चितुवा नियन्त्रण गर्न पासो थापियो
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखिएको थियो ।
छोरीले गरिन् काजकिरिया
छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै तनहुँकी एक महिला आमाको किरिया बस्नु भएको छ। शुक्लागण्डकी नगरपालिका–१ काठिपिपलकी तारा कुवँर हुनुहुन्छ।
पोखरा–मुग्लिन सडकखण्डको जामुनेदेखि सेतीपुलसम्म सडक बन्द
स्तरोन्नती कार्य भइरहेको पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडकखण्डको अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेतीपुलसम्मको खण्ड अवरुद्ध हुने भएको छ।
मनकामनादेखि गोरखकाली मन्दिरसम्म पुग्ने म्याराथनको तयारी पूरा
गोरखाको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथनको सबै तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनको तयारी पूरा भएको हो ।
दरौखोलामा छाडियो ८० हजार भुरा
अर्जुनचौपारी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दरौखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडिएको छ । नेपाल विद्युत् प्राधिकरण काली गण्डकी ए जलविद्युत केन्द्र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारी स्याङ्जाको सहयोगमा ठेड, गर्जि र हाडे जातका माछाका भुरा दरौखोला केवरेखोला र दिर्जे खोलामा छाडिएको हो ।
समयमै योजना सम्पन्न गरी भुक्तानी लिने समितिलाई सम्मान
गोरखाको शहिद लखन गाउँपालिका – ७ बुङकोटले गाउँपालिकाबाट स्वीकृत चालु आर्थिक वर्षको योजनाा तथा कार्यक्रम अनुसार सञ्चालित योजनाहरुको अर्धवार्षिक समिक्षा गर्दै उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
मार्टहरुमा बढ्यो चोरीका घटना
जिल्लाका मार्ट पसलमा चोरीका घटना बढेको छ । पछिल्लो दुई हप्तामा तीनवटा मार्टमा पाँच पटक चोरी भएको प्रहरीले जनाएको छ । सदरमुकाम कावासोतीमा रहेको फेमिली पोइन्ट मार्टमा नै तीन पटक चोरी भएको छ ।
गण्डकी प्रदेशसभा सदस्य थापाको सपथ आज
गण्डकी प्रदेश सभामा समानुपातिक तर्फबाट सदस्यमा मनोनीत हुनुभएकी स्याङ्जाकी सुनीता थापाको शपथ शुक्रबार हुँदैछ । प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त पदमा बन्दसूचीमा रहेका नामबाट नेपाली कांग्रेसले सिफारिस गरेपछि निर्वाचन आयोगले थापा निर्वाचित भएको पत्र प्रदान गरिसकेको छ ।
पोखरामा राखियो ‘आँखा बा’को प्रतिमा
पोखराको हिमालय आँखा अस्पतालमा ‘आँखा बा’ उपनामले परिचित प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा अनावरण गरिएको छ ।
क्यामिनकोट भैरव मन्दिर
तनहुँ, मङ्सिर २८ गते ।प्रचारप्रसारको अभावमा रहेको तनहुँको व्यास नगरपालिकाको टाकुरामा अवस्थित क्यामिनकोट भैरव मन्दिर । तस्बिरः रासस
स्याउको व्यापार
मुस्ताङ, मङ्सिर २८ गते । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बिक्रीका लागि सडक किनारामा राखिएका स्याउका पोकाहरु । तस्बिरः रासस
मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने
मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
चौध करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
कुश्मा नगरपालिकाले रु. १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गर्नुभयो । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
जन्मदेखि मृत्युसम्मै स्थानीय सरकार
लमजुङको सुन्दरबजार प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरपालिका हो ।
जलवायु परिवर्तन चुनौतीपूर्ण
जलवायु परिवर्तनका कारण देशभरि असर परेको अनुभव गरिँदै आएकोमा अन्नपूर्ण क्षेत्रमा भने अनेक चुनौती देखिएको सरोकारवालाले औँल्याएका छन् ।
प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान
परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् ।
लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा
सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलगायत माथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
मुस्ताङको झोङ न घाङ ‘शान्ति पार्क’ मा स्याउको प्रतिमा
मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा अवस्थित झोङ न घाङ शान्ति पार्क’मा स्याउको प्रतिमा र आसपास क्षेत्र ।
कालीगण्डकी कोरिडोर : पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो
गण्डकी प्रदेशलाई उत्तरबाट दक्षिण जोड्ने प्रमुख राजमार्गको रूपमा निर्माण भइरहेको कालीगण्डकी कोरिडोरको नवलपुर खण्ड (पहिरोग्रस्त क्षेत्रबाहेक) निर्माण सम्पन्न भएको छ ।
‘क्रप कटिङ’ विधिद्वारा धान उत्पादनको अध्ययन
म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलव शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ ।
रवि लामिछाने थप पाँच दिन थुनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ ।
वृद्धाभत्ताको रकम आश्रमलाई
तनहुँको वृद्धा बुढेसकालमा पनि सामाजिक काममा सक्रिय हुनुहुन्छ । व्यास नगरपालिका–१२ कमलबारी निवासी ९० वर्षीय बालकुमारी पन्थले सामाजिक सुरक्षाभत्ता(वृद्धाभत्ता) रकम बुझेर सामाजिक काममा खर्च गर्दै आउनुभएको छ ।
म्याग्दीमा भेटियो दुर्लभ रेड पान्डा
हिमाली जिल्ला म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनाको बन्चरेडाँडा क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रेड पान्डा (हाब्रे) भेटिएको छ ।
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई म्याद थपका लागि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । यसअघि मङ्सिर २३ गते थपिएको चार दिनको म्याद बुधबार सकिएपछि लामिछानेलाई अदालत लैजान लागिएको हो ।