किताब बोक्न नपर्दा विद्यार्थी खुसी
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको नमुना सरकारी विद्यालयले विद्यालय जाँदा किताब बोक्नै नपर्ने अवधारणा ल्याएपछि विद्यार्थी खुुसी भएका छन् ।
धौलागिरि हिमाल
म्याग्दी, मङ्सिर २७ गते । धौलागिरि आइसफल पदमार्ग अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँबाट बुधबार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । तस्बिरः रासस
रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै
बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ ।
निर्माणाधीन पुल
तनहुँ, मङ्सिर २७ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि निर्माण हुँदै गरेको पुल । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु. दश करोड दश लाख ९१ हजार एक सय ६६ को लागतमा पुल निर्माण सुरु गरिएको हो । तस्बिरः रासस
माम्ती गुफा
मुस्ताङ, मङ्सिर २७ गते । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फास्थित माम्ती गुफा । प्राकृतिक सुन्दरताले अत्यन्तै रमणीय, आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल र सडकको नजिकै रहेको यो गुफालाई स्थानीय जनप्रतिनिधि र मार्फा गाउँका अग्रजहरुको पहलमा रङरोगन गरी थप आकर्षक बनाइएको छ । तस्बिरः रासस
अन्नपूर्ण फेरोका सत्ताइस गाउँमा घरबास
पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ ।
सुन्तलाखेतीबाट मनग्य आम्दानी
तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् ।
चिसो बढेपछि मुस्ताङमा जम्न थाल्यो पानी
हिउँद सुरु हुँदै गर्दा मुस्ताङमा जम्न थाल्यो पानी । मङ्सिर तेस्रो सातादेखि मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खहरे खोला, नदी झरना, कुलो र घरको धारामा समेत पानी जम्न लागेको हो।
अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल मोहरेडाँडाबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला ।
रत्नेचौर-भकुण्डे-भकिम्ली सडकको ७० प्रतिशत प्रगति
सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
चिमखोलामा स्वास्थ्य : पूर्वाधार थपियो, सेवा थपिएन
म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरुप फेरिएको छ ।
लालीगुराँसका ठाउँमा अम्रिसो खेती
करिब छ वर्षअगाडि तामझामका साथ हुप्सेकोट गाउँपालिका–५, द्यौबादीमा रोपिएको लालीगुँरास पकेट क्षेत्रमा अहिले अम्रिसो खेती हुन थालेको छ ।
भाडादरमा मनोमानी, स्थानीयद्वारा विरोध
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डमा अहिले यात्रा गर्दा एकतर्फी भाडा ३५० रुपियाँ लिने गरिन्छ
गाउँबस्तीमा बाघको आतङ्क
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिका क्षेत्रमा विगत २५ दिनदेखि बाघले आतङ्क मच्चाइरहेको छ ।
पर्वतको लुङ्खु–हुवास सडक धमाधम कालोपत्र
दोविल्ला–फलेवास–लुङ्खु–हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।
बेँसी झर्दै भेडाबाख्रा
चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाबाख्राका बथान लेकबाट बेँसी झर्न थालेका छन् । अत्यधिक चिसो हुनु तथा चरनमा समस्या आउन थालेपछि मनाङ भेडाबाख्राका बथान यति बेला बेँसी तथा न्यानो ठाउँतिर झार्न थालेका छन् ।
एक्काइस वर्षपछि बागलुङमा सडक स्तरोन्नति हुँदै
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो ।
पहिलो याममा १० नाउर र पाँच झारलको सिकार
यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ ।
म्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै
बेनी– हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ ।
नगरपालिकाले सामुदायिक बस सञ्चालन गर्ने
म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक बस सञ्चालन गर्ने भएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सामुदायिक विद्यालयका विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर सामुदायिक वस सञ्चालन गर्ने योजना बनाइएको बताउनुभएको हो ।
सामुदायिक वन उद्यमशील बन्दा उपभोक्तालाई लाभ
नवलपुरका सामुदायिक वनहरू उद्यमशील बन्दा त्यसका उपभोक्ताले आर्थिक लाभ लिन थालेका छन् ।
मुस्ताङमा जम्नथाले खोला : मार्फाको तापक्रम माइनस सात
हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्रका रूपमा चर्चित मार्फाको तापक्रम माइनस सात डिग्री पुगेको छ। घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेपछि जनजीवन प्रभावित भएको छ।
नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।
स्थानीय तहका आफ्ना एम्बुलेन्स छैनन्
हिमाली जिल्ला म्याग्दीमा रहेका छ वटा स्थानीय तहमध्ये हालसम्म पनि चार वटा स्थानीय तहको आफ्नो एम्बुलेन्स छैन ।