अवस्थाको अन्त्य भएको छ ।
हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।
औद्योगिक क्षेत्रमा अग्रणी प्रदेश
युवा स्वदेशमा काम पाइएन भन्दै दैनिक बिदेसिएका छन् ।
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
पर्यटकीय गन्तव्य धुलिखेल र नगरकोट
काभ्रेपलाञ्चोक सङ्घीय राजधानी काठमाडौँबाट नजिकैको पर्यटकीय गन्तव्यका रूपमा परिचित जिल्ला हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
अध्यक्ष दाहालद्वारा बुद्धजयन्तीको शुभकामना
काठमाडौँ, वैशाख २९ गते । नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हाँसिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताउनुभएको छ ।गौतमबुद्धको जन्मजयन्तीको अवसरमा आज शुभकामना, व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “त्यसैले इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो ।”बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण भएको उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ, “शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको पच्चीस सय ६९औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतमबुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको अध्यक्ष दाहालको भनाइ छ ।अध्यक्ष दाहालले भन्नुभएको छ, “गौतमबुद्धले व्यवहारबाटै दिनुभएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ, क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन् । बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ ।”
समृद्धिको आधार पर्यटन
मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिइन्छ । पर्यटन क्षेत्रबाट मनग्य आम्दानी गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि पूर्वाधारको अभावले पछि परिरहेका छौँ । यहाँको व्यवस्थापन, प्रचार र भएको लगानी अनुसार परिचालन गर्न नसक्दा आशातीत रूपमा बाह्य पर्यटक भित्र्याउन सकिएको छैन ।
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पुर्याउँदछ: राष्ट्रपति
काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वको रूपमा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्ति नआऊन् भनेर भूमि, बाली र पितृपूजा गर्दछन् । साथै, विभिन्न परम्परागत नृत्य गर्दै मीठा–मीठा परिकार खाएर आपसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।शुभकामनामा भनिएको छ, “उभौलीजस्ता सांस्कृतिक पर्वले देशको सांस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास लिएको छु ।”उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि शुभकामना सन्देशमा उल्लेख गरिएकोे छ ।
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
काठमाडौँ, वैशाख २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।” उहाँले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गर्नुभएको छ ।
पूर्वाधारमा फड्को मार्दै
मुलुक सङ्घीय संरचनामा गइसकेपछिको यस अवधिमा अझै प्रदेश र स्थानीय सरकारले संविधानप्रदत्त अधिकार पूर्णतः पाइनसकेको भन्नेतर्फको बहस अद्यापि जारी छ ।
राष्ट्रपतिद्वारा बुद्धजयन्तीको शुभकामना
काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ । पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै सो कुरा बताउनुभएको हो । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।राष्ट्रपतिले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको पनि सन्देशमा व्यक्त गर्नुभएको छ पच्चीस सय ६९औँ बुद्धजयन्तीको शुभ अवसरमा गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना समेत व्यक्त गर्नुभएको छ ।
लगानी प्रवर्धन केन्द्रित बजेट ल्याउन सुझाव
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लगानी प्रवर्धन गर्ने कार्यक्रमकेन्द्रित हुन सुझाव दिएको छ । आइतबार महासङ्घले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अन्तर्क्रिया गरेर यस्तो सुझाव दिएको हो ।
पूर्वाधार विकास करबापत डेढ खर्ब सङ्कलन
सरकारले पछिल्लो १० वर्षमा पेट्रोलियम पदार्थबाट पूर्वाधार विकास करबापत डेढ खर्ब रुपियाँ सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७२/७३ देखि चालु आव २०८१/८२ को चैत मसान्तसम्म एक खर्ब ५३ अर्ब १५ करोड रुपियाँ कर सङ्कलन भएको हो ।
सबै परिसूचक सकारात्मक : विप्रेषण बाह्र खर्बनजिक
अर्थतन्त्रका समग्र परिसूचक सकारात्मक रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको नौ महिनाको तथ्याङ्क अनुसार अर्थतन्त्रका सबै परिसूचक सकारात्मक देखिएका छन् ।
‘कोरियामा मौसमी श्रमिक पठाउने निर्णय छैन’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी श्रमिक पठाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । श्रम मन्त्रालयले सूचनामार्फत दक्षिण कोरियामा मौसमी श्रमिक पठाउने विषयमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको हो ।
सङ्घीय निजामती विधेयक : अन्तरप्रदेश सरुवा खुला
नयाँ संविधान जारीपछि कर्मचारी समायोजनको सङ्घीय कानुनबमोजिम प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीको सरुवा हुने भएको छ । समायोजित कर्मचारीको मागलाई सङ्घीय निजामती विधेयकले सम्बोधन गरेको हो ।
युवा सम्मेलन बन्दैछ ‘जागरण थलो’
भक्तपुर नगरपालिका – ८ लिवालीकी २२ वर्षीया तृष्णा अधिकारीको मुहार यतिबेला उत्साहले भरिएको छ । कारण हो, बागमती प्रदेशमा जारी प्रदेश युवा सम्मेलनमा सहभागी हुन पाउँदाको क्षण ।
निजामती सेवासहित महत्त्वपूर्ण विधेयक शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्त्वपूर्ण विधेयकहरू शीघ्र पारित गर्न सदनलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको छ ।