गुणबहादुर रोका
सुलीकोट, मङ्सिर २ गते । गोरखाको गोरखा नगरपालिका–५ मा रहेको रिक्त रहेको वडा अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
वडा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रका विष्णु राना, नेपाली कांग्रेसका भाइकाजी आले, नेकपा एमालेका दुर्गा राना, राप्रपा नेपालबाट रूपसिंह राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मङ्गल बहादुर थापा, राप्रपाबाट कल्पना राना, नेष्नल रिपब्लिक नेपालबाट सबिना तमाङ, नेपाल समाजवादीबाट रुपेश मग्रती, नेकपा एसबाट खड्क बहादुर भुजेल र मङ्गोल नेशनल अर्गानाईजेशनबाट भवानी थापा मगरले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
स्थानीय तह उपनिर्वाचन लागि आज आइतबार ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय सकिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष खिला बहादुर रानाको गत साल २०८० साल तिहार भाइ टिकाको दिन निधन भएपछि यस वडामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।