दमौलीमा एक महिने हिन्दु महामिलन पर्व सुरु
तनहुँस्थित दमौलीलाई विश्वभर परिचित गराउन एवम् धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यासको जन्मभूमि दमौलीमा एक महिने विश्व ओमकार तथा हिन्दु महामिलन पर्व सुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा यो पर्व आयोजना गरिएको छ ।
बजार अनुगमन तीव्र
पूर्वी नवलपरासीमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । बजार अनुगमन जिल्लाको कावासोती, देवचुली, गैँडाकोट नगरपालिका क्षेत्रमा गरिएको छ ।
मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित
विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।
शम्भु र मिलनका कृति बजारमा
वालिङका दुई साहित्यकार शम्भु अर्याल र मिलन उपाध्याय (समीर) का दुई कृति बजारमा आएका छन् ।
पर्वतमा वर्षा र हावाहुरीले धानबालीमा क्षति
मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।
भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ ।
प्रभावकारी बन्दै मेयर बाख्रा पकेट कार्यक्रम
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिइने बताउनुभएको छ । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मुस्ताङको संस्कृतिप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण मुस्ताङको ऐतिहासिकता, भौगोलिकता, संस्कृति र परम्परामा पुगेको क्षतिबारे सरकार संवेदनशील भएको बताउनुभएको छ ।
हिमपात हुँदा किसान खुसी
सोमबार माथिल्लो मनाङमा हिमपात भएको छ । हिमपात भएपछि बालीनाली सप्रिने भएकाले यहाँका कृषक खुसी भएका छन् ।
प्रधानमन्त्री प्रचण्डद्वारा कागबेनी र कोरला नाकाको हवाई निरीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी चीनसँग सिमाना जोडिएको कोरला नाका र गत साउनमा बाढीले क्षति पुर्याएको कागबेनी क्षेत्रको हवाई निरीक्षण गर्नुभएको छ ।
हिमालको संरक्षण सिङ्गो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिङ्गो विश्वको साझा दायित्व भएको बताउनुभएको छ ।
ढिलासुस्तीले थलिए सडक योजना
म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा–दरवाङ खण्ड २०७८ जेठ महिनामा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो ।
लिगलिगे दौडको उपाधि राईलाई
लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जित्नुभएको छ । लिगलिग कोट विकास अभियानको आयोजनामा बुधवार भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो ।
अझै सञ्चार सुविधाविहीन तनहुँवासी
तनहुँको व्यास नगरपालिका क्षेत्रकै बासिन्दा सञ्चार सेवाबाट वञ्चित छन् । २१ औँ शताब्दीको सूचना तथा सञ्चार प्रविधिको युगमा फोन गर्नका लागि आधा÷एक घण्टा हिँडेर डाँडाकाँडा धाउनु पर्ने बाध्यता अझै छ ।
प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा
प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङको जोमसोममा आउनुभएको छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड मुस्ताङ आउनुभएको हो ।
चार महिनापछि सडक सञ्चालन
पर्यटकीय गन्तव्यका रूपमा चिनिने गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै चार महिनापछि सञ्चालनमा आएको छ । पूर्वाधार कार्यालय गोरखाको सहयोगमा ठुलो जेसिबी लगाएर सात दिनसम्म पहिरो पन्छाएपछि मङ्गलबारदेखि बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको हो । गत असार महिनादेखि बाढी र पहिरोले क्षतिग्रस्त ग्रामीण सडक खुलाउन सात दिनसम्म ठुलो जेसिबी प्रयोग गरिएको थियो । पूर्ण रूपमा क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाएपछि मङ्गलबारदेखि सडक नियमित भएको पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर सुनील कुशुहाले जानकारी दिनुभयो । उहाँका अनुसार बारपाक–सुलीकोट गाउँपालिका र धार्चे गाउँपालिका जोड्ने उक्त सडकखण्ड खुलेपछि मङ्गलबार नै यातायाताका साधन सञ्चालनमा आएका छन् । दसैँतिहार जस्ता चाडपर्वमा सर्वसाधारणको यात्रा सहज बनाउने उद्देश्यसहित अवरुद्ध भएको सडक खुलाउन पूर्वाधार विकास कार्यालय लागिपरेको पनि उहाँको भनाइ छ ।
कुस्माकाे फोहोर व्यवस्थापन: एनजिओलाई मालामाल नगरलाई करोडौँ नोक्सानी
पर्वतको कुस्मा नगरपालिकाले निजी संस्थालाई फोहोर व्यवस्थापनको जिम्मा दिँदै बेवास्ता देखाएका कारण करोडौँ रकम नोक्सानी व्यहोर्नु परेको छ । जनप्रतिनिधिहरूको मिलेमतोमा नगरलाई व्ययभार मात्र बोकाएर मिलेमतोमा निजी संस्थालाई फोहोर व्यवस्थापनको नाममा कमाऊ धन्दा चलाउन दिएको स्थानीयको आरोप छ ।
लुुलाङमा तीन महिनापछि बिजुुली बल्यो
म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम साता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए ।
दसैँ यात्रा सहज बनाउन मर्मत गरिँदै राजमार्ग
स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारीसाधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ । राष्ट्रिय गौरवका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा गैँडाकोटदेखि दाउन्नेसम्मको सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न सहज हुने गरी मर्मत सुरु भइसकेको छ । आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले भन्नुभयो, “अहिले गैँडाकोटदेखि डन्डासम्म एक सिफ्ट र डन्डादेखि दाउन्ने अर्काे सिफ्ट गरी दुई चरणमा मर्मत भइरहेको छ । गैँडाकोटदेखि बेल्डियासम्म मर्मत सकिएको छ भने कावासोती, दलदले डन्डा, चोरमारामा मर्मत गरिँदै छ र सबै ठाउँमा गरिने व्यवस्थापक झाले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड मुस्ताङ प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुस्ताङ प्रस्थान गर्नुभएको छ । मुस्ताङ पुगेर प्रधानमन्त्री प्रचण्डले स्थानीयबासीहरुसँग जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
एउटै पालिकामा पाँच हजार डेंगुका बिरामी, पाँचको मृत्यु
तनहुँमा एउटै पालिकामा डेंगुबाट झण्डै पाँच हजार बिरामी भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेंगुको सङ्क्रमण हुनका साथै पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
बालिकाहरूको समग्र विकासमा दायित्व बोध गराउन सम्मेलन
नवलपुरको देवचुली नगरपालिकामा तेस्रो नवलपुर बालिका सम्मेलन भएको छ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ सुरु गरिएको बालिका सम्मेलनमा १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
मासुको उचित भण्डारण गर्दैनन् व्यवसायी
मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ ।
सहुलियत पसलमै छैन चिनी
पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको सहुलियत पसलको बिक्री केन्द्र पुग्नुभयो । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्यो ।