सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित
बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन ।
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा
बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थानुभएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाउनुभएका उहाँले किबीखेती थाल्नुभएको हो ।
आहा ‘बुकीपाटन’
चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।
तातोपानी कुण्डमा स्नान गर्दै सर्वसाधारण
म्याग्दीको बेनी नगरपालिका –४ सिंङ्गा तातोपानी कुण्डको पोखरीमा मङ्गलबार स्नान गर्दै सर्वसाधारण । ५० डिग्री तापक्रममा निस्कने तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्छन् । चिसो बढेसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेको चाप बढेको छ ।
मर्दीमा सम्पर्कविहीन तामाङको शव भेटियो
मर्दी हिमाल आरोहणका क्रममा आइतबारबाट सम्पर्कविहीन पथप्रदर्शक लालबहादुर तामाङको शव मङ्गलबार भेटिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने मर्दी हिमाल आरोहणमा पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै जानुभएका तामाङ हिमाल आरोहणका क्रममा लडेर बेपत्ता हुनुभएको थियो।
कौडाको खालबाट १२ जुवाडे पक्राउ
गोरखामा कौडाको खालबाट १२ जना जुवाडे पक्राउ परेका छन् । सोमबार राती करिब १० बजेको समयमा गोरखा नगरपालिका–६ मा हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
रूप फेर्ने रुपाताल: लोभ्याउँदै पर्यटक
‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ ...’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ ।
‘वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन्’
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताउनुभएको छ ।
बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक मर्मत
गोरखामा असार, साउन र भदौ महिनामा परेको अत्याधिक अविरल वर्षाका कारण भत्किएका ग्रामिण सडक मर्मत भएको छ ।
कोरला नाका जोड्ने पुल निर्माण
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत बेनी–जोमसोम–कोरला सडक अन्तर्गत माथिल्लो मुस्ताङको चराङ खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।
प्रदेशस्तरीय महोत्सव सुरु
पूर्वी नवलपरासीको गैँडाकोटमा गण्डकी प्रदेशस्तरीय दोस्रो महोत्सव सोमबार सुरु भएको छ । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको हो ।
पन्ध्रौं शताब्दीकाे ‘भुस पोल्ने पर्व ’ अझै कायमै
पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार ‘छापे’ खनेसँगै सकिएको हो ।
मुस्ताङमा चार महिनामा डेढ लाख पर्यटक भित्रिए
हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो चार महिनाको अवधिमा करिब डेढ लाख पर्यटक भित्रिएका छन् ।
हिउँदमा पनि मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन
आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ ।
सामूहिक आलुखेतीमा आकर्षण बढ्दो
नवलपुरका किसानहरू सामूहिक आलु खेतीमा आकर्षित भएका छन् । समूहका किसानहरू यतिबेला आलुलगायतमा व्यस्त छन् ।
पहिरो रोक्न वृक्षरोपण
गोरखाको सहिद लखन गाउँपालिकामा गत महिनाको असार र साउन महिनामा अत्यधिक मात्रामा परेको अविरल वर्षाले गाउँपालिकामा धेरै क्षति पुगेपछि गाउँपालिकाले सडक वरपर पहिरो रोक्न वृक्षरोपण गर्न थालेको छ ।
गोरखामा युवतीको शव फेला
गोरखाको शहिदलखन गाउँपालिका–४ ठेउवाटारमा एक युवतीको शव फेला परेको छ ।
बागलुङ जिप दुर्घटना : मृतक पाँचैजना एउटै गाउँका
आज बिहान बागलुङको जैमिनी नगरपालिका –७ हर्देवामा भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेहरु एउटै गाउँका रहेका छन् । दुर्घटनाका मृतक ५ जनाको सनाखत भएको छ ।
जिप दुर्घटनामा पाँचको मृत्यु
बागलुङको जैमिनी नगरपालिका –८ छिस्तीबाट आज बिहान बागलुङ बजार आउँदैगरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय
सरकारको हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो ।
पाउँदुरे नाचको जगेर्ना गरिँदै
व्यास नगरपालिकास्थित तमु सुधार समाजले पाउँदुरे नाचको जगेर्ना गर्न थालेको छ । गुरुङ समुदायको प्रसिद्ध पाउँ दुरे नाँच लोप हुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरू जुट्न थालेका हुन् ।
जोखिमपूर्ण यात्रा गर्न बाध्य
नवलपुरको पहाडी क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
बिक्रीका लागि बजार झारेका याकचौरी
मुस्ताङमा हिउँद सुरु हुनै लाग्दा उपल्लो डोल्पा र मुस्ताङबाट याकचौरी बिक्रीका लागि बजार झार्दै किसान । यतिबेला बिक्रीका लागि लैजाने याकचौरी विशेषगरी सुकुटीको लागि प्रयोग गरिन्छ ।