आयरल्यान्डले नेपाललाई दियो २२३ रनको चुनौती
आयरल्यान्ड ‘ए’ टोलीले ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको छ ।
प्रभुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्र
म्याग्दीको मालिका गाउँपालिका-७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेसन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको छ
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो समय आन्तरिकभन्दा विदेशी पर्यटकको सङ्ख्या बढी हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ ।
म्याग्दीमा भित्रियो १६ हजार सेट पाठ्यपुस्तक
आगामी वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र २०८१ का लागि म्याग्दीमा करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् ।
कतै आमाछोरा कतै सुत्केरी परीक्षार्थी
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कास्कीबाट छ जना दृष्टिविहीन र १६ जना सुस्तश्रवण विद्यार्थीले परीक्षा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अमरसिंह माविका पाँच जना र खुलातर्फ एक जना गरी छ जना दृष्टिविहीनले पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएको जानकारी दिनुभयो । उनीहरूले आफ्नै विद्यालय अमरसिंह मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् । उहाँका अनुसार सिर्जना मावि लेखनाथका १६ जना सुस्तश्रवण भएका विद्यार्थीले लक्ष्मी मावि लेखनाथबाट परीक्षा दिएका छन् ।
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय
विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि गरेको छ ।
राष्ट्रपति पौडेल शनिबार देवघाट आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल भोलि देवघाट आउनुहुने भएको छ । तनहुँ र चितवन जोड्ने पुल उद्घाटन गर्नु हुने भएको छ । पौडेलले देवघाट धामको दर्शन तथा तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्मित पुलको उद्घाटन गर्न आउन लाग्नु भएको हो ।
घोप्टेभिरमा सडक ढलान
राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने घोप्टेभिर क्षेत्रमा सडक ढलान गरिँदै ।
कैदीबन्दी पनि एसइईमा सहभागी
चारैतिर अग्लो पर्खाल, त्यसमाथि काँडेतारले घेरिएको तनहुँका कारागारमा रहेका एक कैदी बन्दी एसइई परीक्षामा सामेल हुनु भएको छ ।
भलिबल कप्तान श्रेष्ठ सम्मानित
नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानमाहादुर श्रेष्ठ र सदस्य धनबहादुर भट्ट (डीबी) लाई सम्मान गरिएको छ । अर्जुन चौपारी गाउँपालिकाले बिहीबार श्रेष्ठ र भट्टलाई दोसल्ला ओडाएर मायाको चिनोसहित सम्मान गरेको हो ।
गरुड शिला
जिल्लाको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला
किरियापुत्री दाजुभाइले दिए एसइई
शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा चार हजार ९९ जना परीक्षार्थी सहभागी भएको र ३४ जना अनुपस्थित रहेको बताउनुभयो ।
मनाङबाट ४० जनाले दिए एसइई परीक्षा
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशको मनाङबाट ४० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । गण्डकीबाट ४० हजार नौ सय १८ परीक्षार्थी यसमा सहभागी छन् ।
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गर्नुभएको छ ।
कट्टेलडाँडासम्म कालोपत्रे हुँदै
गोरखा सदरमुकामबाट नजिकै रहेको ऐतिहासिक तथा सुप्रसिद्ध बौद्धिक थलोको रूपमा प्रख्यात गोरखा सदरमुकामबाट झन्डै दुई किलोमिटरको दुरीमा पर्ने कट्टेल चोक देखि कट्टेल डाँडासम्म सडक कालोपत्रे हुने भएको छ । गोरखा सदरमुकामबाट दुई किलोमिटर सडक बाटो कालो पत्रे हुन लागेको हो ।
अधिकांश पसलमा म्याद गुज्रेका सामान
म्याग्दी सदरमुकाम बेनी बजारका व्यवसायी पटक पटकको चेतावनीपश्चात् पनि नसुध्रिएको सरोकारवालाले गुनासो गरेका छन् । बुधबार बजार अनुगमनको समयमा अधिकांश पसलमा म्याद गुज्रेको सामान भेटिएपछि अनुगमनमा सहभागीले उक्त गुनासो गरेका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बागलुङको समन्वय तथा जिल्ला प्रशासन, बेनी नगरपालिका, पर्यटन तथा घरेलु कार्यालय एवं सरोकारवालाको समन्वय तथा सहभागितामा भएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य सामग्री भेटिँदा उक्त गुनासो आएको हो । जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा घरेलु कार्यालय तथा नगरपालिकाले पनि बजार अनुगमन गरेर लिखित चेतावनी दिने गरेको भए पनि बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री फेला पर्ने गरेको हो ।
जीविकोपार्जनसँग पर्यटन जोड्छौँ
मनाङ जिल्लाको चामे गाउँपालिका पर्यटकीय गन्तव्य हो । जिल्ला सदरमुकाममा रहेको चामे गाउँपालिका अन्नपूर्ण पदयात्राका साथै तिलिचो ताल जाने मार्गका रूपमा रहेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको यस पालिकामा लमजुङ हिमाल, कजिनसरा ताल, तातोपानी कुण्ड, पदमार्ग, लालीगुराँस बगैँचा आदि छन् । जिल्लाका चार वटा स्थानीय तहमध्ये चामे कार्यसम्पादन मूल्याङ्कनमा पहिलो रहँदै आएको छ । पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा आदि विषयमा केन्द्रित रही हिमालपारिको जिल्ला मनाङको मध्य भागमा अवस्थित चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेसँग गोरखापत्रका मनाङ समाचारदाता यदुप्रसाद भट्टले गर्नुभएको कुराकानी :
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई बताउनुभयो । एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माणको थालिएको थियो ।
मिटरब्याजीसम्बन्धी हेल्प डेस्क
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मिटरब्याजीसम्बन्धी हेल्प डेस्क स्थापना गरेको छ।
एमाले कास्की अध्यक्षमा अधिकारी
नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ । अधिकारी पाँचसय ५१ मतसहित विजयी बन्नुभएको हो ।
पोखरा २२ को वन अतिक्रमण गर्ने २२ जनालाई मुद्दा
पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीभुम्दीमा वन अतिक्रमण गर्ने २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय कास्कीले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको अभियोगमा मङ्गलबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
भुक्तानी पाएपछि काममा फर्किए निर्माण व्यवसायी
गत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउँदा काम छोडेर हिँडेका ठेकेदार काममा फर्किएका छन् । दायित्व भुक्तानी नपाएपछि प्रभावित बनेका चार ठुला सडक निर्माणले पुनः तीव्रता पाउने भएका छन् ।
बास्तोलाको खोजी गर्न सेती बाँध खोलिने
सेती नदीमा हाम फालेर बेपत्ता हुनुभएका सुगम बास्तोलालाई खोज्न सेतीको बाँध खोलिने भएको छ । नदीमा पानीको बहाव बढाएर बास्तोलाको खोजी गरिदिन परिवारले निवेदन दिएकाले बाँध खोलिन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जोमसोम कोरला सडक
बेनी-जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकाको कैह्कुमा हालै कालोपत्र भएको सडक र पृष्ठभूमिमा देखिएको धवलागिरि र टुकुचे पिक हिमशृङ्खलाको ड्रोनबाट लिइएको तस्बिर ।