गुणबहादुर रोका
सुलीकोट, मङ्सिर २८ गते । गोरखाको शहिद लखन गाउँपालिका – ७ बुङकोटले गाउँपालिकाबाट स्वीकृत चालु आर्थिक वर्षको योजनाा तथा कार्यक्रम अनुसार सञ्चालित योजनाहरुको अर्धवार्षिक समिक्षा गर्दै उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा कार्यालयले चालु आर्थिक वर्षमा पहिलो र दोस्रो योजना सम्पन्न गरी रकम भुक्तानी लिने उपभोक्ता समितिलाई प्रमाणपत्र र दोसाल्ला र कदरपत्रले सम्मान गरिएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष श्रेष्ठका अनुसार वडामा चालु आर्थिक वर्षमा कुल १९ वटा योजना छन् । जसमध्ये १४ वटा योजना उपभोक्ता समिति मार्फत गर्नु पर्ने छ, श्रेष्ठले भन्नुभयो, “हालसम्म दुई वटा योजना सम्पन्न भइसक्यो चार वटा अन्तिम चरणमा रहको साथै बाँकी योजना ६० प्रतिशत काम अघि बढीसक्यो ।”
वडा कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर उपभोक्ता समिति गठन गरी काम सम्पन्न गर्न सफल समितिलाई प्रोत्साहन स्वरुप वडामा आएका आगमी योजनाहरु निष्पक्ष पूर्वक काम गरी वडामा विकसित वडा बनाउने अभियानमा सबैको सहयोग र साथले मात्र सम्भव भएकाले सम्मान गर्ने कार्यक्रम राखिएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यस वर्ष गाउँपालिकाबाट स्वीकृत योजना तथा कार्यक्रममध्ये बनकाली गरन्जा गाउँ हुँदै सुसारे गाउँ सडक स्तरन्नति योजना उपभोक्त समितिले वडामा पहिलो पटक योजना सम्पन्न गरी रकम भुक्तानी लिएको वडा कार्यालले जनाएको छ ।
त्यस्तै अर्को योजनाअन्र्तगत मास्की छाप भुपु सैनिक ट्रस भवन निर्माण योजना उपभोक्ता समितिले वडामा योजना सम्पन्न गरी भुक्तानी लिने दोस्रो उपभोक्ता समितिको सम्मानित भएको छ । वडा कार्यालयले वडाको सामाजिक तथा विकास निर्माणको काममा योगदान पु–याएकाले उपभोक्ता समितिलाई सम्मान गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वडामा भएको सबै योजना आर्थिक वर्ष अगाबै २०८१ साल चैत महिनाको मसान्तसम्म योजना सम्पन्न गरी सबै उपभोक्तालाई भुक्तानीसहित सम्मान गरिने योजना रहेको वडा कार्यालयले जनाएको छ ।