तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन् ।
गाडिएको अवस्थामा युवतीको शव फेला
गोरखामा एक युवतीको खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका –१ घर भएकी १८ बर्षिया युबतीको बारपाक नजिकको मैखर्क जंगलमा शब फेला परेको हो ।
स्याङ्जामा भूमिगत सिँचाइ
भीरकोट नगरपालिका वडा नं ६ सिमलचौर र एकुवारमा भूमिगत सिँचाइ योजना निर्माण गरिएको छ । यहाँ नयाँ प्रविधिमा आधारित भूमिगत सिँचाइ प्रणाली पहिलो पटक जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय निर्माण गरेको हो ।
नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । कालीगण्डकी–३, मिर्मीको नगर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याएको हो ।
बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै
बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ ।
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।
माओवादी केन्द्रप्रति जनताको आकर्षण भएको प्रमाणित गरेको छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताउनुभएको छ।
कांग्रेस योद्धा गुरुङको १०२ वर्षमा निधन
नेपाली कांग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी ‘कांग्रेस बुढा’ दिल बहादुर गुरुङको मंगलबार बिहान १०२ वर्षको उमेरमा निधन भएको छ।
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
बेनी, मङ्सिर १८ गते । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने काभ्रेभिरमा ‘रक एङ्करिङ’ [पहाडमा पारेको प्वालमा रड राखेर सिमेन्ट, बालुवा र गिट्टी जमाउने प्रविधि] बाट सडक फराकिलो पारिँदै । डोजर, ब्रेकर र विस्फोटक पदार्थको प्रयोग गर्दा पहाड चर्किएर खस्ने जोखिम देखिएपछि डिलतर्फको पहाडमा रक एङ्करिङ गर्ने प्रविधि अपनाइएको हो । तस्बिरः रासस
घाेराहीमा लागेको हुस्सु
दाङ, मङ्सिर १८ गते । दाङको घोराही क्षेत्रमा मङ्गलबार बिहान लागेको बाक्लाे हुस्सु । तस्बिरः रासस
अवलोकनको गन्तव्य घरबास गाउँ
अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालित बाघखोर गाउँलाई नै घरबास गाउँका रूपमा घोषणा गरेपछि अध्ययन तथा अवलोकनको गन्तव्य स्थलका रूपमा विकास भएको छ ।
आँधीमूललाई थुनेर ताल बनाइँदै
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बाँध बाँधेर ताल बनाउने काम सुरु गरिएको छ ।
भेडाका बथान
लमजुङ, मङ्सिर १८ गते । लमजुङको दोर्दी गाउँपालिका–५ , सिम्रुङमा रहेको घुम्ती भेडीगोठको भेडाको बथान । यहाँ साना ठूला गरेर ८०० भन्दा बढी भेडा छन् । तस्बिरः रासस
मोटरेबल पुल निर्माण
पुतलीबजार नगरपालिका–१३ र अर्जुनचौपारी गाउँपालिका–१ जोड्ने ठाडाखेतमा मोटरेबल पुल (मल्टिसेल बक्स कलभर्ट) निर्माण गरिएको छ ।
पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण
तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण पालिकाबाटै हुने भएको छ ।
अदम्य हिम्मतले उठेकी जमुना
सङ्घर्षबाट सफलता मिल्छ भन्ने जीवन्त उदाहरण बन्नुभएको छ, ४४ वर्षीया जमुना आचार्य । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकमा जन्मिएकी उहाँलाई हुर्काउने र चिनाउने कर्मभूमि भने म्याग्दी हो ।
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थाल्नुभएको १२ वर्ष पुगेको छ । अहिले उहाँले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आउनुभएको हो ।
अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा पछिल्लो दुई दशकदेखि लगातार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता जारी छ ।
सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यक : प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यक भएको बताउनुभएको छ ।
किसान सामूहिक किवी खेतीमा
कम लगानीमा लामो समयसम्म राम्रो आम्दानी दिने किवी खेतीमा पुतली बजार –९ कोल्मा, कल्छेङदीका युवाहरू आकर्षित भएका छन् ।
तेलहन बालीको क्षेत्रफलमा वृद्धि
नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल बढेसँगै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।
लोप हुँदै जुनेलो
ग्रामीण भेकमा पूजाअर्चना तथा धार्मिक कार्यमा प्रयोग हुने जुनेलो लोप हुँदै गएको छ । पूजाअर्चना तथा धार्मिक कार्यमा चढाउनका लागि जुनेलो भुटेर राखिने गरिन्थ्यो । तर अचेल भने जुनेलो औषधीकै रूपमा प्रयोग गर्नसम्म पनि पाउन मुस्किल हुन थालेको छ ।
आरुघाट-लार्केभञ्ज्याङ सडक मर्मत सुरु
उत्तरी गोरखाकाे धार्चे गाउँपालिकामा असार, साउन र भदौ महिनामा परेको अत्यधिक अविरल वर्षाका कारण भत्किएका ग्रामिण सडकहरु गाउँपालिकाले धमाधम मर्मत सुरु गरेको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि विजय भवानी माविलाई
गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि विजय भवानी माविले हात पारेको छ ।