नीति निर्माण तहमा युवाको सहभागिता गौण रह्यो : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नीति निर्माण तहमा युवाको सहभागिता गौण रहेको बताउनुभएको छ।
विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न माग गर्नुभएको छ ।
राष्ट्रिय गौरवका आयोजनाको काम सम्पन्न गरिने छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गरी चालु परियोजनालाई ‘आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न गरिने बताउनुभएको छ ।
प्रधानसेनापतिद्वारा पुरस्कार प्रदान
प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ का विजयी क्लब र खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नुभएको छ ।
सीमित श्रोतमै अधिक सुविधा दिने गरी काम गरिरहेका छौं : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न नसक्ने बताउनुभएको छ । आइतबार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजि वार्ड तथा पिआइसियु कक्षको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड
समितको आजको बैठकमा उहाँहरूले विधेयकमा ‘निजामति कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभई कुनै पनि संवैधानिक वा अन्य सार्वजनिक पदमा नियुक्त नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको हो ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा रु ३०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १०ले वृद्धि भएको छ ।
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
काठमाडौँ, वैशाख २८ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी कर्ताहरूलाई आकर्षित गरे मात्रै देशको अर्थतन्त्रले लय समात्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८२–०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र रोजगारी सिर्जनासँगै लगानीकर्तालाई आकर्षित गर्न जरुरी रहेको उहाँको भनाइ छ । वर्तमान सरकार निजी क्षेत्रका कुरा सुन्न र निजी क्षेत्रका समस्या समाधान गम्भीर छ त्यसैले पनि वर्तमान सरकारले सरकार निर्माण भएसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक सुधार सुझाव आयोग गठन गरेर अर्थतन्त्रका समस्या समाधान गर्ने प्रयास गरेको बताउनु भयो । उहाँले अध्यादेशमार्फत विधेयक ल्याएर अर्थतन्त्रमा देखिएका समस्या समाधानको पहल गरेको उल्लेख गर्नुभयो । अर्थतन्त्र चलायमान बनाउन बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट र कानुनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरू कानुन निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने बताउनु भयो । उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘अहिलेको सरकार निजी क्षेत्रका कुरा सुन्नका लागि, निजी क्षेत्रका समस्या समाधान गर्नका लागि व्याघ्र छ । सरकार बने लगत्तै अर्थतन्त्रमा जुन किसिमको शिथिलताको स्थिति छ, यो शिथिलतालाई चिर्ने, बाहिर निस्किने र चलायमान बनाउने कसरी भनेर छलफल गरेका थियौँ । छलफलका क्रममा के महसुस गर्यौँ भने हामीसँग केही यस्ता कानुनी व्यवधानहरू छन्, ती व्यवधान नपन्छाई निजी क्षेत्रलाई उत्साह भर्न सकिँदैन भन्ने ठम्याइका आधारमा केही कानुन अध्यादेशका मार्फतबाट सम्बोधन गर्ने कोसिस गरेका छौँ । कानुन संशोधनको प्रक्रिया यति मात्रै पर्याप्त छैन, कानुन संशोधनका कामहरू पनि जारी राख्छौँ, अरू निजी क्षेत्रका सम्बोधन गर्नुपर्ने मागहरूका सम्बन्धमा पनि हामीले ध्यान दिनुपर्छ र समग्र अर्थतन्त्रलाई गतिशील बनाउन ध्यान दिनुपर्छ भन्ने हिसाबले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनायौँ । आर्थिक सुधार सुझाव आयोगले दिएका सुझावहरू क्रमशः कार्यान्वयन गर्छौँ भनेका छौँ । एकै पटक सबै कार्यान्वयन गर्न सम्भव छैन । बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट गर्ने हो, कानुनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरू कानुन निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने हो । अरू कार्यकारी तहको निर्णयबाट गर्न सकिने समाधानका लागि तदनुकुलका निर्णय गर्ने हो । तपाईँहरूको मनोबल नबढाई र लगानी कर्ताहरूलाई आकर्षित नगरी, रोजगारी सिर्जना नगरी हाम्रो देशको अर्थतन्त्र अगाडि जान सक्दैन ।’उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रले दिएका सुझावहरूलाई सम्भव भएसम्म सरकारले ध्यान दिने पनि बताउनु भयो ।
