विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ ।
बिरामी हुनुभन्दा अगाडि नै स्वास्थ्य परीक्षण गरौं : उपप्रधानमन्त्री सिंह
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गर्नुभएको छ ।
पक्की पुल निर्माण सुरु भएको ९ वर्षपछि बेलिब्रिज जडान
मध्य पहाडी लोक मार्गको धादिङ खण्डमा पर्ने त्रिपुरा सुन्दरी गाउँपालिका स्थित खहरेको आँखु खोलामा नौ वर्ष पछि बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै छ । सोमबार साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालये जनाएको छ ।
खोरेत रोग विरुद्ध खोप अभियान
पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि मकवानपुरमा खोरेत रोग विरुद्ध खोप अभियान थालिएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा खोरेत रोग विरुद्ध पशुहरूमा खोप लगाउन थालिएको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।
बीउको गुणस्तरीयतामा कृषिमन्त्री अधिकारीको जोड
काठमाडौंमा १५ औं राष्ट्रिय हर्टिकल्चर सम्मेलन सुरु भएको छ । नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।
प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल सुरु गर्नुभएको छ ।
सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार
त्रिमूर्ति निकेतनले रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
तोलामा १५ हजार नौ सयले घट्यो सुनको मूल्य
सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
एनपिएलले नेपालकाे पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग [एनपिएल] को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी अनावरण
नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको छ । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उहाँले ट्रफी अनावरण गर्नुभएको हो ।
सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
ट्रक पल्टिँदा दुई जनाको मृत्यु
नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत नौ–किलाेमा आइतबार राती ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
डलर र युरो रकमसहित तीन जना भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्रोत नखुलेको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रा सहित तीन जनालाई सार्वजनिक गरिएको हो ।
उत्तरविधायिकी परीक्षणको अभ्यास गरिँदै
बागमती प्रदेश सभाले गठन भएयताको सात वर्षपछि पहिलो पटक उत्तरविधायिकी परीक्षण गर्ने अभ्यास सुरु गरेको छ । उत्तरविधायिकी परीक्षणमा
प्लास्टिकजन्य फोहाेर नजलाउन वातावरण विभागको आग्रह
काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहाेर नजलाउन आग्रह गरेको छ ।
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।
तरकारी किनमेल
काठमाडौँ , मङ्सिर १० गते । काठमाडौँ महानगरपालिका १६ स्थित माछापोखरी सडक किनारामा सोमबार बिहान तरकारी तथा कृषि उपज खरिदबिक्री गरिँदै । तस्बिर ः रासस
नेवानिले पनि हटायो माथिल्लो भाडादर
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फको माथिल्लो भाडादरको हवाई टिकट नबेच्ने भएको छ ।
लगानीको वातावरण सिर्जना गर्न नीतिगत सुधार गरिने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातारण सिर्जना गर्न नीतिगत सुधार गर्न लागिएको बताउनुभएको छ ।
आकर्षण बढेन प्रधानमन्त्री रोजगार कार्यक्रममा
वैदेशिक रोजगारीको विकल्पमा सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको एक सय दिनको रोजगारीले युवालाई आकर्षण गर्न सकेको छैन ।
नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले आइतबार साँझ बढुवा हुने प्रहरी अधिकृतहरूको नाम सार्वजनिक गरेको हो ।
‘सार्कका पत्रकारबिच सहकार्य आवश्यक’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्कभित्रका पत्रकारको सद्भाव र सहकार्य हुन आवश्यक रहेको बताउनुभएको छ ।