बनेपामा चण्डेश्वरी जात्रा सुरु
बनेपा, काभ्रेका नेवार समुदायले २५ सय वर्षअगाडिदेखि मनाउने चण्डेश्वरी जात्राले नगर उल्लासमय बनेको छ ।
खर्च योजनासहित बजेट ल्याउन सुझाव
नेपाल चेम्बर अफ कमर्सले समयमै पुँजीगत खर्च सुनिश्चित गर्ने कार्ययोजनासहित आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन सुझाव दिएको छ ।
कर्जा प्रवाहमा सामान्य सुधार
बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६१ अर्ब तीन करोड अर्थात् ७.१ प्रतिशतले बढेको छ ।
डेढ महिनाभित्र प्राधिकरण गठन गर्न परमादेश
सर्वोच्च अदालतले सहकारी नियमनका लागि प्रस्तावित राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन प्रक्रिया डेढ महिनाभित्र पूरा गर्न सरकारका नाममा परमादेश गरेको छ ।
वार्षिक दस हजार विद्यार्थी प्रभावित
नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनमा आकर्षक गन्तव्य रहेको दक्षिण कोरियाका लागि अध्ययन अनुमतिपत्र (एनओसी) वितरण स्थगित गरिएको छ ।
नाबालिग करणीमा तीन वर्षसम्म कैद प्रस्ताव
विवाहको उमेर परिमार्जन गर्ने वा नगर्ने बहस चलिरहेका बेला सरकारले २० वर्षभन्दा कम उमेरको विवाहमा न्यूनतम मात्र सजायको प्रस्तावसहित मौजुदा कानुन संशोधनको गृहकार्य अघि बढाएको छ ।
पनौतीमा आरीघोप्टे वर्षा
गत असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोक, पनौतीका स्थानीयवासीले पुनः ठुलो क्षति बेहोरेका छन् ।
कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य
राज्यको स्रोत र साधानलाई हेरेर आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो ।
बोरिङकै कारण भासियो जमिन
बिस वर्षअघि गरिएको इन्जिनियरिङ अध्ययनमै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँलाई खतरापूर्ण भनिए पनि लापरबाही गरेर बोरिङ गरेपछि गाडी भासिएको हो ।
काला हिमालका फेदीमा लेउ
हिमाल नै हिमाल भएको देश नेपालका हिमाल पछिल्लो समय काला पत्थरमा रूपान्तरण हुने क्रम बढेको छ । कतिपय काला भएका हिमालका फेदीमा लेउ जम्न थालेका छन् ।
अहिंसाको सन्देश आम मानिसबिच पुर्याउनु पर्ने
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले भगवान बुद्धको शान्ति र अहिंसाको सन्देश आम मानिसबीच पुर्याउनु पर्ने बताउनु भएको छ ।
बुद्धका शिक्षा अपनाउँदा कल्याण हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शिक्षालाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताउनुभएको छ ।
बुद्धका अहिंसा तथा शान्तिका शिक्षा अहिले पनि उत्तिकै सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बुद्धका शिक्षामध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।
छत्तीसगढ दुर्घटनामा १३ जनाको मृत्यु
भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ राज्यमा बस र ट्रक एकापसमा ठोक्किँदा नौ महिला, एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
निर्माणाधीन बुद्ध मूर्तिमा मन्त्र प्रतिस्थापन
मकवानपुरको मनहरी गाउँपालिका –८ स्थित टासी फुन्चोक गुम्बा परिसरमा निर्माणाधीन ६५ फिट अग्लो बुद्धको मूर्तिमा सुङ (मन्त्र) प्रतिस्थापन गरिएको छ ।
नारायणी नदीमा डुबेर एक जनाको मृत्यु
नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । सोमबार दिउँसो करिव १ः३० बजे भरतपुर महानगरपालिका– १७ का कुमार नेपालीको नदीमा डुबेर मृत्यु भएको हो ।
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।
‘नारी उत्थानका उपायहरु’को लोकार्पण
लेखक धर्मराज अर्यालद्वारा लिखित ‘नारी उत्थानका उपायहरु’ किताबको लोकर्पण भएको छ । सोमबार डा. प्राध्यापक घनश्याम पुडासैनी, डा. रामचन्द्र लम्साल, डा. प्राज्ञ कौशीला रिसाल, साहित्यकार ममता मृदुलालगायतले संयुक्तरुपमा तारकेश्वर नगरपालिका वडा नं ३, जीतपुर माविमा सो किताबको लोकर्पण गर्नुभयो ।
मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माण गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार लागिपर्ने बताउनुभएको छ ।
निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । लामो समय सुस्त देखिएको कर्जा प्रवाह आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कर्जा प्रवाह बढेको हो ।
गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति डा यादव
पूर्वराष्ट्रपति डा रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि जीवन उपयोगी भएको बताउनुभएको छ । बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सवारीसाधन चोरीका घटना बढ्दो
मकवानपुरमा पछिल्लो समय साना सवारीसाधनदेखि ठुला सवारी साधन चोरीको घटना बढ्दै गएकाे छ । मनहरीबाट पार्किङमा राखेको ट्रक चोरी भएर फेला पारी सवारीधनीलाई बुझाएको एक साता नबित्दै माइक्रो चोरी भएको छ ।
बुद्ध जयन्तीमा पनौतीदेखि नमोबुद्धसम्म ‘शान्ति पदयात्रा’
बुद्ध जयन्तीको अवसरमा काभ्रे सेवा समाजले काभ्रेपलाञ्चोकको पनौतीदेखि नमोबुद्धसम्म ‘शान्ति पदयात्रा’को आयोजना गरेको छ ।
पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छ : उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरू विद्यमान रहेको बताउनुभएको छ ।