तीन करोड लागतमा सभाहल निर्माण
म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ ।
उत्पादनसँगै बजारीकरणमा जोड दिँदै वालिङ नगरपालिका
स्याङ्जाको वालिङ नगरपालिकाले कृषि उत्पादनसँगै बजारीकरणमा जोड दिने भएको छ । पालिकाले कृषिमा दीर्घकालीन योजना बनाएर सम्भावना खोज्ने र उत्पादन बढाउने अभियानमा जुटेको हो ।
प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा
गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालयले समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरेको हो ।
छिट्टै सकियो पर्यटकीय सिजन
पर्यटन व्यवसायीका अनुसार अक्टोबरदेखि डिसेम्बरसम्म पर्यटनका लागि ‘पिक सिजन’ हो तर यस पटक अघिल्लो वर्ष जस्तो पर्यटक यस क्षेत्रमा अडिन सकेका छैनन् ।
भीरकोटमा ११ जना क्षयरोगका बिरामी
स्याङ्जाको ग्रामीण बस्तिमा क्षयरोगीको संख्या बढेको छ । भीरकोट नगरपालिका –१ बयघारीमा गरिएको क्षयरोग परीक्षण शिविरमा ११ जना क्षयरोगका बिरामी फेला परेसँगै यहाँ क्षयरोगीको संख्या अझ बढी हुनसक्ने आँकलन गरिएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।
भौतिक पूर्वाधारले सुरक्षाको प्रतिबिम्ब गराउँछ : प्रहरी महानिरीक्षक कुँवर
नेपाल सरकारको लगानीमा पोखराको बैदाममा निर्माण गरिएको वडा प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बिहीबार उद्घाटन गर्नुभएको छ।
आशा लाग्दो शिक्षा बनाउने गृहकार्यमा छौँ : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा सक्रिय रहेको बताउनुभएको छ।
गोरखामा ६ दलको जमानत जफत
गोरखा नगरपालिका–५ मा आइतबार भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहित डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टी सहित ६ दलको जमानत जफत भएको छ ।
बोक्से–सिगाना खण्डमा स्तरोन्नति सम्पन्न
‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ ।
थासाङको नयाँ गन्तव्य गुरुसाङ्वो गुफा
मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ ।
ताक्लुङदेखि गण्डकी गाउँपालिका जाने सडक सात दिन बन्द
गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत पर्ने वडा ४ ताक्लुङदेखि गण्डकी गाउँपालिकाको १ बुटार सडक खण्ड एक हप्ताको लागि बन्द हुने भएको छ ।
बिरुवामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
स्याङ्जाको बिरुवा गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सुरु भएको छ ।
पुर्ख्याैली पेसाप्रति जलारी युवाको घट्दो रुचि
फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्याैली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो । तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुख्र्यौली पेसाभन्दा वैकल्पिक पेसा एवं रोजगारीतर्फ आकर्षित हुन थालेको छ ।
पर्यटन प्रवर्धन गर्न भन्डारा
पर्वत जिल्ला आन्तरिक तथा बाह्य पर्यटकका लागि चर्चित गन्तव्य बन्दै गइरहेको छ ।
एक करोड बढीको लगानीमा बाख्रापालन
केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो ।
पाल्पामा सुन्तला महोत्सव हुँदै
जिल्लामा सुन्तलाखेती प्रवद्र्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ ।
जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना पक्राउ
नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका – ४ स्थायी घर भएका ५५ वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
‘सिनेमा हलमा बक्स अफिस लागु गरिने छ’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र उद्योगको विकासका लागि छिटोछरितो तरिकाले काम सम्पन्न गर्ने बताउनुभएको छ ।
मर्नेबेला कसैको भार बन्न नपाए हुन्थ्यो
सामाजिक विकास कार्यालयको आयोजनामा जिल्ला सदरमु्काम कावासोती –२ को मनकामना आमा समूहको भवनमा विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता चलिरहेको छ । जसको शीर्षक छ ‘ज्येष्ठ नागरिकप्रति हाम्रो कर्तब्य’ । यो शीर्षकमा बोल्ने बालबालिकाले खुलेर आफ्नो कर्तब्य सम्झेका छन् ।
सिलसिला बीबीसी सय प्रभावशाली महिलामा छनोट
पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाउनुभयो ।
धार्मिक पर्यटनका लागि भण्डारा सेवा केन्द्र बन्ने
पर्वत जिल्ला आन्तरिक तथा बाह्य पर्यटकका लागि यतिबेला चर्चित गन्तव्य बनेको छ । कालीगण्डकी नदी र मोदीखोलामाथि निर्मित अग्ला झोलुङ्गे पुल र साहसिक खेल बन्जीजम्प सञ्चालनपछि पर्वत अरू बढी पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
धौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया
धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टीकृत सेवा दिन थालेको छ । धौलागिरि अस्पतालले दुई वर्षमा हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय सफल शल्यक्रिया गरेको हो ।