रोकियो टर्मिनल भवनको निर्माण
भरतपुर विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको निर्माण रोकिएको छ । भवनको छानोको डिजाइन परिवर्तन गरिएपछि चार महिनादेखि निर्माण कार्य रोकिएको हो । आधुनिक सुविधासम्पन्न हुने भवनमा सुरुको डिजाइनको छाना परिवर्तन भएर नयाँ बनाइएको निर्माण गर्दै गरेको क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालिका इन्जिनियर सुनील साहले जानकारी दिनुभयो ।
उपन्यास मत्श्यकन्याको मुलुकमा एक समीक्षा
पुराणकथाअनुसार माझीले जालमा पारेको माछोको पेटबाट अत्यन्त सुन्दर कन्या प्रकट हुन्छिन् । तिनै हुनुहुन्छ मत्श्यकन्या । शीर्षकमा मिथकीय सम्मिश्रण छ । चार वेद लेख्ने वेदव्यास माझीपुत्र हुनुहुन्थ्यो । पुराणमा उहाँले मत्श्यगन्धाको कथा लेख्नुभएको छ । महाभारत उहाँले लेख्नुभयो र सूर्यको छोरा कर्णलाई प्रारब्धले माझीको धर्मपुत्र बनाएको कुरा लेख्नुभयो ।
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित
सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहले जथाभाबी फोहोर फाल्ने गरेका छन् । यहाँका १२ वटा स्थानीय पालिकाको फोहोर व्यवस्थापन गर्ने निश्चित स्थानको अभावमा सधैँ दुर्गन्ध फैलिने गरेको छ ।
देउराली पाण्डव पार्क निर्माण सुरु
दोलखाको भीमेश्वर नगरपालिका–४ स्थित जिलु सामुदायिक वन क्षेत्रको ७५ रोपनी जग्गामा देउराली पाण्डव पार्क निर्माण सुरु भएको छ । गुरुयोजनामा उल्लेख भएकामध्ये बागमती प्रदेशको करिब एक करोड रुपियाँको लगानीमा केही संरचना निर्माण भएका देउराली पाण्डव पार्क निर्माण उपभोक्ता समिति अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कोइला बोकेको ट्रक पल्टेर मुग्लिन सडक अवरुद्ध
मुग्लिन नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोलानजिक कोइला बोकेको ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध भएको छ ।
‘टिपर’ दुुर्घटनामा चालकको मृत्यु
मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै , सरकारको नीति तथा कार्यक्रम पारित गरिने
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।
जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवाद : मन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको प्रभावबाट मुलुकले भोग्नुपरेका असरबारे विश्वको ध्यानाकर्षण गराउन र समाधानका लागि साझा धारणा बनाउन ‘सगरमाथा संवाद’को आयोजना गर्न लागिएको बताउनुभएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
‘निर्माणमैत्री कानुन बनेनन्’
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माणमैत्री ऐन कानुन नबन्दा निर्माण व्यवसायी बर्सौंदेखि समस्यामा पर्दै आएको बताउनुभएको छ ।
आजको मौसमः पहाडी भू भागमा आंशिक बदली हुने
काठमाडौँ, वैशाख २८ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गणडकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बज्रमादी जलविद्युतकाे वित्तीय व्यवस्थापन सम्पन्न
बज्र इनर्जी भेन्चर्स प्रालिले प्रवर्धन गरेको २४.८ मेगावाटको बज्र मादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । शुक्रबार एनएमबी बैङ्क लिमिटेडको नेतृत्वमा कृषि विकास बैङ्क लिमिटेडसहित तीन अर्ब ७४ करोड पाँच लाख रुपियाँ बराबरको ऋण लगानी सुनिश्चित गरिएको छ ।
हराउँदै रैथाने मकै
बजारमा सहजै पाइने उन्नत बिउ र घरमा बिउ राख्दा हुने झन्झटले रैथाने मकैको बिउ हराउँदै गएको छ । किसानले पुराना बालीको बिउ जोगाउने चलन हराउँदै जाँदा उन्नत (हाइब्रिड) को प्रयोग बढ्दै गएको हो ।
कृषिमा दश प्रतिशत बजेट माग
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कृषि तथा पशुपक्षी विकास विभागले कुल बजेटको कम्तीमा १० प्रतिशत कृषि क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
सरकारी जग्गाबारे निवेदनको चाङ
स्थानीय तहलाई सरकारी जग्गा उपयोगको हक हस्तान्तरणका लागि कानुनी जटिलता फुकाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदनको चाङ लागेको छ ।