खानेपानी आउन थालेपछि स्थानीय दङ्ग
जन्मेदखि नै कुवाको पानी खान बाध्य बुलिङटार डाँडाझेरी धौवादीका ६७ वर्षीय नरवीर मस्राङ्गीमगर पहिलो पटक घरमै खानेपानीको धारा पुगेपछि दङ्ग पर्नुभएको छ ।
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ । चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ ।
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् ।
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरी आज सार्वजनिक गरेको छ।
मानव कल्याणका लागि ज्ञान महायज्ञ
नवलपुरको देवचुली –१५ प्रगतिनगरमा रहेको पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालयमा धर्मप्रतिको जागरण तथा मानव कल्याणका लागि ज्ञान महायज्ञ गरिएको छ ।
पाखाबारीमा फुलेको तोरी
बागलुङको गलकोट नगरपालिका–६ नेपाने गाउँमा पाखाबारी फूलेको तोरी ।
तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरूङ निर्माण
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ ।
पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा अधिकारी निर्वाचित
नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका उम्मेदवार डिपी अधिकारी निर्वाचित हुनुभएको छ।
नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम
नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । गौतमको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको हो । शाखामा पदाधीकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ ।
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आँपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् ।
म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान
‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ । वयट्ली फन्ड फर नेचर ९डब्लुएफएन० अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान सुरु गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका लाटोकोसेरो संरक्षणदूत आयुष ढुङ्गानाले जानकारी दिनुभयो ।
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्र्दै आउनुभएको छ ।
एक हजार दुई सय कर्मचारीको दरबन्दी स्वीकृत
पोखरा महानगरमा करार कर्मचारीको म्याद थपबारे चर्किएको विवाद साम्य भएको छ ।
गण्डकी अध्यक्षमा पौडेल
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्षमा रमेश पौडेल निर्वाचित हुनुभएको छ ।
‘स्थायी सरकार बनाउन गठबन्धन’
नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले मुलुकमा स्थायी सरकार र त्यसको संरचना बलियो बनाउन कांग्रेस र एमालेको गठबन्धन भएको बताउनुभएको छ ।
निरोधात्मक उपचार प्राथमिकतामा: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोधात्मक उपचारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको शनिवार उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्यको बारेमा सचेतनाको कमी हुँदा बिरामी बढिरहेकोले सरकारको ठुलो रकम खर्च गर्नु परेकोले निरोधात्मक अस्पताल बनाउन लागिएको बताउनुभयो ।
ढोलठानबाट देखिएको धौलागिरि हिमाल
म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानबाट देखिएको धौलागिरि हिमालको दृश्य । हिउँदमा हिउँ नपर्दा सेता हिमाल कालो पहाड जस्ता देखिन थालेका छन् ।
स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको आज उद्घाटन गर्नुभएको छ।
पर्यटकको पर्खाइमा डुङ्गा व्यवसायी
पर्यटकीय राजधानी पोखराको लेखनाथस्थित बेगनास तालमा पर्यटकको पर्खाइमा डुङ्गा व्यवसायीहरु ।
रविमाथि मानव अधिकार हनन् भएको छैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार हनन् नभएको बताउनुभएको छ ।
कावासोतीमा नमूना सदरमुकाम निर्माण गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नवलपुरको कावासोतीमा बनाउने भनिएको नमूना सदरमुकाम निर्माण प्रकृयालाई छिटो र सहज बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
मुस्ताङमा आलु ‘जोन’
मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो ।
गोरखा म्याराथनमा देशभरका एक सय २५ धावक सहभागी
गोरखाको मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्मको म्याराथनमा एक सय २५ जना धावक सहभागी भएका छन् । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनमा देशभरिबाट एक सय २५ जना धावकहरू सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतले जानकारी दिनुभयो ।
बेनी अस्पतालको भवन आठ वर्षदेखि अलपत्र, नियामक निकाय मौन
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन । पाँच वर्षअघि सकिनुपर्ने ५० श्यया क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।