वन्यजन्तु संरक्षणमा जोड दिँदै संसारभर आज विश्व वन्यजन्तु दिवस मनाइँदै
आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
कोषका सहभागीलाई विशेष छुट
नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको पेइङ क्लिनिक, सिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
ठुला आयोजनामा केन्द्रित हुन सुझाव
पूर्वअर्थ सचिवले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव सरकारलाई दिएका छन् । अर्थ मन्त्रालयले पूर्वअर्थ सचिवसँग अर्थतन्त्र सुधारबारे गरेको छलफलमा त्यस्तो सुझाव दिएका हुन् ।
अबको प्राथमिकता ‘पम्प स्टोरेज’
नेपाल विद्युत् प्राधिकरणले पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने जनाएको छ ।
सीमित भयो दुर्गमको उडान
आन्तरिक उडानमा रहेका साना जहाज एकपछि अर्को गरी भूमिस्थ (ग्राउन्डेड) हुँदै गएपछि दुर्गम क्षेत्रको उडान सीमित हुँदै गएको छ ।
ट्राफिक प्रहरी तयार पार्दै कामनपा
काठमाडौँ महानगरपालिकाले १८० जना ट्राफिक प्रहरी तयार गर्दै छ । त्यसका लागि महानगरले आइतबारदेखि राष्ट्रिय सभा गृहमा तालिम सुरु गरेको छ ।
प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवाललाई सफाइ
विशेष अदालतले झुटा विवरणका आधारमा पदावधि लम्ब्याई गैरकानुनी लाभ लिएको आरोप लागेका नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाललाई सफाइ दिएको छ ।
राजनीतिक दलको व्यय : खर्च व्यवस्थापन शङ्कास्पद
काठमाडौँ, फागुन १९ गते । नेता कार्यकर्ताको लेबी, सदस्यता तथा नवीकरण शुल्क र चन्दा सहयोगबाट सञ्चालनमा रहेका नेपालका राजनीतिक दलहरूको आर्थिक वर्ष २०८०/८१ को खर्च व्यवस्थापन शङ्कास्पद देखिएको छ । दलहरूको विवरणमा खर्चको अर्थपूर्ण हिस्सा कार्यालय सञ्चालन, भ्रमण, यातायात र इन्धन शीर्षकमा उल्लेख छ । निर्वाचन आयोगमा प्रमुख राजनीतिक दलले बुझाएको आयव्ययको विवरण अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले कार्यालय सञ्चालन, इन्धन र यातायात तथा भ्रमण एवं कर्मचारीको तलब भत्ता शीर्षकमा अत्यधिक खर्च भएको देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०/८१ मा तीन करोड ५३ लाख ४२ हजार ४१४ रुपियाँ कार्यालय सञ्चालन शीर्षकमा खर्च भएको उल्लेख गरेको छ । रास्वपाले यातायात र इन्धन शीर्षकमा मात्रै करिब ८५ लाख ८५ हजार ९४५ रुपियाँ खर्च गरेको छ । रास्वपाको इन्धन र यातायात खर्च संसद्को सबैभन्दा ठुलो दल कांग्रेसभन्दा तीन गुणा बढी छ । कर्मचारीको तलबमा रास्वपाले करिब एक करोड खर्चेको छ । सफ्टवेयर खरिदमा ५१ लाख ६४ हजार ४५२ रुपियाँ खर्च गरेको रास्वपाको व्ययको विवरणमा उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४२ ले निर्वाचन आयोगले दलको लेखा परीक्षण जाँच गराउन सक्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम आयोगले लेखा परीक्षण प्रतिवेदन परीक्षण गर्न अधिकारी तोक्ने र सम्बन्धित अधिकारीले दलसँग कागजात माग्न सक्ने र त्यस्तो विवरण वा कागजात तोकिएको समयभित्र सम्बन्धित दलले बुझाउनुपर्ने छ । नेकपा (एमाले) ले आव २०८०/८१ मा करिब सात करोड ८६ लाख खर्च जनाएको छ । उसले गैरसञ्चालन खर्च शीर्षकमा एक करोड ५९ लाख रुपियाँ खर्च गरेको छ । इन्धन, यातायात र भ्रमण खर्चमा सो दलले करिब ३४ लाख ३६ हजार ६९६ रुपियाँ खर्च गरेको हो । एमालेले अतिथि सत्कार तथा बैठकमा करिब ७५ लाख र सेवा खर्चमा ७९ लाख ६८ हजार रुपियाँ खर्चेको हो । सेवा खर्च शीर्षक अनुसूची १५ अन्तर्गत सो दलले विवरणमा उल्लेख गरेको छ तर अनुसूची १५ कर्जासम्बन्धी विवरणसँग सम्बन्धित छ । एमालेले उल्लेख गरेको अनुसूची र खर्चको विवरण नमिलेको पाइएको छ । कर्मचारी पारिश्रमिक तथा कार्यकर्ता शीर्षकमा एमालेले ७१ लाख ८२ हजार खर्च भएको जनाएको छ । नेपाली कांग्रेसले आव २०८०/८१ मा तीन करोड १० लाख रुपियाँ खर्च गरेको छ । कांग्रेसले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको ५० लाख रुपियाँ खर्च अन्तर्गत राखेको छ । कांग्रेसले अन्य विविध प्रशासनिक खर्चमा २६ लाख २० हजार खर्च गरेको छ । कर्मचारी तलब तथा ज्याला शीर्षकमा कांग्रेसले एक करोड दुई लाख २८ हजार १११ रुपियाँ खर्च भएको जनाएको छ । सहयोग तथा चन्दा शीर्षकमा अन्य व्यक्ति तथा संस्थाबाट एक करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ प्राप्त गरेको कांग्रेसले ३४ लाख ९० हजार आर्थिक सहयोग गरेको छ । नेकपा (माओवादी केन्द्र) ले आव २०८०/८१ मा एक करोड ८६ लाख ५५ हजार ५९० रुपियाँ खर्च गर्यो । माओवादी केन्द्रले करिब एकतिहाइ खर्च कार्यालय सञ्चालन शीर्षकमा देखाएको छ । कार्यालय सञ्चालनमा ४९ लाख ६३ हजार र कर्मचारी तलब भत्तामा ३५ लाख २२ हजार रुपियाँ माओवादी केन्द्रले खर्च भएको उल्लेख गरेको छ ।
