एनपिएलका लागि टिकट मूल्य सार्वजनिक
यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।
‘नेपालमा सुटिङ गर्न उत्साहित हुने छु’
बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ, कबिर खान ।
आज काठमाडौंका यी स्थानमा बिजुली काटिने
काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार बिजुली काटिने जनाएको छ ।
आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जिप सफारीको रुट व्यवस्थापन चुनौतीपूर्ण
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक लिएर भित्रिने जिप सफारीको रुट व्यवस्थापन चुनौती बनेको छ ।
आश्रितलाई एक लाख सन्ताउन्न हजारसम्म पेन्सन
काठमाडौँको डिलक्स कन्सल्टेन्सी ओभरसिज कम्पनीमा कार्यरत सुमनकुमार महर्जनको मृत्युपछि उहाँकी श्रीमती सुलोचना महर्जनले विगत आठ महिनादेखि दम्पती निवृत्तिभरण अन्तर्गत मासिक रूपमा रकम प्राप्त गर्दै आउनुभएको छ ।
उच्च मूल्यबाट बिस हजारले घट्यो सुन
स्थानीय बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार नौ सय रुपियाँले घटेको छ । सुन आयातमा लाग्दै आएको भन्सार दर सरकारले घटाएका कारण सुनको मूल्य एक्कासि घटेको हो ।
वरुण बेभरेजद्वारा सत्ताइस करोडभन्दा बढी राजस्व चुहावट
झुटा तथा नक्कली बीजक खरिद गरी वरुण बेभरेजले २७ करोडभन्दा बढी राजस्व चुहावट गरेको उच्च अदालत पाटनले ठहर गरेको छ ।
चाम्लिङ भाषा समावेश गर्न माग
किरात राई चाम्लिङ खाम्बातिमले सरकारी सञ्चारमाध्यममा चाम्लिङ भाषाले पनि स्थान पाउनुपर्ने माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।
बन्ने भयो हिंसापीडित राख्ने भवन
लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई सुरक्षित रूपमा राख्न ‘मङ्गला सहाना पुनस्र्थापना केन्द्र’ को भवन बन्ने निश्चित भएको छ ।
तत्कालीन नगरप्रमुखलाई कैद सजाय
विशेष अदालतले सिरहाको कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माण अनियमिततामा तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनालाई दुई वर्ष छ महिना कैद सजाय गरेको छ ।
त्रिविमा कर्मचारी छनोटमा गोलमाल,परीक्षाफलको सात वर्षपछि परीक्षै रद्द
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले खुला प्रतिस्पर्धाबाट प्रशासनिक तथा प्राविधिक कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गरेर सार्वजनिकसमेत गरिसकेको नतिजा सात वर्षपछि रद्द गरेको छ ।
धितोपत्र बोर्डले पायो नयाँ नेतृत्व
करिब एक वर्षपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।
खेलकुद महासंघद्वारा खेलकुदमन्त्रीको ध्यानाकर्षण
नेपाल खेलकुद महासंघले संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई खेलकुदसँग सम्बन्धित विभिन्न सात बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघका कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयका गएको टोलीले मन्त्री चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
'हिंसारहित समाज निर्माण र आत्मविश्वासका लागि खेल क्षेत्र रोज्यौं'
छोरी मान्छे हत्तपत्त घरबाहिर निस्कन हुन्न भन्ने सोचाइ छ । अझ कतै हिंसा त कतै आफैमा लज्जाउने स्वभाव । यस्तै कथा र ब्यथाको संगालोलाई चिर्दै केही साहसिक महिलाले आफूलाई खेलाडीको रुपमा परिचित गराउनु भएको छ ।
देशलाई संकटमुक्त बनाउन दुई दलको सहकार्य : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेको बताउनुभएको छ । सोमबार एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै महासचिव पोखरेले सो कुरा बताउनुभएको हो ।
भिरबाट लडेर प्रजाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्युभएको छ ।
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति
काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती जोखिममा परेको थियो ।
नेपाल संसारलाई देखाउन सक्ने सम्पदाले भरिपूर्ण देश : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाहरूले भरिपूर्ण देश भएको बताउनुभएको छ ।
एनपिएलका आठ मार्की खेलाडीको नालीबेली
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुनधारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो ।
चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेश र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठन्डीबाट बचाउने पूर्वतयारी गर्न सोमबार ध्यानाकर्षणपत्र गराएको छ ।
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : अध्यक्ष नेपाल
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गर्नुभएको छ ।
तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्दै उपमहानगर
तीन पाङ्ग्रे सवारी साधनका कारण अस्तव्यस्त बनेको बागमती प्रदेशको राजधानी हेटौँडामा तीन पाङ्ग्रे सवारी साधनलाई व्यवस्थापन गरिने भएको छ ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
उपनिर्वाचनका क्रममा आइपर्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले सोमबारदेखि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ ।