गैँडाको आक्रमणबाट एकको मृत्यु
गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–६ भन्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट शनिबार दिउँसो पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
सडक कालोपत्र
मुस्ताङको घरपझोङ चक्रपथ अन्तर्गत जोमसोम,ठिनी, ढुम्बा र तिब्बतीयन क्याम्प हुँदै छैरो गाउँ जोड्ने कालोपत्र गरिएको सडक ।
कुहिरोको दृश्य
तनहुँ, मङ्सिर ८ गते । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट म्याग्दे गाउँपालिकातर्फ देखिएको कुहिरोको दृश्य । तस्बिरः रासस
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण
कुश्मामा निर्मित सुविधा सम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क छ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो ।
पृथ्वीराजमार्ग बिस्तार गरिँदै
थ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा सडक बिस्तारका लागि भित्ता काट्ने काम हुँदै । मुग्लिन-पोखरा सडक विस्तारका लागि यस ठाउँमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन बन्द गरेर समेत काम भइरहेको छ ।
पदमार्गका रूपमा विकसित हुँदै रुद्धपुरगढी
छोटो बिदा हुने र आर्थिक रूपमा पनि कम खर्चमा हुने पदयात्रा स्वास्थ्य र मनोरञ्जनका दृष्टिकोणले धेरैको रोजाइँमा पर्ने गरेको छ ।
गण्डकीमा कृषि भूमि घट्यो
गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।
सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउनुभएको छ ।
खर्च जोहो गर्न पोखरामा राउटे समुदाय
कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदायहरु अहिले चाडपर्व मनाउनका लागि पैसा उठाउँदै हिँड्ने गरेका छन् ।
कावासोतीको माटोमा ९० प्रतिशत अम्लीयपना
नवलपुरमा खेतीयोग्य जमिनको माटोमा उर्वराशक्ति घट्दै गएको छ ।
बिक्री गर्ने समयमा झर्न लाग्यो सुन्तला, कृषक मारमा
हिमाली जिल्ला म्याग्दीको सुन्तला पकेट क्षेत्रका रुपमा रहेका बेनी नगरपालिका –३ र ४ मा बिक्री गर्ने समय हुन लागेको सुन्तला झर्दा किसान चिन्तित भएका छन् ।
प्रथम देवचुली कप फुटबल प्रतियोगिता हुँदै
नवलपुरको देवचुलीमा शुक्रबारदेखि प्रथम देवचुली कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । आयोजक शान्तिदीप युवा क्लब देवचुली नगरपालिका –१० पृथ्वीनगरको आयोजनामा देवचुली गोल्डकप सञ्चालन हुन लागेको हो ।
सामुदायिक विद्यालय पढ्ने छात्रालाई एक हजार
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयमा भर्ना भएका छात्राको खातामा एक हजार रुपियाँ जम्मा गर्न थालेको छ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि खाता खोलिदिएको हो ।
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।
अक्टोपस झरना
लमजुङ बेँसीसहर–चामे सडक किनारास्थित मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको अक्टोपस झरना । यो झरना पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
कोरलामा अध्यागमन कार्यालय बन्द
चीनसँग सीमा जोडिएको मुस्ताङस्थित कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालय बन्द भएको छ ।
बाघ र गैँडाको आतङ्क
नवलपरासी पूर्वको विकट पहाडी बुलिङटार गाउँपालिकामा चार दिनदेखि बाघ गाउँमा पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो ।
मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।
दाङमा धान उत्पादन बढ्यो
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कालीगण्डकी नदी सङ्कटमा पर्ने चिन्ता
मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तने ‘कालीगण्डकी बचाऔँ अभियान’ले जनाएको छ ।
मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो ।
पुरानै स्वरूपतिर हात्ती डुबाउने ताल
देवचुली नगरपालिका नवलपुरको सिसवार मध्यवर्ती क्षेत्र अन्तर्गत दिव्य सामुदायिक वनमा रहेको शनिश्चरे ताललाई पुरानै स्वरूपमा फर्काइने भएको छ ।
लागु औषधसहित एक गिरफ्तार
जिल्ला प्रहरी कार्यालय म्याग्दी प्रहरीले झण्डै एक हजार दुईसय एम्पुल लागु औषधसहित एक जना युवालाई गिरफ्तार गरेको छ ।