अध्ययन खर्च आफैं जुटाउँदै कर्मदाका विद्यार्थी
तनहुँको भानु नगरपालिका-९ बाइसजाँगर स्थित कर्मदा माध्यमिक विद्यालयका विद्यार्थीले आलुखेती गरेका छन् ।
ऐतिहासिक गाजाको दह : पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित
यहाँस्थित ऐतिहासिक गाजाको दह नजिकै व्यापार गर्दै आउनुभएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देख्नुहुन्थ्यो । पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ ।
धार्चेमा आधारभूत अस्पताल सञ्चालनमा
उत्तरी गोरखाको धार्चे गाउँपालिका – ७ खोर्लाबेंसीमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । सामान्य बिरामी हुँदा समेत गोरखा सदरमुकाम र आरुघाट झर्नुपर्ने बाध्यता अन्त्य गर्न धार्चे गाउँपालिकाको खोर्लाबेशीमा आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।
लायन्स कप फुटबल प्रतियोगिता सुरु
बेनीमा सुरु भएको प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगितामामा खेल्दै खेलाडीहरु । प्रकाश माध्यमिक बिद्यालय र न्यु वेष्ट प्वाइन्टका खेलाडीहरु । यो खेलमा न्यु वेष्ट प्वाइन्ट २–० गोल अन्तरले बिजय भएको छ।
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि रु. एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।
मर्मतपछि पुल सञ्चालन
गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।
आँधीखोला र फेदिखोलाबासीलाई मोबाइलबाटै जलवायुको अग्रिम खबर
स्याङ्जाको आँधीखोला र फेदिखोला गाउँपालिकाका बासिन्दाले जलवायुको बारेमा मोबाइलबाटै अग्रिम खबर पाउने भएका छन् । प्रदेशमै पहिलो पटक जलवायु मापन केन्द्र स्थापना गरेसँगै यहाँका बासिन्दाले मौसमको बारेमा मोबाइलबाटै खबर पाउने भए हुन् ।
कालीगण्डकी करिडोरः लमाएखोलामा पुल पुनःनिर्माण सुरु
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गरिएको छ ।
अयरपानी होमस्टेमा पर्यटकको आकर्षण बढाइने
स्याङ्जाको फेदीखोला गाउँपालिका पर्यटकीय सहर पोखरासँग जोडिएको छ ।
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।
विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु
बेनीमा छात्रा फुटबल प्रतियोगता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो ।
गण्डकीका सभामुख धिताललाई मातृशोक
गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ।
जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
कोरोला–त्रिवेणी मार्ग गण्डकी प्रदेश सरकारको प्राथमिकतामा
गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–पोखरा–त्रिवेणी मार्गको काम प्राथमिकतामा परेको छ। यस मार्गको काम छिटो पुरा गर्न प्रदेश सरकारले चासो दिएको छ।
रेडियो नेपाल र नेपाल टेलिभिजन सबैको पहुँचमा पुग्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले युगानुकूल स्तरोन्नति गर्दै सरकारी सञ्चार माध्यमहरुलाई अघि बढाइने उल्लेख गर्नुभएको छ ।
फापरखेती गर्न किसानको मोह छैन
बागलुङको निसीखोला–४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्नुहुन्थ्यो । तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आउनुभएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोड्नु भएको छ ।
कोरोला-त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री
मन्त्री केसी नेतृत्वको टोलीले मङ्गलबार तनहुँको भीमाद, घिरिङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकामा प्रदेश सरकारले लगानी गरेका योजनाको निरीक्षण गरेका छन् ।
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी गरेका छन् ।
पर्यटकको रोजाइमा अयरपानी होमस्टे
गुुरुङ समुदायको बसोवास, नजिकै गोर्खा सैनिकको स्मारक स्थल साल्मेडाँडा, मट्टीखान भ्यूटावर, छेउबाटै देखिने हिमशृङ्खला र प्रदेश राजधानी पोखराको दृश्यले पर्यटकलाई आकर्षित गरेकै छ ।
आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो
हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ ।
त्रिवेणी माविका विद्यार्थी स्ट्रबेरी खेतीमा व्यस्त
गोरखाको पालुङटार नगरपालिका – ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्ट्रबेरी खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्र गोरखा र त्रिवेणी माध्यमिक विद्यालयको सहकार्यमा विद्यालयका विद्यार्थीहरुले स्ट्रबेरी खेती गर्न थालेका विद्यालयका प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिनुभयो ।
बुढापाकालाई गाउँ रित्तिने चिन्ता
बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन् ।
मार्फामा बढ्दै पर्यटक
एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ ।