• १२ पुस २०८१, शुक्रबार

प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

blog

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्नुहुँदै । तस्बिर : सागर बस्नेत

काठमाडौं, मङ्सिर १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल सुरु गर्नुभएको छ ।

साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते सोमबार चीन भ्रमणमा जाने कार्यक्रम छ ।


छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहभागी हुनुहुन्छ ।

साथै पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, विमला राई पौड्याल, महेन्द्र पाण्डेय, एनपी साउद, ईश्वर पोखरेललगायत छलफलमा उपस्थित हुनुहुन्छ । यसैगरी, छलफलमा परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि सहभागी हुनुहुन्छ ।