१७ वर्षमा जेल ४८ वर्षमा मुक्त
फौजदारी मुद्दामा दोषी ठहर भई किशोरावस्थामै कारागार पुगेका झापा मेचीनगरका सार्के तामाङ कानुनले तोकेभन्दा छ वर्ष बढी सजाय भुक्तान गरी रिहा भएका हुन् । कानुनी व्यवस्थालाई राज्यले नै उपेक्षा गर्दा लागुऔषध र कर्तव्य ज्यान दुई मुद्दामा सार्केले पाउनुपर्ने अधिकतम २४ वर्ष
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४५ औँ बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्यामा हेरफेर गर्ने निर्णय गरेको छ ।
भाग्न खोजेका अभियुक्तलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लियो
काठमाडौँको टोखाबाट एक ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्राफिक व्यवस्थापन गर्न १८० नगर प्रहरीलाई तालिम
‘नगर प्रहरीले प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सक्छन्’
स्थानीय तहमै आगलागी नियन्त्रण समिति गठनको माग
राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
'सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ'
गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताउनुभएको छ ।
देश विकासका निम्ति सबै दल एकै ठाउँमा उभिनुपर्छ : राष्ट्रियसभा सदस्य रुक्मिणी कोइराला
राष्ट्रियसभाको सदस्य भएको एक वर्ष मात्र भयो । यो एक वर्ष राष्ट्रियसभामा रहँदैगर्दा धेरै अनुभव लिन पाएँ । पहिलो कुरा त कानुन निर्माण गर्ने विषयमा धेरै कुरा अध्ययन गर्ने मौका मिल्यो ।
राष्ट्रप्रति समर्पित युवा पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ ।
उच्च अदालत बार हेटौँडाको अध्यक्षमा भट्टराई निर्वाचित
उच्च अदालत बार एसोसिएसन हेटौँडाको अध्यक्षमा अधिवक्ता मनप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न एसोसिएसनको निर्वाचनबाट दुई वर्षे कार्यकालका लागि भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
सार्वजनिक सञ्चारमाध्यमका पत्रकारका लागि क्षमता विकास कार्यक्रम
आमसञ्चारलाई व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक बनाउने उद्देश्यले सार्वजनिक सञ्चारमाध्यममा क्रियाशील पत्रकारका लागि एक दिवसीय क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ ।
‘देशी गाई’को महत्व जगाउन ‘जनकधाम’
हिन्दू संस्कारमा गाईको महत्व जन्मेदेखि मृत्युपर्यन्त छ । पञ्चगव्य अर्थात् दूध, दही, घ्यू, गहुँत (गौमूत्र) र गोबर विविध संस्कारमा प्रयोग हुने कुरा आम नेपालीका लागि नौलो विषय होइन ।
विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन माग
बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको बागमती प्रदेश विश्वविद्यालयमा डीन नियुक्तिका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयले इन्जिनियरिङ वा व्यवस्थापन विधाका डीन नियुक्तिका लागि आवदेन माग गरेको हो ।
चट्याङ लागेर मनहरीमा तीन जना घाइते
मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा चट्याङ लागेर मङगल मुक्तानसहित तीन जना घाइते भएका छन् । घर बाहिर बसिरहेको अवस्थामा एक्कासि चट्याङ लाग्दा मङ्गल मुक्तानसहित तीन जना घाइते हुनुभएको हो ।
राष्ट्रको सुरक्षामा सेनाको महत्वपूर्ण भूमिका
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रको सुरक्षामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।
टेकोका भरमा झोलुङ्गे पुल
चितवन र तनहुँ जिल्लालाई जोड्ने देवघाटधाममा रहेको झोलुङ्गे पुल जीर्ण भइसक्दा पनि सम्बन्धित निकायले मर्मत कार्यमा चासो नदेखाउँदा जोखिम बढ्दै गएको छ ।