• १५ मंसिर २०८१, शनिबार

नदीजन्य पदार्थ चोरी निकासी गर्ने गाडी नियन्त्रणमा

blog

लेखनाथ, पुस ४ गते । कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँच वटा टिपर नियन्त्रणमा लिएको छ । 

बुधबार बिहान साढे ५ बजे पोखरा–१९, चितेपानीबाट यसरी नदीजन्य पदार्थ ल्याउँदै गरेका गाडी कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।

ग १ ख १७८, ग १ क १५१४, ग २ ख ७७ र र ग १ ख ८४२९ नम्बरका टिप्पर र ग १ ख ५८६७ नम्बरको को मिनी टिपरलाई कागजपत्र बिना चोरी निकासी गरिरहेका बेला फेला पारी नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

आवश्यक अनुसन्धान एंव कारवाहीका लागि ती गाडीलाई एक्याप प्रदेश कार्यालय पोखरा पठाइएको छ ।