• १० मंसिर २०८१, सोमबार

भिरबाट लडेर प्रजाको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, मङ्सिर १० गते । मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्युभएको छ ।

कैलाश गाउँपालिका –२ छ्याङदुङ घरभएका १७ वर्षीय प्रजा मनहरीबाट आफ्नो घर छ्याङदुङतर्फ जानेक्रममा आइतबार राति भिरबाट करिब ५० मिटर तल मनहरी खोलामा लडेर घाइते हुनुभएको थियो ।  

लडेर गम्भीर घाइते भएका प्रजाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा सोमबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रजाको शव नयाँ मेडिकल कलेजमा राखिएको छ ।

यसैबिच मकवानपुरको थाहा नगरपालिका –८ स्थित खानीखोलामा एक वृद्ध मृत अवस्थामा फेला पर्नुभएको छ । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका –४ बरियागाउँका वर्ष ७५ का सूर्यबहादुर तामाङ बाटो छेउमा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पालुङबाट २५ किलोमिटर पश्चिममा रहेको छ ।