पाउँदुरे नाचको जगेर्ना
व्यास नगरपालिकास्थित तमु सुधार समाजले पाउँदुरे नाचको जगेर्ना गर्न थालेको छ ।
गिद्धको संरक्षणमा रेस्टुरेन्ट
लोपोन्मुख गिद्ध संरक्षण गर्न २२ वर्षदेखि पूर्वी नवलपरासीको कावासोतीको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र अध्ययन केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
कोदो केलाउँदै महिला
गलेश्वर, मङ्सिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँमा सुकाएको कोदो केलाउँदै महिला । तस्बिरः रासस
ढोरपाटनमा निःशुल्क आँखा शिविर: एक हजार ५५ जनाले लिए सेवा
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् ।
बाख्रा चराउन लैजाँदै
तनहुँ, मङ्सिर ३ गते । तनहुँको व्यास नगरपालिका–१४ सुढेमा बाख्रा चराउन जङ्गलतर्फ लैजाँदै एक महिला । ग्रामीण भेगका स्थानीयको आयआर्जनको प्रमुख माध्यम पशुपालन हो । तस्बिरः रासस
पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।
पृथ्वी राजमार्गमा दुई वटा बस ठोक्किँदा २९ जना घाइते
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन्।
गोरखा नगरपालिका-५ को अध्यक्षमा दश जनाको उम्मेदवारी दर्ता
गोरखाको गोरखा नगरपालिका–५ मा रहेको रिक्त रहेको वडा अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई सम्मान गरिने
सन् २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका स्याङ्जामा तीन महिला क्रिकेट खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले सम्मान गर्ने भएको छ ।
जातीय संस्कृति संरक्षण गर्न गण्डकी प्रदेश महोत्सव
नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ ।
टाँडीखोला पुल निर्माणकाे काम ५० प्रतिशत सम्पन्न
गोरखाको पालुङटार नगरपालिका–८ धुबाँकोटस्थित टाँडीखोलाको पुल ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको छ ।
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन् ।
कालो पत्थरमा परिणत गुर्जा हिमाल
हिउँ पग्लिएपछि कालो पत्थरमा परिणत हुँदै गएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमालको ताकमबाट देखिएको दृश्य ।
‘जहाँ हरेक काम गर्दा साइत जुराउनु पर्छ’
खर्कभरी चौंरी, याक र घोडाका बथान छन् । मङ्सिर लागेसँगै यिनलाई लेकबाट बेँसी झारिन्छ । माथि लेकमा घाँस पनि सकिएको र अत्यधिक चिसो बढ्न थालेको छ ।
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता
म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धवलागिरीका ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालय सहभागी भएका छन् ।
सूचना प्रविधि सरकारको प्राथमिकतामा
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिका क्षेत्रमा सरकारले जोड दिएको बताउनुभएको छ ।
निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित
अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् ।
सामुदायिक विद्यालयमा सुधार भएसँगै निजी विद्यालय विस्थापित
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् ।
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए ।
लमजुङ दरबार निर्माणकार्य ठप्प
बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प छ ।
बालगृहलाई पाँच लाख अनुदान
फेदीखोला गाउँपालिका –१ मा रहेको अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहलाई पाँच लाख अनुदान पाउने भएको छ ।
सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कांग्रेस–एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्धितर्फ अघि बढाइरहेको बताउनुभएको छ।
सूचना प्रविधिको क्षेत्रमा सरकारको जोड : प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिका क्षेत्रमा सरकारले जोड दिएको बताउनुभएको छ।
पृथ्वीराजमार्ग दैनिक चार घण्टा अवरुद्ध हुने
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक बिस्तार अन्तर्गत काम गर्न दैनिक चार घण्टा सडक बन्द हुने भएको छ ।