पलेशालाई दश लाखसहित सम्मान
बागमती प्रदेश सरकारले पेरिस २०२४ पारा ओलम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूत उपर सार्वजनिक उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।
वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा
साँझ ढल्किँदै जाँदा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भीड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको हजारौँको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो ।
‘समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।
माथिल्लो टोल थःने या सम्पन्न (फोटो फिचर)
काठमाडौँमा जारी रहेको इन्द्रजात्रा येँया को चौथो दिन पूर्णिमाको दिन पनि रथजात्रा हर्षोल्लासका साथ मनाइयो । यो दिनमा नेवार समुदायले विशेष गरेर समयबजि खाने दिनको रूपमा लिने गरेको छ ।
सुनको मूल्य तोलामा आठ सयले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार छ सय निर्धारण भएको छ ।
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका अवसरमा माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको छ ।
संविधान दिवस विशेष समारोहका आकर्षक झलक (फोटो फिचर)
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरेको छ।
आजबाट दैनिक पाँच सय जनाले धरहरा चढ्न पाउने, प्रवेश निःशुल्क
सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरी आजदेखि धरहरा सञ्चालन गरेको हो ।
‘देश र जनतालाई केन्द्रमा राखौँ’
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सरकार र सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।
नयाँ पर्यटकीय क्षेत्र थपिँदै
भरतपुर भ्रमण वर्ष पारेर यस क्षेत्रमा नयाँ पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । भरतपुर आउने पर्यटकलाई केन्द्रित गरी पर्यटकीय गतिविधि सञ्चालनमा आएका छन् ।
घाँसघर र पानीपोखरीले किसानलाई राहत
चौतारा साँगाचोकगढी नगरपालिका–११ ले वडाभरका किसानको सहजताका लागि घाँसघर र सिँचाइका लागि पानीपोखरी निर्माण गरी काम गर्न थालेको छ ।
संविधानको अधिकार उपभोग गर्नुपर्छ: प्रधानमन्त्री
नेपालको संविधान २०७२ ले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अर्थपूर्ण सहभागिताको प्रतीक्षामा महिला
पूर्णिमाको चन्द्रमा हेर्दा अति सुन्दर देखिन्छ । हरेक पन्ध्र दिनको प्रतीक्षापछि त्यो सुन्दरता निहार्ने दिन फेरि आउँछ ।
अधिकारसम्पन्न स्थानीय तह
नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार गठन हुने व्यवस्था गरेको छ ।
मुग्लिङ–नारायणगढ सडकखण्ड भासिँदै
स्थायी समाधान हुन नसक्दा मुग्लिङ–नारायणगढ सडकखण्डको नौ किलोमा सडक भासिने गरेको छ । यो सडक सञ्चालनमा आएदेखि विभिन्न स्थानमा सडक भासिने र त्य
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
संवैधानिक अधिकार कार्यान्वयन हुनुपर्छ
नेपालको संविधान २०७२ कार्यान्वयनमा आएको नौ वर्ष पूरा भएको छ ।
पर्यटकीय मौसम सुरुसँगै चहलपहल बढ्दै
अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ । यस्तो अवस्थामा अब पर्यटन क्षेत्र थप चलायमान बन्दै जाने व्यवसायीको विश्वास छ ।
यस्तो छ सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता (विस्तृत)
सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । २०८१ असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदे सहमतिमा व्यक्त राष्ट्रिय हितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन नीतिगत प्रतिबद्धतामा उल्लेख छ ।
संविधानमार्फत सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको स्वतन्त्रता‚ सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको उल्लेख गर्दै यसले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्यका साथै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभयो ।